अग्निहोत्रका विभिन्न फाइदाहरू

साधनाको (आध्यात्मिक अभ्यासको) सन्दर्भमा अग्निहोत्रको लाभ
कर्मको उपासनाको रुपमा अग्निहोत्र गर्दा ती सम्बन्धित देवताहरुको स्तरमा हुने लाभ

अ. अग्निहोत्र गर्नु आकाशमण्डलमा निहित सूक्ष्म देवताहरुको तत्त्वहरुलाई जागृत गरि तिनीहरुका तरङ्गहरुलाई पुथ्वीमा आकर्षित गर्ने प्रभावकारी माध्यम हो ।

आ. अग्निहोत्ररूपी कर्ममा प्रजापतिरूपी उत्पत्तिशक्तिको जागृतिकरण हुनाले भूमिमण्डडलसँग सम्बन्धित सात्त्विक इच्छाजन्य जननधारणाक्षम बीज उचित समय रहि प्रसवकर त्यसबाट सत्त्वगुणात्मक घटकहरुको उत्पत्ति हुनमा सहायकारी हुन्छ । यसको अर्थ वातावरणमा प्रजापतिको आशीर्वादको प्रसारको कारणले सम्बन्धित परिसरमा हुने हरेक वस्तुले सात्विक बीज अवधारणासँग सम्बन्धित घटकहरू बनाउँछ ।

इ. यस तेजोमण्डलको सहाराले अनेक देवताहरु भूमिमण्डलमा आबद्ध भएका अनेक भक्तजनहरुको लागि कार्य गरिरहनु हुन्छन् । यी देवताहरुका निकट सान्निध्यले उस सम्बन्धित भूमिमण्डलको जीवहरुका साथै अन्य प्राणिहरुका कल्याण हुनमा सहायता हुन्छ ।

ई. अग्निहोत्रको कारण वायुमण्डलमा सिद्ध हुने दिव्य तेजोमण्डल पारदर्शी काँचको तेजगोल जस्तै हुन्छ । आणविक बममा भएका अति सूक्ष्म विनाशकारी किरणहरुको लागि पनि यस वायुमण्डलमा प्रवेश गर्न असम्भव हुन्छ । यसले जीवको तथा यससँग सम्बधित वायुमण्डललाई विनाशकारी घटकहरुबाट पनि बचाउँछ ।

उ. अतः कलियुगमा जब अनिष्ट शक्तिको प्रकोप बढ्छ, त्यस अवधिमा आतंकी तन्त्रले सम्पूर्ण देशलाई अर्थात समाजलाई अर्थात स्वयंलाई बचाउनको लागि अग्निको सहायताले ब्रह्ममण्डलको त्यस सम्बन्धित देवताआहरुका तरंगहरुलाई भूमिमण्डलतर्फ आकर्षित गर्ने अग्निहोत्र-साधना अपनाउनु पर्छ ।

– सूक्ष्म जगतको ‘एक विद्वान’ (श्रीमती अंजली गाडगीळको माध्यमबाट)

 

अग्निहोत्रबाट प्राप्त हुने लाभ

यस संसारमा विभिन्न वंश, विभिन्न भाषा, विभिन्न धर्म तथा आध्यात्मका दुई समूह छ जसले अग्निहोत्रको अभ्यास गर्दछन् ।

१. वातावरण शुद्धी

अग्निहोत्रले चैतन्यप्रदायी तथा औषधियुक्त वातावरण सिर्जना गर्छ ।

२. अधिक पौष्टिक तथा स्वादिष्ट अन्नको बाली हुने

अग्निहोत्रका कारण वनस्पतिलाई वातावरणबाट पोषकद्रव्य प्राप्त हुन्छन् तथा त्यसबाट आनन्द मससुस गर्छन् । अग्निहोत्रको भस्म पनि कृषि तथा वनस्पतिको वृद्धिमा राम्रो नतिजा दिन्छ । फलस्वरूप अधिक पौष्टिक तथा स्वादिष्ट अन्न, बाली, फल, फूल तथा सब्जिहरु प्राप्त हुन्छ ।

३. प्राणिजीवनको पोषण

जसरी अग्निहोत्रले वनस्पतिलाई पोषण दिन्छ, त्यसैगरी मनुष्य तथा समस्त प्राणिजीवनलाई पनि पोषण दिन्छ ।

