श्री हनुमान जयन्तीको पूजाविधि

Article also available in :

 

१. श्री हनुमान जयन्तीको पूजाविधि

अ. श्री हनुमानको जन्मोत्सव बिहान सूर्योदयमा मनाइन्छ ।

आ. पञ्चोपचार वा षोडशोपचार विधिले श्री हनुमानको मुर्ति वा प्रतिमाको यथासम्भव पूजा गर्नुपर्छ ।

इ. सूर्योदयमा शंख बजाएर पूजा आरम्भ गर्नुहोस् ।

ई. भोग लगाउनको लागि सोंठ र चिनीको मिश्रण लिन सक्नुहुन्छ । त्यसपछि त्यो मिश्रणलाई प्रसादको रूपमा सबैलाई बाड्नुहोस् ।

उ. श्री हनुमानलाई मदार (कपास) फूल र पातको माला चढाउनुहोस् ।

ऊ. पूजापछि श्रीराम र श्रीहनुमानको आरती गर्नुहोस् ।

टिप्पणी : सामान्यतया, यो पूजा विधि सबैलाई सजिलो हुने गरी बनाइएको छ । तर षोडशोपचार विधि अनुसार पूजा गर्न सक्नेले, त्यहि अनुसार गर्नुहोस् । जहाँ परम्परा अनुसार पूजा गरिन्छ, त्यहाँ त्यही गर्न सक्छन् ।

 

२. पूजाको व्यवस्था

अ. पात्र (भाँडा)

आचमनको सामग्री (ताम्रपात्र, पंचपात्र, कलश, आचमनी) नीरञ्जन (दीप), पूजाको थाल, समई (पीतलको दीपस्तम्भ) र त्यसको मुनि राख्न थाल, धूपदानको स्टैंड र थाल, घण्टी ।

आ. अन्य पूजा-सामग्री

अक्षत, हलदी-कुमकुम, सुपारी, पानको चारवटा पात, छुट्टा पैसा, बेलको पात, धूप, समईको लागि घिउको बाती, दियासलार्इ, गन्ध (चन्दन), १ नरिवल, मदारको फूल र पातको माला, दुना, फलफूल, सोंठ र चीनी मिसाएर बनाएको भोग (नैवेद्य), रंगोली।

इ. पूजकको तयारी

पूजक रेशमी वस्त्र/धोती लगाएर आसनमा बस्नुहोस् । आफ्नो बायाँ काँधमा व्यवस्थित ढंगले उपास्त्र (उपर्ण) लिनुहोस् । पूजक, पूजाको समय हात पुछ्नको लागि कपडा आफूसँग राख्नुहोस् ।

 

३. प्रत्यक्ष पूजन

आचमन

पूजकले अगाडि दिएको ३ नामहरु उच्चारण गरेपछि प्रत्येक नामको अन्तमा बायाँ हातले आचमनीबाट पानी लिएर दाहिने हत्केलामा राखेर पिउनुहोस् ।

१. श्री केशवाय नमः ।,

२. श्री नारायणाय नमः ।,

३. श्री माधवाय नमः ।

निम्नांकित नाम उच्चारणगरि हतेलीमा पानी लिनुहोस् र तल राखेको ताम्रपात्रमा छोड्नुहोस् ।

४. गोविंदाय नमः ।

तत्पश्चात हात जोडेर निम्नांकित नामहरु क्रमानुसार उच्चार गर्नुहोस् ।

५. विष्णवे नमः, . मधुसूदनाय नमः, ७. त्रिविक्रमाय नमः, ८. वामनाय नमः, ९. श्रीधराय नमः, १०. हृषिकेशाय नमः, ११. पद्मनाभाय नमः, १२. दामोदराय नमः, १३. संकर्षणाय नमः, १४. वासुदेवाय नमः, १५. प्रद्मुम्नाय नमः, १६. अनिरुद्धाय नमः, १७. पुरुषोत्तमाय नमः, १८. अधोक्षजाय नमः, १९. नारसिंहाय नमः, २०. अच्युताय नमः, २१. जनार्दनाय नमः, २२. उपेन्द्राय नमः, २३. हरये नमः और २४. श्रीकृष्णाय नमः ।

पुन: आचमन गर्नुहोस् ।

पूजक स्वयंलाई टिका लगाउनुहोस् । त्यसपछि हात जोडेर शान्त मनले अगाडि दिएका देवताहरूलाई सम्झनुहोस् र नमस्कार गर्नुहोस् ।

