अग्निहोत्र

 

भूमिका

त्रिकालज्ञानी सन्तहरुले भन्नु भएका छन् कि भीषण आपतकाल आउने छ तथा त्यसमा सम्पूर्ण विश्वको प्रचण्ड जनसंख्या नष्ट हुनेछ । वास्तवमा आपतकाल सुरु भइसकेको छ । आपतकालको समयमा तेस्रो महायुद्ध सुरु हुनेछ । दोस्रो विश्वयुद्धको तुलनामा वर्तमानमा विश्वको लगभग सबै राष्ट्रहरुसँग महासंहारक परमाणु अस्त्र छन् र एक-अर्काको विरुद्ध प्रयोग हुनेछन् । यस युद्धमा सुरक्षित रहनु छ भने परमाणु अस्त्रलाई निष्क्रिय पार्न प्रभावकारी कदम चाल्नुपर्छ । यससँगै यी आण्विक अस्त्रहरुबाट निस्कने किरणहरु नष्ट गर्नको लागि उपाय पनि आवश्यक छ । यसमा स्थूल उपाय उपयोगी साबित हुने छैन; किनकी अणुबम बम भन्दा सूक्ष्म छ । स्थूल (उदा. बाण हानेर शत्रुलाई नाश गर्ने), स्थूल र सूक्ष्म (उदा. मन्त्रको उच्चारण गरेर बाण हान्ने), सूक्ष्मतर (उदा. केवल मन्त्र उच्चारण गर्ने) एवं सूक्ष्मतम (उदा. सन्तहरुको संकल्प) यस प्रकार उत्तरोत्तर प्रभावी चरणहरु हुन्छन् । स्थूल भन्दा सूक्ष्म धेरै गुना अधिक प्रभावशाली हुन्छ । यस कारण अणुबम जस्तो प्रभावकारी संहारकको विकिरण रोक्न सूक्ष्मदर्शी रुपमा केही गर्नु आवश्यक छ । त्यसैले ऋषि-मुनिहरुले यज्ञको प्रथमावतार रूपी अग्निहोत्रको उपाय बताउनु भएका छन् । यो गर्न धेरै सजिलो र अत्यल्प समय लाग्छ; तर प्रभावी रूपमा सूक्ष्म परिणाम प्राप्त गर्नमा सहायक उपाय हो । अग्निहोत्रले वातावरण चैतन्यमय बन्दछ तथा सुरक्षा-कवच पनि निर्माण हुन्छ ।

प्रतिदिन अग्निहोत्र गर्नु, यो केवल आपतकालको दृष्टिले मात्र होइन, यो सधैको लागि उपयुक्त छ । यस लेखको माध्यमबाट पाठकहरुलाई अग्निहोत्रको परिचय गराइनेछ । अग्निहोत्रको विषयमा विस्तृत विवेचन ग्रन्थमा गरिएको छ । पाठकहरुले यो ग्रन्थ अवश्य सङ्कलन गर्नुहोस् ।

संत-महात्मा, ज्योतिषी आदिको मत अनुसार आपतकाल सुरु भइसकेको छ र यसको भीषणता बढ्दै जानेछ । यस अवधिमा समाजले धेरै आपत्तिको सामना गर्नु पर्नेछ । आपतकालमा, आफ्नो, आफ्नो परिवारका सदस्यहरू र देशवासीहरूलाई जोगाउनु ठूलो चुनौती हुन्छ ।

आपतकालमा यातायातको साधन नहुँदा बिरामीलाई अस्पताल लैजान, डाक्टर वा वैद्यसँग सम्पर्क गर्न र हाटबाट (बजारबाट) औषधि ल्याउन गाह्रो हुन्छ । सनातन संस्थाले आपतकालमा आउने समस्याहरु र विकारहरुको सामना गर्नको लागि पूर्व तयारीको एक भागको रूपमा आपतकालको लगि संजीवनी यो ग्रंथमाला तयार गरिरहेको छ । २०.११.२०१६ सम्म यस ग्रन्थमालामा अन्तर्भूत १२ ग्रन्थहरु प्रकाशित भइसकेको छ । सोही ग्रन्थमालाको अग्निहोत्र ग्रन्थको परिचय यस लेखमार्फत गराइएको छ ।

