आपतकालाको अर्थ एवं स्वरुप

१. आपतकालको अर्थ ? विपती (प्रकोप) भनेको के हो ?

अ. आपत् + काल = आपतकाल ।

संस्कृतमा ‘आपत्’ को अर्थ हो, ‘संकट’ । अतः, ‘आपतकाल’ को अर्थ हो, ‘संकटकाल’ ।

यसलाई विपती (प्रकोप) पनि भनिन्छ ।

विपतीको अंग्रेज़ी शब्द ‘Disaster’ फ्रान्सेली शब्द ‘Desastre’ बाट आएको हो । यो दुई शब्द ‘Des’ एवं ‘Astre’ मिलेर बनेको हो जसको अर्थ हो ‘खराब तारा’ ।

विपती ‘संतुलन’ को गडबडी हो । विपती आन्तरिक र बाह्य कारकहरुको प्रभावले उत्पन्न हुन्छ, जुन संयुक्त भएर घटनालाई अधिक विनाशकारी घटनामा परिणत गर्दछ ।

विपती प्राकृतिक अथवा मानव निर्मित कारणहरुको परिणाम हो जसले जीवन र सम्पत्तिमा गम्भीर क्षति पुर्याएर सामान्य जीवनलाई अस्तव्यस्त बनाइ दिन्छ, जसलाई सामना गर्नको लागि सामाजिक तथा आर्थिक संरक्ष कार्यविधिहरु अपर्याप्त हुन्छ अर्थात् आशंकित विपत्तिको वास्तवमा घटित हुनु विपती हो । यसमा एकैपटक हजारौं जीवहानि हुन्छ । तथा आर्थिक र पर्यावरणको पनि अधिक क्षति हुन्छ ।

 

२. विपतीको वर्गीकरण

उत्पत्ति अनुसार विपती प्राकृतिक र मानव निर्मित हुन्छ ।

२ अ. प्राकृतिक विपती

प्राकृतिक विपती निम्नलिखित विभिन्न प्रकारमा देख्न सकिन्छ –

१. वायुजनित विपती : तूफान, चक्रवाती पवन, चक्रवात, समुद्री आँधी लहर

२. जलजन्य विपती : बाढी, बादल फाट्ने, खडेरी, सुनामी

३. धरती जनित विपती : भूकम्प, ज्वालामुखी, भूस्खलन, हिमस्खलन

४. संक्रामक रोग : प्लेग, डेंगु, चिकनगुनिया, स्वाईन फ्लू, मलेरिया आदि.

यसमा कयौं पटक एउटा प्रकोपका कारण अर्को विपत्ति पनि सुरु हुन्छ, जस्तै महासागरको भुइँमा भूकम्प आएपछि सुनामी आउने सम्भावना बढी हुन्छ र सुनामी वा बाढीपछि महामारी आउने सम्भावना बढी हुन्छ ।

प्राकृतिक प्रकोपहरूमा, मानव निर्मित कारणहरूले गर्दा विनाशको अधिक प्रमाणहरू छन्, जस्तै उत्तराखण्डमा गंगा नदीको जलमार्गमा मानव निर्मित घर र होटलका कारण क्षति बढी भएको थियो ।

२ आ. मानवनिर्मित विपती

मानव निर्मित विपती अन्तर्गत निम्नलिखित प्रकारहरु देख्न सकिन्छ –

१. औद्योगिक दुर्घटना

२. पर्यावरणीय ह्रास,

३. विभिन्न युद्ध, जिहादको नाममा आतंकवादी गतिविधिहरु

४. जैविक युद्धको लागि अनुकूल वातावरणमा विभिन्न जीवाणु र विषाणुहरुको साथ साथ घातक कीराहरु संवर्धन गरि तिनीहरुलाई डिब्बामा बन्द गरेर शत्रु कैम्पहरुमा विमानबाट छोडिन्छन्, जसले अन्तत: पर्याप्त क्षेत्रमा फैलिएर महामारीको रुप लिन्छ ।

५. रासायनिक युद्धमा विषाक्त ग्यासहरु, बम र क्लस्टर बम शत्रु कैम्पहरुमा खसाल्छन् ।

