हिन्दु संस्कृतिको प्रतीक `नमस्कार’

भगवानको दर्शन गर्दा वा कुनै वृद्ध वा आदरणीय व्यक्तिलाई भेट्दा हाम्रो हात अनायासै जोडिन्छ। ‘नमस्कार’ हिन्दू मनमा अंकित सात्विक संस्कार हो। यो एक साधारण धार्मिक कृति हो जसले भक्ति, प्रेम, आदर, भव जस्ता दैवी गुणहरू व्यक्त गर्दछ र दैवी शक्ति प्रदान गर्दछ। नमस्कारको उचित पद्धति के हो र नमस्कार गर्दा के गर्नु हुँदैन यसको शास्त्रिय विवरण यहाँ दिएको छ?

१.  नमस्कारको मुख्य उद्देश्य

‘नमः’ मूल धातुबाट ‘नमस्कार’ शब्द बनेको हो। ‘नमः’ को अर्थ नमस्कार गर्नु, नमन गर्नु हो। नमस्कारको मुख्य उद्देश्य भनेको जसलाई हामी नमन गर्छौं, उनीबाट हामीलाई आध्यात्मिक र व्यावहारिक लाभ प्रदान गर्नु हो।

२. मन्दिरमा प्रवेश गर्ने समय सिढीलाई कसरी नमस्कार गर्ने?

आफ्नो दाहिने हातको औंलाहरूले सिँढी स्पर्श गर्नुहोस् र त्यही हात आफ्नो शिरमा घुमाउनुहोस्। मन्दिरको प्रांगणमा देवताका तरङ्गहरु संचार हुँदा सात्त्विकता बढी हुन्छ। परिसरमा फैलिएको चेतनाबाट सीढीहरू पनि प्रभावित हुन्छन्। त्यसैले दाहिने हातको औँलाले सिढी स्पर्छ गरेर त्यही हात शिरमा लैजाने प्रथा छ। यसले ध्यानमा आउँछ कि सिढीको धूलो पनि चैतन्यमय हुन्छ; हामीले त्यसलाई पनि सम्मान गर्नुपर्छ।

३. देवतालाई नमस्कार गर्न योग्य पद्धति र त्यसको आधारभूत शास्त्र के हो?

अ. ‘देवतालाई नमस्कार गर्दा पहिले दुवै हत्केला एकसाथ छातीको अगाडि जोड्नुहोस्। हात जोड्दा औंलाहरू खुकुलो राख्नुहोस्। हातका दुई औंलाहरू बीच अन्तर नराख्नुहोस्, बूढी औंलालाई टाढा राख्नुहोस्। हत्केलाहरू एकअर्कासँग नजोड्नुहोस्; बीचमा खाली ठाउँहरू राख्नुहोस्।

आ. हात जोडेपछि, पीठलाई अलि अगाडि झुकाउनुहोस्।

इ. त्यहि समय टाउको अलिकति झुकाएर दुवै हातको बुढी औंलाले आँखी भौंको बीचको भाग छुनुहोस् र आफ्नो मन देवताको चरणमा केन्द्रित गर्ने प्रयास गर्नुहोस्।

ई. त्यसपछि हातलाई सीधा तल नराखी छातीको बीचको भागलाई केही बेर नाडीले छोएपछि हातलाई तल ल्याउनुपर्छ।

यसरी नमस्कार गर्दा अन्य विधिको तुलनामा देवी-देवताको चैतन्य शरीरले बढी ग्रहण गर्छ।

साष्टांग नमस्कार : षड्रिपु, मन र बुद्धि, यी आठ अंगहरुद्वारा ईश्वरको शरणमा जाने अर्थात् साष्टाङ्ग नमस्कार।

४. वयोवृद्धोलाई नमस्कार किन गर्नुपर्छ?

घरका ठूला-वडाहरूलाई झुकेर लिनभावसँग नमस्कार गर्नुको अर्थ हो, एक प्रकारले उहाँहरूमा रहेको देवत्वको शरणमा जानु हो। ठूला-वडाको माध्यद्वारा, जीवलाई ब्रह्माण्डबाट आवश्यक देवता तत्व प्राप्त हुन्छ। उहाँहरूबाट प्राप्त सात्विक तरंगहरूको सहायताले कष्टदायक स्पन्दनहरुबाट आफ्नो रक्षा गर्नुपर्छ। इष्टदेवताको स्मरण गरि दिएको आशीर्वादात्मक कृतिले दुवै जीवमा ईश्वरीय गुणहरुको संचय सहज हुन्छ।

५. कसैलाई भेट्दा हात नमिलाएर (हैंडशेक नगरेर), हात जोडेर नमस्कार गर्न इष्ट किन हुन्छ?