४. अग्निहोत्रले सिर्जना गरेको वातावरणले बालबालिकाको मनमा सकारात्मक प्रभाव हुने

अ. अग्निहोत्रले बच्चाहरुको मनमा राम्रो परिणाम भएर सही संस्कार प्राप्त हुने ।

आ. चिडचिडा र जिद्दी बच्चाहरू शान्त र समझदार हुन्छन् ।

इ. बालबालिकाको पढाइमा एकाग्रता हुन्छ ।

इ. मानसिक रूपमा कमजोर बालबालिकाहरुले उनीहरुमा गरिरहेको चिकित्सा उपचार प्रति अधिक राम्रो प्रतिक्रिया दिन्छन् ।

५. अग्निहोत्रबाट बलियो इच्छाशक्ति उत्पन्न भई मनोविकार हटेर मानसिक शक्ति प्राप्त हुन्छ

विभिन्न स्तरका महिला – पुरुष, बालबालिका र वयस्क – जसले नियमित रूपमा अग्निहोत्र गर्ने गर्दछ, उनीहरूले बढी सन्तुष्टि, जीवनप्रति सकारात्मक दृष्टिकोण, मानसिक शान्ति, आत्म-विश्वास र थप कार्य कुशलता जस्ता गुणहरू विकास गरेर तथा तिनीहरुका वृद्धि अनुभव गरेका छन् । रक्सी र अन्य घातक मादक पदार्थको सिकार भएका मानिसहरू अग्निहोत्रको वातावरणमा यी खराब बानीहरूबाट मुक्त हुन सक्छन्; किनभने उनीहरूमा बलियो इच्छाशक्ति विकास हुन्छन् ।

६. स्नायु प्रणालीमा प्रभाव

अग्निबाट निस्कने धुवाँले मस्तिष्क र स्नायु प्रणालीमा शक्तिशाली प्रभाव पार्दछ ।

७. रोगकारक कीटाणुहरुको निरोधन

केही अनुसन्धानकर्ताहरुले पत्ता लगाएका छन् कि अग्निहोत्रले बनाएको औषधियुक्त वातावरणको कारण रोगकारक कीटाणुहरुको वृद्धिमा प्रतिबन्ध हुन्छ ।

८. सुरक्षाकवच बन्ने

हामी अनुभव गर्छौं कि हाम्रो वरिपरि सुरक्षात्मक कवच निर्माण भएका छन् ।

९. अग्निहोत्रको कारण प्राणशक्ति शुद्ध भएर त्यस वातावरणमा बस्ने मानिसहरुको मन त्वरित प्रसन्न तथा आनन्दित बन्ने र त्यस वातावरणमा ध्यानथारण गर्न सहज हुने

प्राण र मन एकै सिक्काका दुई पाटा जस्तै गरी एक अर्कासँग जोडिएका छन् । अग्निहोत्रको कारणले यस्तो वातावरणमा व्यक्तिको मनले प्राण-शक्तिको शुद्धिकरणको वांछित प्रभाव छिट्टै अनुभव गर्छ । यसरी, उसको मानसिक तनाव सहजै कम हुन्छ र उसको मन प्रफुल्लित र आनन्दित हुन्छ । यस्तो वातावरणमा ध्यान, पूजा, मनन र अध्ययन गर्न धेरै सहज हुन्छ ।

– डॉ. श्रीकांत श्री गजानन महाराज राजीमवाले, शिवपुरी, अक्कलकोट

 

१. अग्निहोत्रबाट निस्कने आगोले रज-तम कणलाई खण्डित गरी वायुमण्डलमा लामो समयसम्म परिक्रमा गर्छ, यो प्रक्रिया निरन्तर गरिरहँदा मानिसको वरिपरि १० फिटसम्म सुरक्षा कवच बन्ने गर्छ । यो कवच तेजसँग सम्बन्धित चीजहरूमा धेरै संवेदनशील हुन्छ । सूक्ष्ममा यो कवच सिन्दूर रंग जस्तै देखिन्छ।