 

१. व्याख्या

अग्निहोत्र अर्थात अग्न्यंतर्यामी (आगोमा) आहुति अर्पित गरिने ईश्वरोपासना ।

 

२. अग्निहोत्रको महत्त्व

१. अग्निहोत्रबाट उत्पन्न अग्नि, रज-तम कणहरुलाई विघटित गर्दछ तथा वायुमण्डलमा दीर्घकालसम्म बनी रहन्छ । त्यसैले यो प्रक्रिया कार्यान्वित गरि रहनाले यह अग्नि मनुष्यको चारैतर्फ १० फुटसम्मको सुरक्षा-कवच बनाउँछ । यो कवच तेज सम्बन्धी वस्तुको स्पर्श प्रति अत्यन्त सम्वेदनशील हुन्छ । यो कवच सूक्ष्मरूपमा कवच ताम्रवर्ण देखाई दिन्छ ।

२. जब राम्रो चीजहरुसँग सम्बन्धित तेज यस कवचको सान्निध्यमा आउँछ, तब कवचमा विद्यमान ताम्रवर्णको तेजकणहरुले यो तेजलाई आफैंमा समाहिर गरेर आफ्नो कवचलाई बलियो बनाउँछन् ।

३. रज-तमात्मक तेजकण कर्कश स्वरूपमा आघात गर्दछ । तर्सथ, तिनीहरु समीप आउने सम्बन्धमा मानिसको चारैतर्फ निर्मित सुरक्षा-कवच पहिले नै सचेत हुन्छ र स्वयंबाट प्रतिक्षिप्त क्रिया (प्रतिक्रिया) को रूपमा अनेक तेजतरंगहरु तेज गतिले ऊत्सर्जित गरि, रज-तमात्मक तेजकणहरुको कर्कश नादलाई नै नष्ट गरिदिन्छ तथा नाद उत्पन्न गर्ने तेजकणहरुलाई पनि नष्ट गरि दिन्छ । नतिजाको रुपमा ती तरंगहरुका तेज आघात गर्नमा असक्षम हुन्छन् । अर्थात् बमबाट आघातात्मक विघातक स्वरूपमा ऊत्सर्जित हुने ऊर्जाको वलय पहिला नै नष्ट गरिदिनाले बम विकिरणको दृष्टिले निष्क्रिय हुन जान्छ । यस कारण बम प्रहार गर्दा पनि जनसंहार केही हदसम्म टरेर जान्छ । बम विष्फोट हुँदा पनि बमबाट उत्सर्जित तेजरूपी रज-तमात्मक तरंगहरु, वायुमण्डको सूक्ष्म अग्निकवचसँग टकराएर त्यहि विघटित हुन जान्छ । त्यसको सूक्ष्म-परिणाम पनि त्यहि समाप्त हुन जान्छ, जसले गर्दा वायुमण्डल सम्भावित प्रदूषणको संकटबाट मुक्त रहन्छ ।

– एक विद्वान (सनातनको सद्गुरु (श्रीमती) अंजली गाडगीळ को लेखन एक विद्वान, गुरुतत्त्व आदि नामबाट प्रकाशित छ ।), १८.२.२००८, साँझ. ६.५५.