देवताहरुलाई नमस्कार

श्रीमन्महागणाधिपतये नमः । इष्टदेवताभ्यो नमः ।

कुलदेवताभ्यो नमः । ग्रामदेवताभ्यो नमः ।

स्थानदेवताभ्यो नमः । वास्तुदेवताभ्यो नमः ।

आदित्यादि-नवग्रहदेवताभ्यो नमः । सर्वेभ्यो देवेभ्यो नमः ।

सर्वेभ्यो ब्राह्मणेभ्यो नमो नमः । अविघ्नमस्तु ।

आफ्नो दुवै आँखामा पानी लगाई निम्न देशकाल उच्चारण गर्नुहोस् ।

देशकाल

श्रीमद्भगवतो महापुरुषस्य विष्णोराज्ञया प्रवर्तमानस्य अद्य ब्रह्मणो द्वितीये परार्धे विष्णुपदे श्रीश्वेत-वाराहकल्पे वैवस्वत मन्वंतरे अष्टाविंशति-तमे युगे युगचतुष्के कलियुगे प्रथम चरणे जंबुद्वीपे भरतवर्षे भरतखंडे आर्यावर्तदेशे दंडकारण्ये देशे गोदावर्याः दक्षिण तीरे बौद्धावतारे रामक्षेत्रे अस्मिन्वर्तमाने शालिवाहन शके व्यावहारिके शुभकृत् नाम संवत्सरे, उत्तरायणे, वसंतऋतौ, चैत्रमासे, शुक्लपक्षे, पौर्णिमायां तिथौ, शनि वासरे, हस्त दिवस नक्षत्रे (८.४० पर्यंत), हर्षण योगेे, विष्टि करणे (१३.२९ पर्यंत), कन्या स्थिते वर्तमाने श्रीचंद्रे, मेष स्थिते वर्तमाने श्रीसूर्ये, मीन स्थिते वर्तमाने श्रीदेवगुरौ, मकर स्थिते वर्तमाने श्रीशनैश्चरौ शेषेषु सर्वग्रहेषु यथायथं राशिस्थानानि स्थितेषु एवं ग्रह गुणविशेषेण विशिष्टायां शुभपुण्यतिथौ.

आफ्नो दाहिने हातमा अक्षत लिनुहोस् र निम्न संकल्प गर्नुहोस् । त्यसपछि हत्केलामा पानी लिएर ‘करिष्ये’ भन्दै अक्षता तामाको भाँडामा छाड्नुहोस् ।

संकल्प : मम आत्मनः श्रुति-स्मृति-पुराणोक्त-फल-प्राप्त्यर्थं श्री परमेश्

वरप्रीत्यर्थम् अस्माकं सकुटुंबानां सपरिवाराणां द्विपद-चतुष्पद-सहितानां क्षेम-स्थैर्य-आयु:-आरोग्य-ऐश्

वर्य-अभिवृद्धि-पूर्वकं श्रीहनुमत् देवता-अखंड-कृपाप्रसाद-सिद्ध्यर्थं गंधादि-पञ्चोपचारैः पूजनम् अहं करिष्ये ॥ तत्रादौ निर्विघ्नता-सिद्ध्यथर्र्ं महागणपतिस्मरणं करिष्ये ॥ शरीरशुद्ध्यर्थं दशवारं विष्णुस्मरणं करिष्ये ॥ कलश-घंटा-दीप-पूजनं करिष्ये ॥

श्रीगणेशस्मरण

वक्रतुण्ड महाकाय, कोटिसूर्यसमप्रभ ।

निर्विघ्नं कुरू मे देव सर्वकार्येषु सर्वदा ॥

श्री गणेशाय नम: चिन्तयामि ।

श्रीविष्णुस्मरण

‘विष्णवे नमो’ ९ पटक भन्नुहोस्, दशौं पटक ‘विष्णवे नमः’ भन्नुहोस् ।

कलशपूजन

कलशदेवताभ्यो नमः सर्वोपचारार्थे गंधाक्षतपुष्पं समर्पयामि ॥

(कलशमा चन्दन, फूल तथा अक्षत आपसमा मिलाएर एकसाथ चढाउनुहोस् ।)

घण्टीपूजा

घंटिकायै नमः सर्वोपचारार्थे गंधाक्षतपुष्पं समर्पयामि ।

(घण्टीमा चन्दन, फूल तथा अक्षत मिलाएर एकसाथ चढाउनुहोस् ।)

दीपपूजा

दीपदेवताभ्यो नमः सर्वोपचारार्थे गंधाक्षतपुष्पं समर्पयामि ।

(समईमा चन्दन, फूल तथा अक्षत मिलाएर एकसाथ चढाउनुहोस् ।)

