नवरात्रीको विभिन्न तिथिहरुको महत्त्व तथा जागरण रहनुको शास्त्रीय आधार

नवरात्रिको कालावधिमा महाबलशाली दैत्यको वध गरि देवी दुर्गा महाशक्ति बन्नुभयो । देवताहरुले उहाँको स्तुति गर्नुभयो । त्यस समय देवीमाले सर्व देवताहरु एवं मानवलाई अभयको आशीर्वाद दिदै वचन दिनुभयो कि,

 

इत्थं यदा यदा बाधा दानवोत्था भविष्यति ।

तदा तदाऽवतीर्याहं करिष्याम्यरिसंक्षयम् ।। – मार्कंडेयपुराण ९१.५१

 

अर्थ : जब-जब दानवहरुद्वारा जगतलाई बाधा पुग्छ, तब-तब म अवतार धारण गरि शत्रुहरुको नाश गर्नेछुँ ।

 

यस श्लोक अनुसार जगतमा जब तामसी, आसुरी एवं दुष्ट लोग प्रबल भएर, सात्त्विक, उदार एवं धर्मनिष्ठ व्यक्तिहरुलाई अर्थात साधकलाई कष्ट पुराउँछ, तब धर्मसंस्थापनाको लागि अवतार धारण गरि देवी ती असुरहरुको नाश गर्नुहुन्छ ।

 

`असुषु रमन्ते इति असुर: ।’ अर्थात् `जो सदैव भौतिक आनन्द, भोग-विलासितामा लीन रहन्छ, उनलाई असुर भनिन्छ ।’ आज प्रत्येक मनुष्यको हृदयमा यो असुरको वास्तव्य छ, जसले मनुष्यको मूल आन्तरिक दैवीवृत्तिमा वर्चस्व जमाएको छ । यी असुरको मायालाई पहिचान गरेर, त्यसको आसुरी बन्धनबाट मुक्त हुनको लागि शक्तिको उपासना आवश्यक छ । त्यसैले नवरात्रिको नौ दिनहरुमा शक्तिको उपासना गर्नुपर्छ । हाम्रो ऋषिमुनिहरुले विभिन्न श्लोक, मन्त्र इत्यादि माध्यमबाट देवीमाको स्तुति गरि उहाँको कृपा प्राप्त गर्नुभयो । श्री दुर्गासप्तशतिको एउटा श्लोकमा भनिएको छ,

 

शरणागतदीनार्तपरित्राणपरायणे ।

सर्वस्यार्तिहरे देवि नारायणि नमो:स्तुते ।। – श्री दुर्गासप्तशती, अध्याय ११.१२

 

अर्थात पिडित व्यक्तिलाई रक्षा गर्न सदैव तत्पर अनि सबैको पीडा दूर गर्ने हे देवी नारायणी, तपाईलाई मेरा नमस्कार छ । देवीको शरण जानाले हामी उहाँको कृपाको पात्र बन्दछौं । यसले हामीमा अनि भविष्यमा समाजको आसुरी वृत्तिमा परिवर्तन भएर सबै सात्त्विक बन्न सक्छन् । यही कारण हो कि, देवीतत्त्वको अधिकतम कार्यरत रहने कालावधि अर्थात नवरात्रि विशेष रूपमा मनाईन्छ ।

 

नवरात्रिको नौ दिनहरुमा घटस्थापनापछि पञ्चमी, षष्ठी, अष्टमी एवं नवमीको विशेष महत्त्व छ । पञ्चमीको दिन देवीको नौ रूपहरु मध्य एक श्री ललिता देवी अर्थात महात्रिपुरसुन्दरीको व्रत हुन्छ । शुक्ल अष्टमी एवं नवमी यी महातिथिहरु हुन् । यी तिथिमा चण्डीहोम गर्छ । नवमीमा चण्डीहोमको साथ बलि समर्पण गर्छ ।

 