 

३. अग्निहोत्रको स्वरूप र प्रक्रिया

सूर्य ऊर्जा उत्सर्जन र अवशोषित गर्दछ । तसर्थ प्रदूषण उन्मूलनका लागि आवश्यक र पोषक स्थिति स्वत: निर्माण हुन्छ । यसले गर्दा पृथ्वीले शान्त स्थिति प्राप्त गर्दछ । अग्निहोत्र जेनेरेटर जस्तै हो जसले शक्ति उत्पन्न गर्दछ र ज्वाला टर्बाइन जस्तै हो । जब गाईको गोबर, गाईको घिउ र अक्षता (चामल) अग्निको माध्यमबाट परस्पर संयोग हुन्छ तब यस्तो अद्वितीय ऊर्जा सिर्जना गदर्छ जुन वरपरका वस्तुहरुसँग ठोकिन्छन्, त्यसमा निहित घातक ऊर्जाहरुलाई निष्क्रिय बनाइ दिन्छन्, जसले वातावरण पोषक बनाउँछ । त्यसपछि त्यहाँको वातावरणमा सेंद्रिय द्रव्य उत्पन्न हुने, बढ्ने र तिनीहरुको विस्तारको लागि पोषक तत्त्वहरु आपूर्ति गर्ने, यस प्रकार अग्निहोत्र प्रक्रिया वायुमण्डललाई प्रत्यक्षरूप क्षतिपूर्ति दिन्छ । – होम थेरपी नामको हस्तपत्रक

 

४. हवन

अ. हवनपात्र

१. पिरामिड आकारको ताम्रपात्र

अग्निहोत्र गर्नको लागि एक विशिष्ट आकारको ताम्र पिरामिड पात्र आवश्यक हुन्छ ।

आ. हवनद्रव्य

१. गाईको गोबरबाट बनेको गुइठा

गाईको गोबरबाट पातलो गोल आकार बनाएर सूर्यप्रकाशमा सुकाउनुहोस् । सुकेको गुइठाबाट अग्निहोत्रको लागि अग्नि तयार गर्नुहोस् ।

२. चामल (अक्षता)

अखण्ड तथा पालिश रहित चामलमा आकर्षित भएको ईश्वरको मूलतत्त्व टिकि रहन्छ । चामललाई पालिस गर्दा त्यसमा विद्यमान मूल ईश्वरीय तत्त्व लुप्त भएर जान्छ तथा कृत्रिम बन्छ । त्यसैले तिनीहरुको प्रयोग नगर्नुहोस् । जब चामलको दाना टुक्रिन्छ त्यसमा निहित सूक्ष्म ऊर्जाको अन्तर्रचना अस्त-व्यस्त हुन जान्छ; त्यसकारण चैतन्यप्रदाता अग्निहोत्रको लागि अपात्र सिद्ध हुन्छ । यस कारण अक्षता अर्थात् अखण्ड चामलको दाना मात्र प्रयोग गर्नुपर्छ ।

३. गाईको दूधबाट बनेको घिउ

मन्द आगोमा गाईको दूधबाट निकालेको नैनि तताउनुहोस् । सतहमा सेतो रंगको पदार्थ देखा पर्यो भने त्यसलाई छल्नी मार्फत निकाल्नुहोस् । यो पदार्थलाई घिउ भनिन्छ । यो घिउ फ्रिजमा नराखेपनि लामो समयसम्म राम्रो रहन्छ । घिउ विशेष औषधीय पदार्थ हो । अग्निहोत्रको अग्निमा हव्य पदार्थको रूपमा यसको प्रयोग गर्दा यसले वहन प्रतिनिधिको नाता सूक्ष्म ऊर्जा वहन गर्ने कार्य गर्दछ । गाईको दूधबाट बनेको घिउमा शक्तिशाली ऊर्जा हुन्छ । – होम थेरपी नामको हस्तपत्रक

इ. अग्निहोत्रको विधि

१. अग्निहोत्र गर्ने समय पूर्व दिशातर्फ मुख फर्काएर बस्नुहोस् ।
२. अग्निहोत्रको लागि अग्नि प्रज्वलित गर्ने

