
विज्ञानको माध्यमबाट अग्निहोत्रले वातावरणमा कस्तो प्रभाव पार्छ ?, यसको अध्यनका लागि महर्षि अध्यात्म विश्विद्यालयले परीक्षण गरेको थियो । यस परीक्षणको लागि यू.टी.एस्. (युनिभर्सल थर्मो स्क्यान) उपकरण प्रयोग गरिएको थियो । यस परीक्षणको स्वरूप, लिइएको मापनको प्रविष्टिहरु तथा तिनीहरुको विवरण तल दिएको छ ।
१. परीक्षणको स्वरूप
यस परीक्षणमा अग्निहोत्र गर्नु अघि र अग्निहोत्र पछि UTS उपकरण द्वारा लिइएको मापन रेकर्ड गरियो । त्यसपछि यी प्रविष्टिहरूको तुलनात्मक अध्ययन गरियो ।
पाठकहरुलाई सूचना : ठाउँको अभावका कारण यस लेखमा ‘यू.टी.एस्. यन्त्रको परिचय’, ‘यन्त्रद्वारा गरिने परीक्षणहरुको घटक तथा तिनको विवरण’, ‘घटकको प्रभामण्डलको मापन’, ‘परीक्षणको पद्धति’ तथा ‘परीक्षणमा समानता राख्नको लागि सावधानीहरु’, यी सामान्य सूत्रहरुको जानकारी सनातन संस्थाको goo.gl/B5g5YK लिङ्कमा दिएको छ । यस लिङ्कमा केहि अक्षरहरु क्यापिटल (Capital) छन् ।
२. गरिएको मापनको प्रविष्टिहरु
२ अ. नकारात्मक ऊर्जा नभएको
अग्निहोत्रको भाँडामा नकारात्मक ऊर्जा थिएन ।
२ आ. अग्निहोत्र पश्चात अग्निहोत्रको भाँडाको सकारात्मक ऊर्जामा वृद्धि हुने
हरेक व्यक्ति, वास्तु वा वस्तुमा सकारात्मक ऊर्जा हुन्छ, यस्तो हुँदैन । अग्निहोत्रको भाँडामा सुरुमा थोरै मात्रामा सकारात्मक ऊर्जा थियो; तर यसको आभा मापन गर्न पर्याप्त थिएन । (यस सन्दर्भमा यूटी स्क्यानरको हातले ९० डिग्रीको कोन बनाएको थियो । स्क्यानरको हातले १८० डिग्रीको कोणबाट मात्र आभाको गणना गर्न सकिन्छ ।) अग्निहोत्रपछि अग्निहोत्रको भाँडामा सकारात्मक ऊर्जा बढ्यो । उनको आभा १.७० मिटर थियो ।
२ इ. अग्निहोत्र पछि अग्निहोत्रको भाँडाको कुल प्रभाण्डल (टीप) अत्यधिक बढ्ने
साधारण व्यक्ति वा वस्तुको कुल प्रभामण्डल लगभग १ मिटर हुन्छ । अग्निहोत्र सुरु गर्नुअघि अग्निहोत्रको भाँडाको कुल प्रभामण्डल १.१९ मिटर थियो । अग्निहोत्रपछि त्यसमा ३.०५ मिटर बढेर ४.२४ पुग्यो ।
टीप : कुल प्रभामण्डल : व्यक्तिको सन्दर्भमा व्यक्तिको थुक, साथै वस्तुको सन्दर्भमा त्यस माथि जम्मा भएको धुलोकण वा त्यसको सानो अंश प्रयोग गरेर व्यक्ति वा वस्तुको प्रभामण्डलको गणना गरिन्छ ।
अग्निहोत्रको महत्त्वलाई नेपालीहरुले ध्यानमा राखि प्रतिदिन ‘अग्निहोत्र’ गर्नुहोस् !
अग्निहोत्रका विभिन्न फाइदाहरू
अग्निहोत्र