भावपूर्ण दीपावली कसरी मनाउने ?

१. साधकको जीवनमा गुरुदेवको प्रवेश हुने वत्तिकै आरम्भ हुन जान्छ ‘आनन्ददायी दिपावाली’ !

‘अज्ञानको अन्धकारबाट ज्ञानको प्रकाशतर्फ लिएर जाने चाड हो दिपावली ! ‘दिपावली अर्थात उत्साह । दिपावली अर्थात आनन्द’, यस्तो विचार गर्नाले साधकको जीवनमा केवल गुरु/भगवानको कृपाको कारण यति आनन्द हुन्छ कि प्रत्येक क्षण दिपावली अनुभव गर्न सक्छौं । रातमा यात्रा गर्ने समय बाटोको दुबैतर्फ रेडियममा प्रकाश पर्नाले दीपको माला समान लाग्दछ । त्यसले हामीलाई बाटो देखाउँछ । बाटोको ‘रोड बैरियर’ ले मोड ध्यानमा ल्याईदिन्छ । त्यसैले हामी सकुशल यात्रा गरि; आफ्नो गन्तव्य स्थानमा पुग्न सक्छौं । यसको साथै गुरुदेवले हाम्रो आध्यात्मिक यात्रा सरल-सुलभ बनाई दिनुभएको छ । हामी ‘कहाँ जानुपर्छ ?’, यो ध्येय पनि अगाडि राखि दिनुभएको छ । यो साधनापथको दुबैतर्फ व्यष्टि अनि समष्टि साधनाको दीपमाला लगाएको छ । यस दीपमालाको प्रकाशमा गुरुदेव हाम्रो यात्रा गराईरहनु भएको छ । उहाँले नै मोड अनि ‘रोड बैरियर’ इत्यादि देखाई रहनु भएको छ । गुरुदेव प्रति कसरी कृतज्ञता व्यक्त गर्ने ? दिपावलीमा हामी अन्तर्मनमा गुरु प्रति कृतज्ञताको दीप जलाऔं । जुन क्षण गुरुदेव हाम्रो जीवनमा प्रवेश गर्नुभयो, त्यहि क्षणबाट साधकको जीवनमा ‘आनन्दको दिपावली’ आरम्भ भयो । दिपावलीको प्रत्येक दिनको विशेषता श्रीगुरुचरणमा जोडेर आनन्द लिआऔं ।

 

२. धनतेरस

गुरुदेवले हामीलाई जुन अपरम्पार कृपा गर्नु भएको छ, त्यसलाई अनुभव गरौं !

धनत्रयोदशी अर्थात धन्वंतरी जयंती हो ! साधकको जीवनको खरा आरोग्य अर्थात श्रीगुरुको अपार कृपा, प्रीति अनि वात्सल्य हो ! धनत्रयोदशीको दिन ‘गुरुदेवले हामीमा आरोग्यको सन्दर्भमा कसरी अपार कृपा गर्नुभएको छ’, यो दिनभरि कृतज्ञतापूर्वक स्मरण गरि ‘आध्यात्मिक धनतेरस’ मनाऔं ।

 

३. नरक चतुर्दशी

गुरुदेवद्वारा सिकाउनु भएको स्वभावदोष अनि अहं-निमूलन प्रक्रिया गम्भीरतासँग गरि, दोषमुक्त अनि अहंमुक्त बन्ने आनन्द लिऔं !

भगवान श्रीकृष्णले आजको दिन नरकासुरको वध गरि प्रजालाई भयमुक्त गरेर आनन्द दिनु भएको थियो । हामीमा स्वभावदोष अनि अहं, यस नरकासुररूपी वृत्तिको निर्मूलन गर्नको लागि गुरुदेवले स्वभावदोष अनि अहं-निर्मूलन प्रक्रिया सिकाउनु भएकोछ । स्वभावदोष अनि अहंको बन्धनबाट उहाँ नै हामीलाई मुक्त गरिरहनु भएको छ । आउँनुहोस्, यो प्रक्रिया गम्भीरतासँग गरेर दोष/अहं मुक्त हुदाँको आनन्द अनुभव गरौं ।

 

४. लक्ष्मीपूजा

गुरुदेवद्वारा दिनुभएको गुणहरुको धनलाई कृतज्ञतापूर्वक
भान राखि उहाँको चरणमा लिन हुँदाको आनन्द लिऔं !

यो दिन श्रीविष्णुले देवताहरुलाई बलिराजाको कारागृहबाट मुक्त गर्नु भएको थियो । जहाँ लक्ष्मी त्यहाँ भगवान श्रीविष्णुको अस्तित्व हुन्छ नै । गुणहरुको दीपमालाले स्वभावदोष-अहंरूपी अन्धःकार नष्ट हुन्छ । यो दिन ‘गुरुदेव भगवानले नै यो गुणरूपी धन दिनुभएको छ’, कृतज्ञतापूर्वक यसलाई ध्यानमा राखि उनको चरणमा लीन हुनेको आनन्द लिऔं ।

५. बलि प्रतिपदा

‘मनको अहंरूपी राजा बलिको शिरमा श्रीगुरुको चरण छ’,
यस्तो भाव राखेर उनको चरणमा शरणागत बनौं !