२ अ. अग्नि प्रज्वलित गर्ने विधि : हवनपात्रको तल्लो भागमा गुइठाको एउटा टुक्रा राख्नहोस् । त्यसमाथि गुइठाको टुक्रामा घिउ लगाएर यसप्रकार राख्नुहोस् (गुइठाको सिधा-छडके टुक्राको २-३ तह) जसले गर्दा भित्री भागमा वायुको आवागमन हुन सकोस् । त्यसपछि गुइठाको एउटा टुक्रामा घिउ लगाएर त्यसलाई प्रज्वलित गरेर हवनपात्रमा राख्नुहोस् । केही समयमा गुइठाको सबै टुक्राहरु प्रज्वलित हुनेछन् । अग्नि प्रज्वलित गर्नको लागि वायु दिन हाते पंखा प्रयोग गर्न सक्छ; तर मुखले फुकेर अग्नि प्रज्वलित नगर्नुहोस् । यस्तो गर्दा मुखको कीटाणु अग्निमा जान्छन् । अग्नि प्रज्वलित गर्नको लागि मिट्टीतेल जस्तो ज्वलनशील पदार्थको पनि प्रयोग नगर्नुहोस् । अग्नि निर्धूम प्रज्वलित रहोस् अर्थात् त्यसबाट धुवाँ ननिक्लोस् ।

३. अग्निहोत्र मन्त्र

३ अ. मंत्रोच्चारण

१. सूर्योदयको समय

सूर्याय स्वाहा, सूर्याय इदं न मम ।
प्रजापतये स्वाहा, प्रजापतय इदं न मम

२. सूर्यास्तको समय

अग्नये स्वाहा, अग्नय इदं न मम ।
प्रजापतये स्वाहा, प्रजापतय इदं न मम ॥

– होम थेरपी नामको हस्तपत्रक (मन्त्र कहिले र कति पटक दोहर्याउने, तथा अग्निहोत्रको प्रत्यक्ष विधि जान्नको लागि सूत्र क्रमांक ३ ई. अग्निमा हवनद्रव्य छोड्ने पढ्नुहोस् ।)

३ आ. मन्त्रका उच्चार कसरी गर्ने ? : मन्त्रहरुको उच्चार अग्निहोत्रको स्थानमा गून्जियोस्, यस्तो नादमय पद्धतिबाट, मध्यम गतिमा (न धेरै छिटो न धेरै ढिलो), स्पष्ट तथा उच्च स्वरमा पाठ गर्नुपर्छ ।

३ इ. मन्त्र बोल्ने समय कस्तो भाव हुनुपर्छ ? : मन्त्रहरुमा सूर्य, अग्नि, प्रजापति शब्द ईश्वरवाचक हुन् । यी मन्त्रहरुको अर्थ हो, सूर्य, अग्नि, प्रजापतिमा अंतर्यामी स्थित परमात्मशक्तिलाई म यो आहुति अपण गर्दछु । यो मेरो होइन । यस मन्त्रमा सम्पूर्ण ब्रह्माण्डको सृष्टि तथा पालन-पोषण गर्ने परमात्मशक्ति प्रति शरणागतभावको कथन गरिएको छ ।

३ ई. मन्त्रको उच्चारण कसले गर्ने ? : घरको एकजनाले अग्निहोत्र गर्नुहोस् र त्यसबेला अन्य सदस्यहरु त्यहाँ उपस्थित भएर आहुति दिने व्यक्तिको साथ अग्निहोत्रको मन्त्र उच्चारण गर्न सक्छन् । – डॉ. श्रीकांत श्रीगजाननमहाराज राजीमवाले