१. नवरात्रिको पञ्मी तिथिको महत्त्व

नवरात्रिको कालावधिमा पञ्चमी तिथिमा ब्रह्माण्डमा शक्तितत्त्वको गन्धतरङ्ग अधिक मात्रामा कार्यरत रहन्छ । शक्तितत्त्वको यस गन्धतरङ्गको गन्धमयतालाई `ललिता’ नामले जानिन्छ । यही कारण हो कि, नवरात्रिको कालमा आउने पञ्चमीलाई `ललितापञ्चमी’ भनिन्छ । पञ्चमीको दिन देवीपूजा गर्नाले ब्रह्माण्डमा विद्यमान यी गन्धतरङ्ग पूजास्थानतर्फ आकृष्ट हुन्छ । यी गन्धतरङगको कार्यको कारण पूजकको मनोमयकोषको शुद्धि हुन्छ ।

 

२. नवरात्रिको षष्ठी तिथिको महत्त्व

षष्ठी दिन देवीको विशेष पूजा गरिन्छ अनि देवीको आंचलभराई पनि गरिन्छ । यो कालमा भक्त रातभर जागरण रहन्छ । यो देवीको उपासनाको एक अंग हो । जसमा देवीसम्बन्धी भजन-कीर्तन हुन्छ । देवीको स्तुति, भजन गाउनको लागि विशेष व्यक्तिलाई बोलाइन्छ । देवीको पूजा गरिन्छ । काठमा लुगा लपेटेर विशेष दीप (बत्ती) बनाइन्छ । यस्तो दीपलाई `दिवटी’ भनिन्छ । त्यस दीपलाई पूजा गरि प्रज्वलित गरिन्छ । विशेष तालको साथ गीत गाईन्छ ।

 

३. नवरात्रिमा जागरण रहनुको शास्त्रीय आधार

जगराता

 

जागरण बस्नु, यो देवीको कार्यस्वरूप ऊर्जाको प्रकटीकरणसँग सम्बन्धित छ । नवरात्रिको कालावधिमा रातिको समय श्री दुर्गादेवीको तत्त्व कार्यस्वरूप ऊर्जाको बलमा इच्छा, क्रिया एवं ज्ञान शक्तिको माध्यमबाट व्यक्तिलाई कार्य गर्नको लागि बल प्रदान गर्दछ । जागरण बस्नाले, उपवासको कारण सात्त्विक बनेको देहद्वारा व्यक्ति वातावरणमा कार्यरत श्री दुर्गादेवीको तत्त्व इच्छा, क्रिया एवं ज्ञान यी तीनै स्तरहरुमा सरलतासँग ग्रहण गर्न सक्छ । परिणामस्वरूप व्यक्तिको देहमा विद्यमान कुण्डलिनी चक्र पनि जागृति हुन्छ । यस जागृतिले व्यक्तिलाई साधनापथमा अग्रसर हुन सहायक सिद्ध हुन्छ । यही कारण हो कि, शास्त्रले नवरात्रिको कालावधिमा उपवास एवं जागरण रहनुको महत्त्व बताएको छ ।

 

४. बंगालमा दुर्गापूजामा षष्ठीको दिन गरिने विशेष पूजाविधि

बंगालमा शारदीय दुर्गापूजा दस दिन मनाउछ । प्रतिपदाको दिन संध्याकालमा श्री दुर्गादेवीलाई आवाहन गरि बेलको वृक्षमा स्थापना गर्दछ । यसलाई `श्री दुर्गादेवीको अधिवास’ भनिन्छ । छैठौं दिन अर्थात षष्ठी तिथिमा बेलको वृक्षमा दुर्गादेवीको पूजा गरिन्छ । यस पूजामा देवीलाई विभिन्न प्रकारका फल, फूल, पत्र तथा अन्न अर्पण गरिन्छ । यस पूजामा बेलको फूलहरुको विशेषरूपले उपयोग गरिन्छ । यस पूजालाई `बडी बिल्लववरण’ भनिन्छ । यस्तो मान्यता छ कि, मा दुर्गा देवी नवरात्रिको प्रथम दिनदेखि षष्ठीसम्म बेलको वृक्षमा वास गर्नुहुन्छ अर्थात यस कालमा शक्तितत्त्व बेलको वृक्षमा आकर्षित भएर संचित रहन्छ । षष्ठीको दिन देवीको विशेष पूजा एवं अनुष्ठान गर्दछ ।