६. कम्पनिहरुको प्लान्टहरुमा (संयंत्रहरुमा) लापरवाही वा त्रुटिको कारण हुने विपतीहरु । यसलाई पर्यावरणीय विपती पनि भनिन्छ, जस्तै – भोपाल ग्यास विपती, चेर्नोबिल आणविक दुर्घटना, फुकुशिमा आणविक विपती आदि प्रमुख हुन् ।

७. जंगली आगो तथा शहरी आगो

८. हवाई, सडक र रेल दुर्घटनाहरु

९. ठूलो भवनहरुको पतन

 

३. आपतकालको कारण हुने बडी क्षति

आपतकालको कारण हुने क्षतिको कल्पना गर्न अब केहि उदाहरणहरु हेरौं ।

३ अ. सन् २००४ मा हिन्द महासागरमा ९.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो । यो अहिलेसम्मको इतिहासमा दोस्रो ठूलो भूकम्प हो । यस भूकम्पबाट आएको सुनामीमा २ लाख २९ हजार मानिसको मृत्यु भएको थियो ।

३ आ. सन् १९३१ मा ‘हुआंग हे’ (पहेलो नदी) मा बाढी आएको कारण ४,२२,००० भन्दा अधिक मानिसको मृत्यु भएको थियो ।

३ इ. सन् १९०० मा भएको खडेरीमा भारतमा २,५०,००० देखि ३,२५,००० मानिसको मृत्यु भएको थियो ।

३ ई. सन् १९१८ को स्पेनिस फ्लू को महामारीले विश्वभर ५ करोड मानिस मरेको अनुमान छ ।

३ उ. सन् १९५७ को एशियन फ्लूको माहामारीले विश्वभर १० लाख मानिस मरेको अनुमान छ ।

 

४. महायुद्ध कालमा कस्तो स्थिति हुन्छ ?

दोस्रो महायुद्धको समय जर्मनी र ब्रिटेन बीच युद्ध भएको थियो । ब्रिटेनमा पहिलो ४ दिनमा नै १३ लाख मानिसहरुले बसाइ सर्नुपरेको थियो । युद्धको समय प्रकाश प्रतिबन्ध पनि सुरु भयो । बाहिर बाटोमा गहिरो अँध्यारो हुन्थ्यो । झ्याल वा ढोकाबाट हल्का प्रकाश पनि बाहिर निस्किदा दण्डित हुन्थ्यो । यस्तो कडा प्रकाश प्रतिबन्ध एक दिन वा दुई वा एक महिना होइन, तर पाँच वर्ष भएको थियो । दोस्रो महायुद्धमा जर्मनीले रुसमाथि आक्रमण गरेको थियो । तब रूसी जनताले पात-घाँस, काठको भूसबाट बनेको केक खाएर पेट भरेका थिए !

आज भारत तेस्रो महायुद्धको कगारमा उभिएको छ !

विगत दुई दशक भन्दा पनि अधिक समयदेखि पाकिस्तानले जिहादी आतंकवादीहरु मार्फत भारत विरुद्ध लुकेको युद्ध चलिरहेको छ । विगत केहि वर्षहरुमा पाकिस्तानले आफ्नो लडाई कौशल धेरै गुणा बढाएको छ । चीनले भारतको सीमा क्षेत्रमा मार्गको जाल नै बिछाएको छ । सबैकुरा खुलेआम भइरहेको छ, तैपनि भारतले शत्रु राष्ट्रका सम्बन्धा कुनै ठोस नीति अपनाएको छैन ।

संक्षेपमा युद्ध अटल छ । यो युद्ध केवल दुई राष्ट्रबीच मात्र हुने छैन ? आज विश्व यति बाडिएको छ कि यदि पाकिस्तान भारत विरुद्धमा खडा भयो भने संसारका अन्य मुस्लिम राष्ट्रहरु पनि काँधमा काँध मिलाएर उभिनेछन् ।

स्त्रोत : दैनिक सनातन प्रभात

Leave a Comment