२. यस कवचको सम्पर्कमा जब पनि शुभ चिजसँग सम्बन्धित तेज आउँछ, तब कवचमा व्याप्त सिन्दुर रंगको तेजको कणले यो तेजलाई आफूमा समाहित गरेर आफ्नो कवचलाई बल दिन्छ ।

३. रज-तमात्मक तेजकण कर्कश स्वरूपमा आघात गर्ने हुनाले उसको नजिक आएको समाचार यस कवचलाई पहिलानै प्राप्त हुन्छ । तथा उसले हाम्रो माध्यमबाट प्रतिक्षिप्त क्रियाको रुपमा अनेक तेजतरङ्गहरुलाई तीव्र गतिले उत्सर्जित गरि त्यस कर्कश नादलाई नै नष्ट गरिदिन्छ । तथा त्यसमा स्थित नाद उत्पन्न गर्ने तेजकणहरुलाई पनि नष्ट गरिदिन्छ । यस कारण ति तरगहरुमा व्याप्त तेज आघात गर्न असमर्थ हुन्छन् । यसको अर्थ हो बममा स्थित घातकरुपमा उत्सर्जित ऊर्जा तरङ्गहरु पहिले नै मारिदिन्छन् त्यसैले विकिरणको दृष्टिकोणले बम निष्क्रिय हुन्छ । यस कारण बम फ्याँकिए पनि त्यसबाट हुने मनवीय हानी केही हदसम्म कम हुनेछ । बम विष्फोट भएपछि पनि वायुमण्डलमा रहेको यो सूक्ष्मरूप अग्नि कवचलाई धकेल्दै तीव्र गतिमा उत्सर्जित रज-तम उत्पन्न लहरहरू त्यसमा नै विघटन भएर त्यसको सूक्ष्म परिणाम पनि त्यहीँ नष्ट भएर वायुमण्डल प्रदूषण मुक्त हुन्छ ।

– एक विद्वान (श्रीमती अंजली गाडगीळको माध्यम बाट, १८.२.२००८, साँझ ६.५५)
सन्दर्भ : सनातन द्वारा प्रकाशित ग्रन्थ ‘अग्निहोत्र’

 

वायु प्रदूषणको लागि अग्निहोत्र ठोस समाधान !

केहि दिनदेखि बढ्दो प्रदूषणको कारण दिल्लीका बासिन्दा अस्वस्थ छन् । प्रदूषणको स्तर उचाइमा पुगेपछि त्यहाँका स्वास्थ्यमन्त्रीले सवारीसाधनलाई सडकमा अवतरण गर्न ‘सम-विषम’ को अवधारणा पुनः लागू गर्ने निर्णय गरेको छ । ‘सफर इन्डिया’ (सिस्टम अफ एयर क्वालिटी एन्ड वेदर फोरकास्टिङ रिसर्च) संगठनले दिएको विवरणअनुसार यो वर्ष विगत ५ वर्षमा सबैभन्दा बढी प्रदूषण भएको छ । त्यहाँको प्रदूषणले सबै सीमा नाघ्यो, विद्यालय बन्द गर्नुपर्‍यो र अन्तिम विकल्पका रूपमा मानिसहरूलाई घरबाट बाहिर ननिस्कन निर्देशन दिइयो । प्रदुषणको समस्या यति गम्भीर बन्दै गएपछि सरकारले समयमै समाधानको योजना किन ल्याएन, यो प्रश्न पनि उत्तिकै गम्भीर छ । राजधानी दिल्लीमा जति प्रदूषण छ, त्यति नै उत्तर भारतका धेरै ठाउँमा पनि छन् ।

यो घटनापछि मुम्बई, पुणेल राज्य सहित अन्य ठूला सहरहरूमा पनि बढ्दो प्रदूषणको चर्चा भईरहेको छ । ‘सफारी इन्डिया’ को विवरण अनुसार, पुणे अहिले दिल्लीपछि प्रदूषित सहरको सूचीमा परेको छ । मुम्बई देशको आर्थिक राजधानी भए पनि प्रदूषणमा पुणेले मुम्बईलाई पछाडि छोडेको छ । पुणेको कम तापक्रमका कारण त्यहाँ प्रदूषण बढेको विज्ञहरू बताउँछन् । हावामा बढ्दो प्रदुषणका कारण पुणेकरहरू रुघाखोकी, खोकी र श्वासप्रश्वाससम्बन्धी विभिन्न समस्याबाट ग्रसित भएका छन् । थप रुपमा पूणेमा दुई पाङ्ग्रे सवारी साधनको संख्या ज्यादा हुनाले प्रदूषण अझै वृद्धि भइरहेको छ । एक समय शुद्ध हवा तथा पानीको लागि विख्यात पुणेको परिचय प्रदूषित नगरको रूपमा हुनु दुर्भाग्यजनक भन्न सक्छौं ।

