अग्निहोत्रको महत्त्वलाई नेपालीहरुले ध्यानमा राखि प्रतिदिन ‘अग्निहोत्र’ गर्नुहोस् !

‘विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण समस्या उत्पन्न भएको छ । यस भाइरसको संक्रमणबाट बच्न हामीले बारम्बार हात धुने, सामाजिक दूरी जस्ता नियमहरू पालना गर्नुपर्छ । हाम्रो परम्परामा अग्निहोत्र गर्नाले वातावरण शुद्ध हुन्छ । ‘अग्निहोत्रले कोरोना भाइरसमा के प्रभाव पार्छ ?’ भन्ने भाइरसको संक्रमण हालैमा भएको कारण यस विषयलाई शास्त्रीय दृष्टिकोणले अभ्यास गर्न सकेको छैन । तैपनि ‘अग्निहोत्रले कोरोना भाइरसको समस्यालाई परास्त गर्न मद्दत गर्छ’ भन्ने केही अनुभवहरू छन्, हामी यस्तो भन्न सक्छौँ । यस सम्बन्धमा जर्मनीको अग्निहोत्रका अभ्यासक डा. उलरिच बर्कले प्रस्तुत गरेका केही सूत्रहरू यहाँ दिएको छ ।

 

१. अग्निहोत्रका अभ्यासक डॉ. उलरिच बर्कले प्रस्तुत गरेका केही सूत्रहरु

डॉ. उलरिच बर्क

अ. डॉ. उलरिच बर्कको संक्षिप्त परिचय

डॉ. बर्क जर्मनीका हुन् र उनले ‘तत्त्वज्ञान’ विषयमा पीएचडी गर्नु भएको छ । यससँगै उनी ‘जर्मन असोसिएशन फर होम थेरपी’ नामक संस्थाका अध्यक्ष हुनुहुन्छ । उनी ‘अग्निहोत्र विशेषज्ञ’ भनेर चिनिन्छ । उहाँले विगत ३५ वर्षादेखि अग्निहोत्र गरिरहनु भएको छ । यसका साथै यस विषयमा अनुसन्धानको कार्य पनि गरिरहेको छ ।

 

२. अग्निहोत्रको कारण हामीले तल दिए अनुसार मद्दत प्राप्त गर्न सक्छौं ।

अ. मानिसमा संक्रमण हुने सभ्भावना कम हुन्छ ।

आ. यदि पहिला नै संक्रमण भइसकेको छ भने सम्बन्धित विषाणुको प्रभाव थोरै न्यून हुन्छ ।

इ. संक्रमणमाथि विजय प्राप्त गर्न शरीरलाई मद्दत गर्न सक्छ ।

 

३. संक्रमणको सम्भावना कम हुने

एक विवरण अनुसार ‘अग्निहोत्रले कोरोना विषाणुको संक्रमण कम गर्न मद्दत गर्न सक्छ ।’

३ अ. स्पेनमा एलिसाबेथ एम. को आश्चर्यचकित गर्ने अनुभव

स्पेनमा कोरोना संक्रमणप्रति अत्यन्त सम्वेदनशील म्याड्रिड सहरमा बस्ने एलिसाबेथ एम. ले आफ्नो अनुभव सुनाइन् । (युरोपमा इटलीपछि अधिक संक्रमण स्पेनमा भएको थियो) एलिसाबेथ आफ्नो श्रीमानसँग एउटा घरमा बस्थे । उनले उक्त घरको एउटा कोठा सहरमा रेस्टुरेन्ट चलाउने व्यक्तिलाई भाडामा दिएको थियो । त्यहाँ यातायात बन्द हुनुअघि उक्त व्यक्ति धेरैसँग सम्पर्कमा आएको थियो । उसको कोरोना परीक्षण पोजेटिभ आएको थियो । त्यसैले एलिसाबेथ र उसको श्रीमान् चिन्तित हुन थाले । उनीहरुको कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आयो । वास्तवमा एलिसाबेथ र किराएदारको भान्साकोठा एउटै हो । तीनै जना सँगै खान्थे । सबै एउटै स्नानगृह प्रयोग गर्थे । केही दिनअघि उनीहरुले आफ्नो जन्मदिन पनि सँगै मनाएका थिए । जुन आधुनिक वैद्य ले यो जाँच गरेको थियो, उनलाई आश्चर्य लाग्यो ‘संक्रमण भएको व्यक्तिको सान्निध्यमा रहदा पनि एलिसाबेथ र उनको श्रीमान् विषाणु संक्रमण भएनन् ।’ एलिसाबेथ एम्. नियमि अग्निहोत्र गर्थिन्, यसको साथै उनी हरक दिन अग्निहोत्रको विभूति ग्रहण गर्थिन् । सायद त्यही भएर उनी कोरोना संक्रमण नभएको हुन सक्छ ।

