कसरी मनाउने दीपावलीको चाडपर्व?

तपाईहरु सबैलाई दीपावलीको शुभकामना !

दिवाली र दीपावली शब्दहरू दीप र अवलीको मिलनबाट बनेका हुन्। अवली भनेको पङ्क्ति हो। यसरी दीपावली शब्दको अर्थ दीपको पङ्क्ति हो। दीपावलीमा सर्वत्र दीप प्रज्वलन गरिने भएकाले यस पर्वको नाम दीपावली–दिवाली हो। भारतवर्षमा मनाइने सबै चाडपर्वहरूमध्ये, दीपावलीको सामाजिक र धार्मिक दुवै दृष्टिकोणबाट अत्यधिक महत्त्व छ। यसलाई दीपोत्सव पर्व पनि भनिन्छ। ‘तमसो मा ज्योतिर्गमय’ अर्थात् अन्धकारबाट प्रकाशतर्फ जानुहोस् यो उपनिषदको आज्ञा हो। आफ्नो घरमा सदा लक्ष्मीको वास होस् र ज्ञानको ज्योति रहिरहोस्, त्यसैले सबैले हर्षोल्लासका साथ दिपावली मनाउँछन्। जब भगवान श्रीराम चौध वर्षको वनवास पूरा गरी अयोध्या फर्के, तब प्रजाहरूले दीपोत्सव मनाए। दीपावली त्यसबेलादेखि सुरु भयो! यसलाई सहि तरिकाले मनाएर सबैलाई दोब्बर आनन्द मिलोस्, यहि शुभकामना !

कसरी मनाउने दीपावलीको चाडपर्व?

वसुबारस अर्थात गोवत्स द्वादशी दिपा‍वलीको प्रारम्भमा पर्छ। यो गोमाताको सवत्स अर्थात् उनको बाछासँगै साथ पूजा गर्ने दिन हो।

शक संवत अनुसार आश्विन कृष्ण त्रयोदशी र विक्रम संवत अनुसार कार्तिक कृष्ण त्रयोदशी अर्थात धनत्रयोदशी। यसलाई सामान्य भाषामा ‘धनतेरस’ भनिन्छ। धनत्रयोदशी देवताहरूको वैद्य धन्वन्तरिको जन्मजयन्ती हो।

शक संवत अनुसार आश्विन कृष्ण चतुर्दशी र विक्रम संवत अनुसार कार्तिक कृष्ण चतुर्दशीलाई नरक चतुर्दशी भनिन्छ। यसै दिन भगवान श्रीकृष्णले नरकासुरको वध गर्नु भएको थिए।

श्री यमराज धर्मको श्रेष्ठ ज्ञाता एवं मृत्युका देवता हुन्। हरेक व्यक्तिको मृत्यु अपरिहार्य छ। प्रत्येक व्यक्तिले यो सत्य स्वीकार गर्दछ; तर असामयिक मृत्यु कसैलाई मान्य हुँदैन। अकाल मृत्युबाट बच्न यमतर्पण विधि बताएको छ।

दीपावलीको यस दिन धन-सम्पत्तिकी अधिष्ठात्री देवी श्री महालक्ष्मीको पूजा–आराधना गर्ने विधान छ।

कार्तिक शुक्ल प्रतिपदा, बलिप्रतिपदाको रूपमा मनाइन्छ।

असामयिक मृत्युबाट बच्न यसको लागि यमदेवताको पूजा गर्ने तीन दिनहरु मध्य कार्तिक शुक्ल द्वितीया एक हो।

Leave a Comment