 

५. नवरात्रिमा सप्तमी तिथिको महत्त्व

सप्तमीको दिन देवीमाको दैत्य-दानव, भूत-प्रेत इत्यादि नाश गर्ने `कालरात्रि’ नामक रूपको पूजा गरिन्छ ।

 

बंगालमा दुर्गापूजाको सप्तमीमा नदी अथवा कुनै जलाशयबाट पांच कलशहरुमा जल ल्याएर श्री गणेश, श्री महालक्ष्मी, कार्तिकेय, सरस्वती देवी तथा दुर्गादेवीको लागि घटस्थापना गर्दछ । यहाँ उल्लेखनीय भाग यो हो कि, यस दिनमा केराको रुखलाई/डाँठलाई पहेलो साडी लगाई दिएर श्री गणेशजीको प्रतिमाको साथ राख्दछ अनि श्री गणेशको शक्तिको प्रतीकको रूपमा पूजा गर्दछ ।

 

६. दुर्गाष्टमी

दुर्गाष्टमीको दिन देवीको विभिन्न अनुष्ठान गर्नुको महत्त्व छ । त्यसैले यसलाई `महाष्टमी’ पनि भनिन्छ । अष्टमी एवं नवमीको तिथिहरुको सन्धिकालमा अर्थात अष्टमी तिथि पूर्ण भएर नवमी तिथिको आरम्भ हुने बीचको कालमा देवीले शक्ति धारण गर्नुहुन्छ । त्यसैले यो समय श्री दुर्गा देवीको ‘चामुण्डा’ रूपको विशेष पूजा गर्दछ, जसलाई `सन्धिपूजन’ भनिन्छ ।

 

७. महानवमी तिथिका महत्त्व

महानवमीको दिन सरस्वतीतत्त्वको इच्छातरङ्ग कार्यरत रहन्छ । यस दिन सरस्वतीपूजा गर्छ । सरस्वतीपूजा गर्नाले व्यक्तिको लगाव ईश्वरको मूर्त स्वरूपतर्फ बढ्दछ ।

सरस्वती ज्ञान, कला एवं विद्याको देवी भएको कारण लेखन-पट्टि अर्थात `स्लेट’ मा श्री सरस्वतीदेवीको यन्त्र चित्रित गरि पूजा गरिन्छ । सरस्वतीपूजाको साथ नवमीको दिन शस्त्रको पनि पूजा गरिन्छ । कुनै स्थानहरुमा विजयादशमीको दिनमा पनि श्री सरस्वतीदेवीको पूजा एवं शस्त्रपूजा गर्दछ ।

 

शस्त्रपूजा गर्ने समय ईश्वर एवं गुरुलाई प्रार्थना गरिन्छ – हे ईश्वर, हे गुरुदेव, यही प्रार्थना छ कि, हामी जुन अस्त्र एवं शस्त्रलाई स्थूल रूपले उपयोग गरिरहेका छौं, त्यसको साथ सूक्ष्म अस्त्र एवं शस्त्र पनि कार्यरत होस् अनि हामीलाई तपाईबाट शक्ति एवं चैतन्य प्राप्त होस् ।

 

प्रार्थना गर्नाले हामीलाई ईश्वर एवं गुरुदेवको आशीर्वाद प्राप्त हुन्छ । आशीर्वादो साथ संकल्पशक्ति पनि कार्यरत हुन्छ । यस प्रकार व्यक्तिद्वारा गरिएको प्रयत्नहरुमा ईश्वरीय बल प्राप्त हुन्छ अनि उचित फलप्राप्ति हुन्छ । यसले व्यक्तिलाई ईश्वर एवं गुरुको महानताको परिचय अनुभूत हुन्छ अनि व्यक्तिमा लीनता एवं व्यापकता जस्ता ईश्वरीय गुण बढ्न थाल्दछ । जसले गर्दा व्यक्तिद्वारा सबैको कल्याणको लागि प्रयत्न हुन थाल्दछ ।

 

नवमीको दिन यजमान परिवारको कल्याणको लगि देवीको मंगल आरती गर्दछ ।

Leave a Comment