अग्निहोत्रको कारण विषाणु नष्ट हुन्छ, यो त थाहा भएन । अग्निहोत्रको कारण जिवाणुको संख्या अल्प हुन्छ । जुन जिवाणुको सन्दर्भमा भयो त्यही विषाणुको सन्दर्भमा पनि हुन सक्छ त, यस विषयमा छिटो भन्दा छिटो अनुसन्धान गर्न जरुरी छ ।

 

४. जिवाणुमा अग्निहोत्रको प्रभावको विषयमा विभिन्न संस्था र विद्यापीठमा गरिएको अनुसन्धान

४ अ. फर्ग्युसन कॉलेज, पुणेमा गरिएको प्रयोग अनुसार

अग्निहोत्रको धुवाँले हावामा रहेका सूक्ष्म जीवहरूको संख्या घटाउने गरेको पाइएको छ ।
हालै ‘फर्ग्युसन’ कलेज, पुणेमा जिवाणुहरुको वृद्धिमा अग्निहोत्रको प्रभाव हेर्नको लागि प्रयोग गरिएको थियो । यस प्रयोगको निष्कर्षमा अग्निहोत्रको धुवाँका कारण हावामा सूक्ष्म जीवहरुको संख्या घटेको पाइएको थियो ।

४ आ. अग्निहोत्रले संक्रमित मानिसहरूलाई कसरी मद्दत गर्न सक्छ ?

मुटुरोग वा उच्च रक्तचाप, श्वासप्रश्वास प्रणालीसँग सम्बन्धित दम जस्ता गम्भीर रोग, मधुमेह, क्यान्सर, कम प्रतिरोधी क्षमता भएका व्यक्तिहरूका साथै वृद्धवृद्धालाई पनि कोरोनाको बढी जोखिम हुन्छ । उमेर बढ्दै जाँदा मानिसको रोग प्रतिरोधात्मक क्षमता घट्दै जान्छ । अहिलेसम्म कोरोना भाइरसका कारण ज्यान गुमाएका धेरैमा उपरोक्त रोग लागेको थियो ।

४ इ. हृदयरोग र उच्च रक्तदाप

अग्निहोत्रको कारणले गर्दा यसले रक्तचापलाई सामान्य स्थितिमा ल्याउन मद्दत गर्छ । यसका लागि अग्निहोत्र गर्नुअघि र अग्निहोत्र गरेपछि केही मानिसको रक्तचाप जाँच गरिएको थियो । यस परीक्षणमा अग्निहोत्रपछि रक्तचाप सामान्य अवस्थामा आएको पाइएको थियो ।

४ ई. अग्निहोत्र नियमित गर्दा पेरू देशको मगदा लोपेजको अनुभव

पेरू देशको मगदा लोपेजले हृदयमा हुने ‘अग्निहोत्रको परिणाम’ को अनुभव वर्णन गरे । उनले भने, ‘‘१० वर्षअधि मेरो आमा बिमारी हुनुहन्थ्यो । उनको इलेक्ट्रोकार्डिओग्राम (इ.सी.जी.) निकालिएको थियो र त्यसबाट पत्ता लाग्यो कि आमालाई पिहलानै हृदयघातको झटका आएको थियो; अर्थात आमाको मुटुको एक भाग मरिसकेको थियो र फेरि सुधार हुन सम्भव थिएन । विगत ४ वर्षदेखि हामीले प्रदिदिन अग्निहोत्र गरिरहेका थियौं । दुई हप्ताअघि आमको दोस्रोपटक ‘इ.सी.जी.’ निकालेपछि यस सम्बन्धमा आधुनिक चिकित्सकलाइ सोध्दा उनीहरुले भने, आमाको मुटु ठिक छ र पहिलो पटक हृदयविकारको झटका आएको कुनै पनि लक्षण छैन ।’’ यो सुनेर हामी निकै अचम्मित भयौं । हामी प्रतिदिन अग्निहोत्र गरि दिनमा ३-४ पटक अग्निहोत्रको विभूति आमालाई ग्रहण गर्न दिन्थ्यौं ।

