महायुद्ध, भूकम्प आदि आपदाहरुको सामना कसरी गर्ने ? (भाग २)

Article also available in :

विगत केही वर्षदेखि सनातन संस्थाले आपतकालीन अवस्था अहिले ढोकामा आइपुगेको छ र जुनसुकै बेलामा भित्र प्रवेश गर्न सक्ने बताउदै आएको छ । विगत एक वर्षदेखि जारी कोरोना महामारीको संकट आपतकालको सानो झलक मात्र हो । प्रत्यक्ष आपतकाल यो भन्दा कैयौं गुणा बढी डरलाग्दो र अमानुषिक हुनेछ, यसको विभिन्न रूपहरू हुनेछन् । हामी यस लेखमा यी केही जानकारीहरु दिनेछौं । यस लेखमा आपतकालीन अवस्थामा आफू र आफ्नो परिवारको सुरक्षाका लागि हामीले के गर्न सक्छौं भन्ने बारेमा केही जानकारी दिने प्रयास गरिएको छ । पाठकहरूले यसको फाइदा लिनुहोस्, यो शृङ्खला प्रकाशित गर्नुको उद्देश्य यहि हो । थप रूपमा, तेस्रो विश्वयुद्धको समयमा, हामीले परमाणु बमको आक्रमण हुनेछ यहि मनेर चल्नुपर्छ । अघिल्लो लेखमा हामीले आणविक बम विस्फोटको प्रकृति, मानव जीवनमा यसको असर बारे जानकारी प्राप्त गरेका थियौं ।

१ अ १ अ ५. ‘अणुबम’ आक्रमण हुनु अघि आफ्नो सुरक्षाको लागि अपनाउनु पर्ने उपायहरु
अ. सुरक्षित आश्रयको लागि जमिन मुनिघर अथवा घरको मध्यभाग पहिला नै हेरेर राख्नुहोस् तथा सम्भव छ भने घरको वरिपरि खाडल तयार गर्नुहोस्

‘परमाणु बम आक्रमण कुनै पनि समयमा हुन सक्छ । तसर्थ, नागरिकहरूले आफ्नो घर, कार्यस्थल वा विद्यालय जस्ता स्थानहरुमा जहाँ हामी हाम्रो दिनको अधिकांश समय बिताउँछौं, तथा नियमित यात्राको बाटोमा नजिकै सुरक्षित स्थानहरू ढाकेर राख्नुहोस् । भूमिगत घर र विशाल घरहरूको बीचको भागहरू ‘अनुबम’ को आक्रमणबाट सुरक्षित रहन उत्तम ठाउँहरू हुन् । यदि यस्तो स्थानहरु सम्भव भएन भने घर अगाडिको खाली ठाउँमा जसरी युद्धकालमा खाल्डाहरु बनाउथ्यो त्यस्तै खाल्डाहरु बनाएर प्रयोग गर्न सकिन्छ ।

(सन्दर्भ: www.nrc.gov/about-nrc/emerg-preparedness/about-emerg preparedness/potassium-iodide-use.html)
१ अ १ अ ६. अणुबम विस्फोट पछि, विकिरण आरम्भ हुनु भन्दा पहिला आफ्नो सुरक्षाको लागि उपायहरु
१ अ १ अ ६ अ. अणुबम विस्फोट भएको स्थानबाट टाढा जानुहोस्

‘अनुबम’ खसेको सूचना प्राप्त हुनासाथ त्यसको विकिरणको  परिणाम हुनुअघि नै आफूलाई बचाउने प्रयास गर्नुहोस् । यसका लागि जति सक्दो चाँडो विस्फोट भएको ठाउँबाट टाढा जानुहोस् । यसका लागि ‘फलआउट’ अवधि उपयोगी हुन्छ ।  यो अवधि माथि उल्लेख गरिए अनुसार १५ मिनेट वा बढी हुन सक्छ । यदि विकिरण भएको ठाउँ घर नजिकै छ भने घरमै बस्नुहोस् ।