४. अग्निमा हवनद्रव्य चढाउने

हत्केलामा वा तामाको थालमा दुई चिम्टी चामल लिनुहोस् र त्यसमा गाईको घिउको केही थोपा हाल्नुहोस् । अचूक सूर्योदयको (या सूर्यास्तको) समय प्रथम मन्त्र उच्चारण गर्नुहोस् तथा स्वाहा: शब्दको उच्चारपछि दाहिने हातको मध्यमा, अनामिका तथा अंगूठाको चुटकीमा अक्षता-घिउको मिश्रण लिएर अग्निमा छोड्नुहोस् । (चुटकीभर अक्षत पर्याप्त हुन्छ ।) अब दोस्रो मन्त्र उच्चारण गर्नहुोस् तथा स्वाहा: शब्द उच्चारण गरेपछि दाहिने हातले पहिलाको जस्तौ अक्षता-घिउको मिश्रण अग्निमा छोड्नुहोस् । – होम थेरपी नामको हस्तपत्रक

५. सूर्योदय र सूर्यास्तको समयमा मात्र अग्निहोत्र गर्नुको महत्त्व

सृष्टिको प्रत्येक वस्तुमात्र तथा घटना स्थल, काल एवं समयसँग सम्बन्धित हुन्छ । कालानुसार प्रत्येकको स्थान र तदनुसार त्यो कृत्य हुने समय ईश्वरनियोजित हुन्छ । यस कारण, कार्य कालानुसार (मुहूर्तमा) गर्नाले व्यक्तिलाई वांछित मिल्छ, जबकि अनुचित मुहूर्तमा गर्नाले हानि हुन्छ । ग्रहणकालमा गर्भधारण भएमा अपाङ्ग सन्तानको जन्म हुन सक्छ । त्यसैगरी, विवाह निर्धारित मुहूर्तमा नहुनाले कालान्तरमा श्रीमान-श्रीमती बीच कहल उत्पन्न हुन सक्छ । यस कारण सूर्योदय तथा सूर्यास्तको समयमा नै अग्निहोत्र गर्नु महत्त्व छ । – कु. प्रियांका लोटलीकर, महर्षि अध्यात्म विश्वविद्यालय, गोवा.

 

५. अग्निहोत्र साधनाको रूपमा प्रतिदिन गर्न आवश्यक हुने कारणहरु

अग्निहोत्र गर्नु यो नित्योपासना हो । यो एउटा व्रत नै हो । ईश्वरले हामीलाई यो जीवन दिनु भएको छ । त्यसैले उहाँले हामीलाई हरेक दिन सबै पोषक दिइ रहनुहुन्छ । यसका लागि कृतज्ञता व्यक्त गर्नको लागि प्रत्येक दिन अग्निहोत्र गर्नु हाम्रो कर्तव्य हो र यसलाई साधनाको रुपमा दैनिक गर्न आवश्यक छ ।

 

६. अग्निहोत्र पछि यो अवश्य गर्नुहोस् !

१. ध्यान

प्रत्येक अग्निहोत्रपछि जति सम्भव छ, त्यति मिनेट ध्यानको लागि सुरक्षित राख्नुहोस् । यथासम्भव हवनको अग्नि शान्त हुने बेलासम्म ध्यानमा बस्नुहोस् ।

२. विभूति (भस्म) निकालेर राख्नुहोस्

अर्को अग्निहोत्रको केही समय अगाडि हवनपात्रको विभूति (भस्म) निकालेर कांच अथवा माटोको पात्रमा भरेर राख्नुहोस् । यो भस्म औषधिहरु बनाउनको लागि प्रयोग गर्न सकिन्छ । यस भस्ममा औषधीय गुणहरु छन् तथा यसलाई तपाईको बगौंजा र कृषिको लागि एउटा प्रभावी र अत्यंत उपयोगी खादको रूपमा प्रयोग गर्न सक्नुहुन्छ । यो विभूतिलाई व्यर्थ सम्झेर फोहरको भाडामा नफाल्नुहोस् । तपाई यसलाई ताल, नदी वा जलाशयमा प्रवाहित गर्न सक्नुहुन्छ । यसले सूक्ष्म-स्तरमा जल स्वच्छ र शुद्ध गर्दछ ।

– होम थेरपी नामको हस्तपत्रक

सन्दर्भ : सनातन-निर्मित ग्रन्थ ‘अग्निहोत्र’

Leave a Comment