पूजा स्थलशुद्धी

दाहिने हातमा बेलपत्र लिनुहोस् । आचमनीले त्यसमा जल खन्याएर ‘पुंडरीकाक्षाय नमः।’ भन्दै जल पूजा सामग्री र आफूमाथि छर्किनुहोस् ।

तामाको भाँडामा बेलको पात छोड्नुहोस् । हात जोडेर अगाडिको श्लोक भन्नुहोस्

मनोजवं मारुततुल्यवेगं जितेन्द्रियं बुद्धिमतां वरिष्ठम् ।
वातात्मजं वानरयूथमुख्यं श्रीरामदूतं शरणं प्रपद्ये ॥

श्री हनुमते नमः । ध्यायामि ॥ (श्री हनुमानको ध्यान गर्नुहोस् ।)

श्री हनुमते नमः । आवाहयामि ॥ (अक्षत चढाउनुहोस् / श्री हनुमानलाई बोलाउनुहोस् ।)

श्री हनुमते नमः । विलेपनार्थे चंदनं समर्पयामि ॥ (चन्दनको तिलक लगाउनुहोस् / श्री हनुमानलाई चन्दनको लेप लगाउनुहोस् ।)

श्री हनुमते नमः । सिंदूरं समर्पयामि ॥ (सिंदूर अर्पित गर्नुहोस् ।)

श्री हनुमते नमः । अलंकारार्थे अक्षतान् समर्पयामि ॥ (अक्षत अर्पित गर्नुहोस् ।)

श्री हनुमते नमः । पुष्पं समर्पयामि ॥ (पुष्प अर्पित गर्नुहोस् ।)

श्री हनुमते नमः । बिल्वपत्रं समर्पयामि ॥ बेलपत्र अर्पित गर्नुहोस् ।)

श्री हनुमते नमः । धूपं समर्पयामि ॥ (घूपबत्ती देखाउनुहोस् ।)

श्री हनुमते नमः । दीपं समर्पयामि ॥ (दीप देखाउनुहोस् ।)

दाहिने हातमा बेलका दुईवटा पातहरू लिनुहोस् । तिनीहरूमाथि आचमनीबाट पानी खन्याउनुहोस् र त्यो जल तपाईको अगाडि राखिएको नैवेद्यमा छर्कनुहोस् । बेलको एउटा पात नैवेद्यमा राख्नुहोस् । अर्को पात दाहिने हातमा नै राख्नुहोस् र देब्रे हात छातीमा राखेर निम्न मन्त्रोच्चार गर्नुहोस्-

श्री हनुमते नमः । शुंठिका नैवेद्यं निवेदयामि ।

ॐ प्राणाय स्वाहा, ॐ अपानाय स्वाहा, ॐ व्यानाय स्वाहा,

ॐ उदानाय स्वाहा, ॐ समानाय स्वाहा, ॐ ब्रह्मणे स्वाहा ।

उपर्युक्त मन्त्र भन्दै नैवेद्य अर्पित गर्नुहोस् तथा हामा लिएको बेलपत्र श्री हनुमानलाई चढाउनुहोस् ।

निम्नांकित मन्त्र भन्दै क्रमश: पानको पात, नारिवल तथा फलमा जल छोड्नुहोस् । (पूजाकर्म सम्पन्न)

श्री हनुमते नमः । मुखवासार्थे पूगीफलतांबूलं समर्पयामि, फलार्थे नारिकेलम् समर्पयामि ।

प्रार्थना

आवाहनं न जानामि न जानामि तवार्चनम् । पूजांचैव न जानामि क्षम्यतां परमेश्वर ॥
मंत्रहीनं क्रियाहीनं भक्तिहीनं सुरेश्वर । यत्पूजितं मया देव परिपूर्णं तदस्तु मे ।

यस्य स्मृत्या च नामोत्तया तपःपूजाक्रियादिषु । न्यूनं संपूर्णतां याति सद्यो वंदे तमच्युतम् ॥

अक्षतलाई दाहिने हातमा लिएर निम्न मन्त्र पढ्नुहोस् र प्रियतम् भन्दै गर्दा यस अक्षतमा जल छर्केर तामाको भाँडामा छोड्नुहोस् ।

अनेन कृत पूजनेन श्री हनुमत् देवता प्रीयताम् ॥

पूजाको प्रारम्भमा बताए अनुसार दुई पटक आचमन गर्नुहोस् तथा श्री हनुमानजीलाई मनःपूर्वक नमस्कार गर्नुहोस् । (पूजाविधि सम्पूर्ण)

Leave a Comment