 

५. अग्निहोत्रको कारण दम रोगको उपचारको उदाहरण

फोक्सोमा कोरोनाको उच्च प्रभावका कारण ‘दम’ भएकाले विशेष सावधानी अपनाउन भनिएको छ । अग्निहोत्रको कारणले यसले तपाईको फोक्सोलाई बलियो बनाउन मद्दत गर्छ र श्वासप्रश्वास शरीरको लचकता बढाउँछ । यस सन्दर्भमा धेरै उदाहरणहरू छन् । ती मध्ये दुई उदाहरण तल दिइएको छ ।

५ अ. अमेरिकाकी डोना, जो अग्निहोत्र गरेर दमबाट पूर्णतया निको भइन्

अमेरिकाको सान्ता क्लारिटामा बस्ने डोना एस. उनले आफ्नो अनुभव लेखेका छन् । उनी भन्छिन्, ‘म धेरै बिरामी थिएँ, त्यसबेला भर्जिनिया विश्वविद्यालयका श्वासप्रश्वास सम्बन्धी रोगका विशेषज्ञहरूलाई भेटें । उसले मलाई फोक्सोको ‘एक्स–रे’ रिपोर्ट देखायो । त्यसमा मेरो फोक्सो पूरै कालो देखिन्थ्यो । ४ सेन्टिमिटरको ठाउँ खालि देखिन्थ्यो । मैले अग्निहोत्र गर्न थालेँ । पहिलो हप्तापछि मैले मेरो दमको चक्की बन्द गरें र केहि समय पछि ‘स्टेरोइड’ लिन बन्द गरें । त्यसपछि ३ महिनापछि म आधुनिक डाक्टर कहाँ गएँ । उहाँले मेरो फोक्सोको एक्स-रे जाँच गर्नुभयो । त्यसको विवरण देखेर उनले भने, ‘तिमीले के गर्यौ मलाई थाहा छैन; तर तपाईको फोक्सो खुलेको छ । अब औषधि खानु पर्दैन ।

५ आ. पोल्याण्डमा फ्रान बीलाई ११ वर्षको उमेरमा दमको गम्भीर समस्या भयो र

२५ वर्षको उमेरमा अग्निहोत्र गर्न सरु गरेपछि दम ठीक भयो

पोल्याण्डको वायसोकामा बस्ने फ्रान बीले भनेका छन्, “मलाई ११ वर्षको उमेरदेखि नै गम्भीर दमको समस्या थियो । २० वर्षपछि मेरो अवस्था अझ खराब भयो । सामान्यतया मलाई राति अबेर दमको आक्रमण हुन्थ्यो र उपचारका लागि स्थानीय अस्पताल जानुपर्थ्यो । ‘दम वायु प्रदुषणसँग सम्बन्धित छ’, यस्तो मलाई लाग्थ्यो । २५ वर्षको उमेरमा मैले सूर्योदय र सूर्यास्तमा अग्निहोत्र गर्न थालेँ । २ हप्तामा मेरो दमको कष्ट निको भयो । त्यसपछि मलाई फेरि त्यो रोग लागेन ।

 

६. अग्निहोत्रले रोग प्रतिकारोधात्मक क्षमता बढाउन मद्दत गर्छ

६ अ. एच.आय.भी. यो रोगमा अग्निहोत्रको परिणाम

‘कोरोना विषाणुमा अग्निहोत्रको कस्तो परिणाम हुन्छ ?’, यसको अभ्यास गरेको छैन; तर अग्निहोत्र र अग्निहोत्रको विभूतिले एच.आय.भी रोगलाई नियन्त्रणमा ल्याउन राम्रो नतिजा देखाएको छ । यस विषयमा गरिएको प्रयोगमा एच.आय.भी. रोग लागेका बालबालिकाहरुले अग्निहोत्र गर्न प्रारम्भ गरे । प्रत्येक बालबालिकाले स्वतन्त्र रूपमा अग्निहोत्र गरे । केहि समयपछि निम्न परिणाम देखा पर्यो ।