अ. दुई जीवले हात मिलाउँदा हातबाट निस्कने राजसिक र तामसिक तरड्गहरू हातका औंलाहरूमा संपुष्ट हुन्छन्। शरीरमा यी कष्टदायी तरङ्गहरू वहनाले मनमा परिणाम हुन्छ।

आ. यदि हात मिलाउने व्यक्ति अनिष्ट शक्तिबाट ग्रसित छ भने अन्य व्यक्ति पनि त्यसबाट प्रभावित हुन सक्छ। तसर्थ सात्विकता संवर्धन गर्ने नमस्कार जस्ता क्रियाकलाप आचरणमा ल्याउनुहोस्। यसबाट जीवले विशेष कार्य गर्नको लागि ईश्वरको आशीर्वादको रूपमा ईश्वरको चैतन्यमय बल तथा संकल्प-शक्ति प्राप्त गर्दछ।

इ. हात मिलाउनु पश्चिमी संस्कृति हो। हात मिलाउने कृति अर्थात्, पश्चिमी संस्कृतिको इनाम। नमस्कार, अर्थात् नेपाली संस्कृतिको इनाम। आफू पनि नेपाली संस्कृतिको कदर गर्नुहोस् र भावी पुस्तालाई पनि सिकाउनुहोस्।

६. मृतकलाई किन नमस्कार गर्नुपर्छ?

कलियुगका जीवहरूको तुलनामा त्रेता र द्वापर युगका जीवहरू बढी सात्विक थिए। तसर्थ, त्यस समयमा साधना गर्ने व्यक्तिले देह त्यागेपछि दिव्यगति प्राप्त गर्दथे। कलियुगमा कर्मकाण्ड अनुसार, ‘मृतदेहलाई ईश्वरबाट सद्गति प्राप्त होस्’ यस्तो प्रार्थना गरी नमस्कार गर्ने चलन रहेको छ।

७. विवाहपछि श्रीमान र श्रीमतीले किन एक साथ नमस्कार गर्नुपर्छ?

विवाहपछि दुवै जीव गृहस्थाश्रममा प्रवेश गर्छन्। पारिवारिक जीवनमा एकअर्काको पूरक बन्न र जीवनसागरसँग सम्बन्धित कर्म गर्न र तिनीहरु पूरा गर्नका लागि ठूला-वडाहरूको आशीर्वाद लिनु महत्त्वपूर्ण छ। यसरी नमस्कार गर्नाले ब्रह्माण्डको शिव-शक्तिरुपी तरङ्गहरु कार्यरत हुन्छन्। गृहस्थ आश्रममा परिपूर्ण कर्म भएर त्यसबाट उचित फल प्राप्त हुन्छ। यस कारण लेनदेनको हिसाब कम निर्माण हुन्छ। सँगै नमस्कार गर्दा श्रीमतीले श्रीमानको दाहिने पट्टि उभिनुपर्छ।

८. कसैसँग भेट्दा कसरी नमस्कार गर्ने?

यदि कसैलाई भेट्नुभयो भने, एक अर्काको सामुन्य उभिएर दुवै हातको औंलाहरू जोड्नुहोस्। औंलाहरू छातीबाट केही दूरीमा हुनुपर्छ। यस प्रकार झुकेर नमस्कार गर्नुहोस्। यसरी नमस्कार गर्दा जीवनमा नम्रभाव संवर्धन हुन्छ र ब्रह्माण्डका सात्विक तरङ्गहरू औंलाहरूबाट शरीरमा संक्रमित हुन्छन्। यसरी एकअर्कालाई नमस्कार गर्दा दुवैतर्फ आशीर्वायुक्त तरङ्गहरु प्रक्षेपण हुन्छ।

९. नमस्कार गर्दा के गर्ने के नगर्ने?

अ. नमस्कार गर्ने समय आँखा बन्द गर्नुहोस्।

आ. नमस्कार गर्ने समय पादत्राण नलगाउनुहोस्।

इ. एक हातले नमस्कार नगर्नुहोस्।

ई. नमस्कार गर्ने समय हातमा कुनै चिज नराख्नुहोस्।

उ. नमस्कार गर्ने समय पुरुषले शिर छोप्नु हुँदैन र स्त्रिले शिर ढाक्नुपर्छ।

सन्दर्भ : सनातन-निर्मित ग्रंथ ‘नमस्कारकी योग्य पद्धतियां’

Leave a Comment