१ अ १ अ ६ आ. विकिरणको समयमा उत्सर्जित हुने ‘गामा’ किरणहरुबाट बच्नको लागि सम्भव भएमा खाल्डामा लुक्नुहोस्

विस्फोट भएपछि विकिरणको समय प्रसारित हुने गामा किरणहरुबाट बच्नको लागि सम्भव छ भने ४ – ५ फुट गहिरो खाल्डाको उपयोग गर्नुहोस्; तर विस्फोटको धक्काको कारण खाल्डा नष्ट भएर कहि हामी त्यसमा दबिने सम्भावना त छैन न नि यसको जाँच गर्नुहोस् ।

१ अ १ अ ६ इ. घरको छतमा नजानुहोस्

‘फॉलआउट’ अर्थात विकिरण भएको धुलो घरको छतमा साथै बाहिरी पर्खालमा छिट्टै जम्मा हुन्छ; त्यसैले सम्भवत: अग्लो स्थलमा जानबाट बच्नुहोस् । साथै बाहिरको पर्खाल र छतबाट टाढा रहनुहोस् ।

१ अ १ अ ६ ई. अणुबम विस्फोट हुने समय तीव्र प्रकाश हेर्न तथा आवाज सुन्नको लागि झ्याल नजिक नजानुहोस्

‘अनुबम’ विस्फोट हुँदा, पहिला तीव्र प्रकाश फैलिन्छ, त्यसपछि धेरै ठूलो आवाज आउँछ । यदि तपाईले यस्तो उज्यालो प्रकाश महसुस गर्नु भयो भने उत्सुकतावश झ्याल नजिक गएर बाहिर नहेर्नुहोस् । ‘शक वेभ्स’ को कारणले (विस्फोटबाट उत्पन्न हावाको अत्यधिक उच्च चापका तरंगहरूको कारणले) चोट लाग्न सक्छ । यस्तो अवस्थाबाट बच्न कोठाको कपाट वा अलमारीको पछाडि लुकनुहोस् । त्यस्ता ‘शक वेभ’का कारण अधिकांश घरहरु धेरै हदसम्म ध्वस्त भएका छन् ।

१ अ १ अ ६ उ. घरको सबै ढोका र झ्यालहरु बन्द गर्नुहोस्

‘अणुबम’ विस्फोट हुँदा यदि तपाई घरमा हुनुहुन्छ भने, (घरमै बस्नु परेमा) बाहिरको हावा वा धुलो घर भित्र नपसोस् यसको लागि ढोका, झ्याल सबै बन्द गर्नुहोस् । ढोका, झ्याल र भुइँमा अन्तराल हुन्छ त्यसलाई सेलोटेपले बन्द गरिदिनुहोस् ।

१ अ १ अ ६ ऊ. सवारी साधनमा हुनुहुन्छ भने सुरक्षित स्थानमा रोकेर गर्नुपर्ने कार्यहरु

यदि विष्फोटको समयमा हामी गाडीमा छौँ भने, उड्ने अवशेषहरु र उष्णताबाट रक्षाको लागि गाडि सुरक्षित स्थानमा रोक्नुहोस् । नजिकै सुरक्षित ठाउँ खोज्नुहोस् र त्यहाँ लुकेर बस्नुहोस् । यदि सुरक्षित स्थान भेटिएन भने, आफ्नो हातले घाँटी र टाउको छोपेर सवारी साधनमा नै आफ्नो सुरक्षा गर्नुहोस् । यदि हामी बाहिर छौं र सम्भव छ भने, आफ्नो अनुहार भुइँमा राखेर सुत्नुहोस् ।

१ अ १ अ ६ ए. विकिरणबाट रक्षा गर्ने सामाग्रीको (उदा. सिसाको शीट्स, ‘केमिकल प्रोटेक्टिव मास्क’ को) प्रयोग गर्ने