१. विषाणुको संख्या घट्यो ।

२. सीडी-४, यो प्रोटीनको स्तर बढ्यो ।

३. समग्रमा बालबालिकाको आरोग्यमा सुधार भयो । उनहरुको प्रतिरोधात्मक क्षमतामा वृद्धि भयो ।

६ आ. विषाणुहरुको वृद्धि गर्नको लागि ‘थाल’ मा राखियो त्यसा अग्निहोत्रको विभूतिको पानी खनाएपछि

विषाणुको मात्रा ५० प्रतिशतले घट्यो

अग्निहोत्रको विभूतिले विभिन्न विषाणुहरुमा के प्रभाव पार्छ भनेर हेर्नको लागि प्रयोगशालामा परीक्षण गरिएको थियो । अग्निहोत्रको विभूतिको पानी विषाणुहरु वृद्धि गर्नको लागि राखिएको ‘थाल’ मा खन्यायो । त्यस पश्चात विषाणुहरुको संख्या ५० प्रतिशतले घट्यो । यसको मात्रा धेरै नभएपनि यसले मन्द रोग र तीव्र रोगग्रस्तमा यसको परिणाम हुन सक्छ । जसरी यी विभिन्न विषाणुहरुमा प्रभाव पर्यो त्यसरी नै वर्तमानको कोरोना विषाणुमा पनि अग्निहोत्रको परिणाम हुन सक्छ ।

 

७. मातिको सम्पूर्ण अभ्यासको निष्कर्ष

अग्निहोत्र कारोना विषाणुको संक्रमण कम गर्न प्रयोग गर्न सकिन्छ । यस सम्बन्धमा हामीसँग प्रत्यक्ष प्रमाण छैन । तैपनि माथिका सबै विवरणहरू अभ्यास गरेपछि कोरोना संक्रमणको कठिन परिस्थितिमा घरमै अग्निहोत्र गर्नु उपयुक्त हुन सक्छ । यसलाई शास्त्रीय दृष्टिकोणबाट अभ्यास गरिएको थियो ।

अ. कोरोना संक्रमित बिरामीलाई अग्निहोत्र गर्न वा अग्निहोत्र गराएर नतिजा हेर्ने ।

आ. अग्निहोत्र गर्नु अधि र पछि ‘अस्पतालको हावामा कोरोना विषाणुको मात्रा कति छ ?’, यसको अभ्यास गर्नुहोस्, यसको साथमा ‘अस्पताको वस्तुको सतहमा कोरोना विषाणुको मात्रामा के परिवर्तन हुन्छ?’, यसको अभ्यास गर्नुहोस् ।

इ. अग्निहोत्र र अग्निहोत्रको विभूतिको ‘कोरोना विषाणु युक्त मांसपेशीमा कस्तो परिणाम हुन्छ ?’, यसको अभ्यास गर्नुहोस् ।

ई. यस अवधिमा आधुनिक वैद्य र परिचारिकाको सुरक्षा पनि एक प्रमुख विषय हो । ‘यस वैद्यकीय कर्मचारिहरुको समूहमा अग्निहोत्रको के प्रभाव हुन्छ ?’, यस विषयमा अभ्यास गर्न सक्नुहुन्छ ।’

– डॉ. उलरिच बर्क

नेपालको समृद्ध धरोहर, अर्थात अग्निहोत्रको प्रसार डॉ. बर्क जस्ता एक विदेशी शास्त्रज्ञले गर्नुहुन्छ, यसको साथै कोरोनामा अग्निहोत्र उपयुक्त हुने कुरा दृढतासँग भन्नुहुन्छ । यो नेपालीहरुको लगि लजमर्दो हो !

डा. बर्कजस्ता विदेशी विज्ञहरूले अग्निहोत्रमा अनुसन्धानात्मक काम गर्छन् र अभ्यासका साथ सो विषयमा आफ्नो विचार व्यक्त गर्छन् । योसँगै अग्निहोत्र कोरोनामा प्रभावकारी साबित हुनसक्ने यसतो पनि भन्नु हुन्छ । अग्निहोत्रका विभिन्न फाइदाहरू सबैलाई थाहा छ । अहिले कोरोनाको बढ्दो सङ्क्रमणलाई रोक्न सरकारले विभिन्न ठाउँमा अग्निहोत्र होम आयोजना गरेर, त्यस विषयमा वैज्ञान अनुसन्धान गर्नु जनताले अपेक्षा गरेको छ !

 

Leave a Comment