विद्यालको पाठ्यक्रममा प्रदूषणको धेरै दुष्परिणा सम्बन्धि ज्ञान दिन्छन्; तर त्यसमा ठोस उपाय गरिदैन । पृथ्वीको सन्तुलन बिगार्नमा प्रदूषण एक महत्त्वपूर्ण घटक हो । यससँगै प्रदूषणका कारण मानिसको शरीर र दिमागको सन्तुलन बिग्रन्छ । शारीरिक विकारका कारण व्यक्ति निराश हुनाले सकारात्मक विचार ग्रहण गर्ने क्षमता कम हुँदै जान्छ । फलस्वरूप अयोग्य विचारका कारण अयोग्य कर्म पनि उहाँबाट अज्ञानतवश हुने गर्दछ । वेद र पुराणमा मानिसले सधै सकारात्मक भएर कसरी खुसी रहनुपर्छ भन्ने बारेमा धेरै रहस्य लेखिएको छ । मानिसको दिमाग सकारात्मक हुनको लागि वरपर सफा र सुन्दर हुनुपर्छ । परिसर सफा राख्न हावा सफा हुनुपर्छ र नियमित अग्निहोत्र गर्नु हावा सफा राख्ने एउटा उपाय हो ।

अग्निहोत्रको फलस्वरूप भौतिकरूपमा वायु शुद्ध भएर त्यसले मनुष्य मनलाई पनि शुद्ध बनाउँदछ । मन शुद्ध हुनाले आचार-विचार प्रभावित भएर अंतिमतः मनुष्य आनन्द रहन्छ । अग्निहोत्रमा प्रयोग हुने सामग्रीका कारण हावामा प्रदूषित तत्वको मात्रा कम हुने कुरा शास्त्रीय दृष्टिकोणले प्रमाणित भएको छ । यसबारे अध्ययन गरेपछि विश्वका धेरै देशमा अग्निहोत्रलाई प्रदुषणको उपायका रूपमा प्रयोग भइरहेको छ । यसले वैदिक परम्पराको महत्व ध्यानमा आउँछ । वायु शुद्धीकरणका लागि बाह्य उपायका साथसाथै साधना अर्थात् धर्माचारण पनि उत्तिकै आवश्यक हुन्छ । हिन्दू संस्कृतिको महत्व बुझेर त्यसमा रहेका केही धार्मिक कर्मलाई अपनाए मात्र पनि देश वास्तविक विकासतर्फ अग्रसर हुनेछ ।

कु. ऋतुजा शिंदे, पुणे

सन्दर्भ : दैनिक सनातन प्रभात

वेदद्वारा मनुष्य कल्याणको लागि प्रदान गरिएको ज्ञानद्वारा अग्निहोत्रको आचरण गरि कृषी गर्नाले बाली राम्रो हुन्छ । – स्वामी दयानंद शास्त्री

मानव कल्याणको लागि सबै प्रकारका प्रदूषण हटाउन अग्निहोत्र आवश्यक !

अहिले हवा-पानी देखि लिएर विचारहरुको प्रदूषणले उच्च स्तर प्राप्त गरेको छ । जसको कारण खस्किँदै गईरहेको प्राकृतिक चक्रको सन्तुलन, तीव्र गतिले बदलि रहने मौसम, नयाँ-नयाँ रोग, बढ्दो तनाव आदि ले भयसूचक अवस्थामा पुगेको छ । सर्वत्र निराशा, उदासी र निराशा छाएको प्रतीत हुन्छ । उन्नत प्रविधिले पनि यस अवस्थाको ठोस समाधान दिन सक्दैन । त्यसैले आफ्नो जीवनशैलीमा परिवर्तन गरी अग्निहोत्र अपनाउनु महत्वपूर्ण बनेको छ ।

Leave a Comment