लिड, कंक्रीट र पानी जस्ता केही तत्वहरुमा गामा किरणहरू र एक्स-किरणको प्राकृतिक प्रतिरोध हुन्छ । तसर्थ, कुनै पनि विकिरण सामाग्री राख्नु पर्दा, यसलाई सधै पानी मुनि, कंक्रीट वा लिड चेम्बरमा राखिन्छ । अनुबमको बिस्फोट पछि हुने विकिरणबाट रक्षाको लागि कंक्रीट घरको मध्य भाग, पानीमुनि अथवा पानीले भरिएको ठूला ट्याङ्किहरुमा लुकेर बस्न सकिन्छ । लिडका पानाहरू पनि प्रयोग गर्न सकिन्छ । अर्थात तपाईको वरिपरि लिडको पानाहरू राखेर बस्न सक्नुहुन्छ । यदि विकिरणको स्रोतमा यस्तो उपयुक्त ढाल बनाइयो भने, हामी सुरक्षित हुन सक्छौं । सम्भव भएमा ‘केमिकल प्रोटेक्टिभ मास्क’ पनि प्रयोग गर्न सकिन्छ ।

सन्दर्भ :

१. www.remm.nlm.gov/nuclearexplosion.htm

२. www.remm.nlm.gov/RemmMockup_files/nuke_timeline.png

३. www.epa.gov/radiation/protecting-yourself-radiation

 

‘अणुबम’ को विकिरणबाट हुने प्राणघातक प्रदूषणबाट बच्न दैनिक ‘अग्निहोत्र’ गरौं !

 

अग्निहोत्र गर्ने व्यक्तिको वरिपरि तेजतत्वको सुरक्षा कवच तयार हुन्छ । त्यसैले आगामी विश्वयुद्धमा ‘अनुबम’ विकिरण, अन्य रासायनिक वा जैविक प्रदुषणबाट हुने प्रदूषणबाट मानवलाई जोगाउन अग्निहोत्र लाभदायक छ ।

१. अग्निहोत्र सूर्योदय एवं सूर्यास्त को समयमा गर्नुहोस् ।

२. अग्निहोत्रका लागि पूर्व दिशातर्फ फर्केर आसनमा बस्नुहोस् ।

३. अग्निहोत्रको भाँडामा आगो प्रज्वलन गर्नेः अग्निहोत्रको भाडामा सुकेको गाईको गोबरको टुक्रा (उपला) राख्नुहोस् । त्यसमाथि गाईको घिउ लगाएको गाईको सुकेको गोबरको टुक्रा ‘सिधा-छड्के’ विधिमा २–३ वटा सतह बनाउनुहोस् । यसको बीचमा कपूर जलाउनुहोस् र उपलाका टुक्राहरूलाई राम्ररी जलाउनुहोस् ।

४. तामाको थालमा २ चिम्टी अखण्डित चामल लिनुहोस् र त्यसमा गाईको घ्यू ३ देखि ४ थोपा राख्नुहोस् ।

५. मन्त्र भन्दै घ्यू मिश्रित चामल अग्निमा समर्पित गर्नुहोस् : ठीक सूर्योदयको समय ‘सूर्याय स्वाहा सूर्याय इदं न मम ।’ र ‘प्रजापतये स्वाहा प्रजापतये इदं न मम ।’ यो दुई मन्त्र क्रमश: एक पटक उच्चारण गर्नुहोस् र त्यसमा ‘स्वाहा’ शब्द भनेपछि घ्यू मिश्रित चामल दायाँ हातको मध्य औंला र काहिली औंला को चुटकीमा लिएर (औँठा माथितर्फ फर्काएर) आगोमा छोड्नुहोस् ।

यस्तै कृति सूर्यास्तमा पनि गर्नुहोस् । त्यस समय ‘अग्नये स्वाहा अग्नये इदं न मम ।’ र ‘प्रजापतये स्वाहा प्रजापतये इदं न मम ।’ यो मन्त्र एकपटक उच्चारण गर्नुहोस् ।

सन्दर्भ : सनातन को ग्रन्थ ‘अग्निहोत्र’

Leave a Comment