भगवान श्रीविष्णुले वामन अवतार लिनु भएर यो दिन बलिराजाको शिरमा आफ्नो चरणकमल राखेर उसलाई मुक्त गर्नु भएको थियो । ‘आफ्नो मनको अहंरूपी राजा बलिको शिरमा श्रीगुरुको चरण छ’, यो भाव राखेर उहाँको चरणमा शरणागत बनौं । आज हामी दिनभरि अनुभव गरौं कि ‘मनमा आउने प्रत्येक अहंको विचारमा श्रीगुरु आफ्नो चरणकमल राखेर त्यसलाई नष्ट गरिरहनु भएको छ ।’

 

६. भाई टिका

अखण्ड शरणागत अनि कृतज्ञता भावमा रहेर,
अखण्ड गुरुस्मरणरूपी पुष्प श्रीगुरुचरणमा समर्पित गरौं !

यो दिन दिपावली (तिहार) सँगै आउँछ; त्यसैले यसको समावेश दिपावलीमा गरिन्छ । यो दिन कृतज्ञता व्यक्त गर्ने दिन हो । साधक गुरुचरणमा कृतज्ञता व्यक्त गर्दछ । गुरु नै साधकको जीवनमा प्रत्येक नाता निभाउँनु हुन्छ । वास्तवमा उहाँ नै हाम्रो आमा-बाबा हुनुहुन्छ । आमा-बाबा बन्नु भएर उहाँ हामीलाई संस्कारित बनाउनु हुन्छ । उहाँ नै हाम्रो बन्धु अनि सखा पनि हुनुहुन्छ । हामी सानो बनेर उहाँसँग हठ पनि गर्छौं । हामी उहाँको अगाडि मन खोलेर कुरा गर्न सक्छौं अनि उहाँले नै हामीलाई राम्रोसँग बुझ्न सक्नु हुन्छ । यो सत्य हो कि उहाँको समान प्रेम हामीलाई अन्य कसैले गर्न सक्नु हुँदैन । यस्तो श्रीगुरुको चरणमा हामी उहाँलाई भाई टिकामा के दिन सक्छौं ?

भगवान सबैको स्वामी हुनुहुन्छ । उहाँ सम्पूर्ण ब्रह्माण्डको स्वामी हुनुहुन्छ । उहाँको पास सबै चिज छ । तर सुदामाको चिहुरा आनन्दसँग मागेर खाने कृष्ण समान हाम्रो प्राणप्रिय गुरुदेव हुनुहुन्छ । त्यसैले आजको दिन स्वभावदोष अनि अहं निर्मूलन प्रक्रियामा निरन्तरता अनि अखण्ड शरणागत एवं कृतज्ञता भावमा रहेर अखण्ड गुरुस्मरण गर्ने, यही उपहार उहाँको चरणमा अर्पित गर्नेछौं ।

 

७. आउनुहोस्, गुरुदेव द्वारा मनमा प्रज्वलित
राष्ट्र र धर्मको कार्यको ज्योतिले अज्ञानको
अन्धकारमा डूबेको समाजलाई दिशा देने कार्य गरौं !

यस दिपावलीमा श्रीगुरुलाई अपेक्षित यस्तो गर्नको लागि संकल्प गरि, निरन्तर प्रयत्न गरौं । ‘हिन्दू राष्ट्रको स्थापना’ गुरुदेवको समष्टि ध्येय हो । आज राष्ट्र अनि धर्मको स्थिति बिकट छ । राष्ट्रलाई ग्रहण लागेको छ । यो स्थितिलाई बदलनु पर्छ । दिपावलीको पूर्व हामी घरको स्वच्छता गर्छौं, रंगोलि बनाउँछौं अनि दीपमालाले सझावट गर्छौं । यो सबै के को लागि केवल दिपावलीको लागि ! यसप्रकार राष्ट्र-धर्म मा लागेको ग्रहण हटाउनको लागि ‘हिन्दू राष्ट्र’ आउने आनन्द लिनु छ । भगवानले तपाईको मनमा राष्ट्र र धर्मको कार्यको ज्योति प्रज्वलित गर्नु भएको छ । यो दीपमालामा अज्ञानको अन्धकारबाट समाजलाई दिशा दिने कार्य उहाँ नै गर्नुहुन्छ । भगवानले आफ्नो कार्यको लागि हामीलाई माध्यम बनाउँनु भएको छ । त्यसैले उहाँको श्रीचरणमा कृतज्ञताभावमा रहेर सम्पूर्ण उत्साहसँग सेवा अनि साधना गरौं; ‘हिन्दू राष्ट्रको बिहानी कहिले भयो भनेर थाहा नै पाउँदैनौं ।’

– कु. स्वाती गायकवाड, सनातन आश्रम, रामनाथी, गोवा.

Leave a Comment