आरतीको महत्व

Article also available in :

देवताको पूजा गरेपछि हामी आरती गर्छौं। आजको यो चहलपहलको युगमा हामीले नियमित रूपमा आरती गर्न नपाउँदा पनि शुभ दिन अर्थात् नवरात्रि, दीपावली आदिमा आरती गर्छौं। धेरैले दिनहुँ आरती गर्छन् तर समयको अभाव वा अन्य कारणले हतारमा आरती गर्छन्। तर आज हामीले कसरी उचित ढंगले आरती गर्ने? आरती गर्दा कस्तो भाव राख्ने? त्यसैले आज हामी आरती मार्फत भगवानलाई कसरी पुकार्ने भनेर जान्नेछौं।

आरतीको महत्व

आरती पूजकको हृदयमा भक्तिको तेज जगाउने र देवताको आशीर्वाद प्राप्त गर्ने सबैभन्दा सजिलो माध्यम हो। हामीले गाउने आरती सन्तहरूको संकल्पबाट बनेको हुन्छ। जब हामीले शास्त्र अनुसार, अंर्तमनदेखि, समर्पण र भावको साथ यस्ता आरतीहरू गाउँछौं, तब मात्र हाम्रो आरती गाउने उद्देश्य सफल हुन्छ।

जब कुनै जीवले आफ्नो अंत:करणमा भगवानका गुणहरूलाई याद गर्छ, तब जुन भावलहर उत्पन्न हुन्छ त्यसलाई आरती भनिन्छ। कलियुगमा आरतीको किन यति धेरै महत्व छ? धेरैको मनमा प्रश्न उठ्छ कि भगवान के हो? भगवान कहाँ छ? भगवान किन देखिदैनन्? आरती भनेको भगवानलाई आर्तताले पुकार्नु हो। तसर्थ, यस प्रकार भावपूर्ण आरती गर्नाले, भगवानले हामीलाई निश्चित रूपमा कुनै न कुनै रूपमा दर्शन दिनुहुन्छ। देवता स्तुतिप्रिय तथा दयानिधान हुनुहुन्छ। जब उहाँको स्तुतिको रुपमा आरती गाइन्छ, तब उहाँ भक्तसँग प्रसन्न हुनुहुन्छ र आशीर्वाद दिनुहुन्छ। आरती सन्तहरू वा उहाँहरूका भक्तहरूद्वारा रचिएको हुन्छ। आरती गाउँनाले ती सन्तहरूको संकल्प र आशीर्वादको पनि लाभ हुन्छ। आरती गाउँदा देवी-देवताको चैतन्य र शक्तिको पनि अधिक लाभ प्राप्त हुन्छ।

आरती गाउनाले नादतरंगहरू पनि उत्पन्न हुन्छ, जसले हाम्रो परिसरलाई शुद्ध बनाउँछ र त्यहाँको वातावरणलाई सात्विक बनाउँछ।

आरती कहिले गर्नुपर्छ ?

सबैले आफ्नो घरमा आरती गनुहुन्छ होला। कोही एक पटक र कोही दुई पटक आरती गर्छन्। तर आरती कहिले गर्नु पर्छ?
बिहान र बेलुका दुवै समयमा आरती गर्नुपर्छ। उपासकले सूर्योदयको समयमा बिहान आरती गरी चैतन्यको स्वागत गर्नुपर्छ। यसो गर्दा दिनभर देवी-देवताको स्मरण गर्नुका साथै आनंद मिल्नेछ। सूर्यास्तको समयमा वातावरणमा रज-तम बढ्छ, त्यसको असर नपरोस् भनेर साँझको आरती गर्छौं। त्यसैले हाम्रो धर्मशास्त्रमा दुई पटक आरती गर्न भनिएको छ।

आरती कसरी भन्ने?

आरती गाउँदा मात्र गाउनु हुँदैन, पूर्ण भावपूर्वक गाउनु पर्छ। आरती गर्दा भावको सबैभन्दा बढी महत्व हुन्छ। आरती गर्दा भगवानप्रतिको भाव जति बढी हुन्छ, त्यति नै सात्विक र भावपूर्ण आरती हुन्छ र त्यही आरती भगवानसम्म पुग्छ। त्यसैले प्रत्येक जीवले पूर्ण भक्तिपूर्वक आरती गर्ने प्रयास गर्नुपर्छ। तसर्थ आरती एउटै लयमा, मधुर स्वरमा र भावपूर्ण नै गाउनुपर्छ ।

कुनै पनि गीत गाउँदा शब्दको उच्चारण महत्त्वपूर्ण हुन्छ। यदि तपाईको उच्चारण सही तरिकाले गरियो भने, भाव सिर्जना गर्न सकिन्छ र तपाईको प्रगति सजिलै हुन सक्छ। यसका साथसाथै मन पनि प्रफुल्लित हुन्छ। हामी आन्तरिक शान्ति प्राप्त गर्न कोसिस गर्छौं, तर त्यो आन्तरिक शान्ति त्यतिबेला मात्र अनुभव हुन्छ।

आरती गर्दा आरतीको अर्थ बुझ्नुहोस्

हामी जान्दछौं कि अधिकांश आरतीहरू कोही सन्त वा उहाँका उन्नत भक्तहरू द्वारा रचित हुन्छन्। महान् सन्तहरूद्वारा रचिएका आरतीहरूको अर्थ बुझ्न धेरै पटक हामीलाई गाह्रो हुन्छ। तर, हामीले यसको अर्थ बुझ्नुपर्छ। किनभने जब हामीले अर्थ बुझेर आरती गाउँछौं, देवताप्रतिको हाम्रो भाव छिट्टै निर्माण हुन्छ। त्यसैले आरतीको अर्थ थाहा छैन भने बुझ्नुपर्छ। तब आरती गर्दा भगवान प्रत्यक्ष उपस्थित भएजस्तो लाग्छ, यो भाव जागृत हुन्छ र उहाँको चैतन्यको लाभ पनि प्राप्त हुन्छ ।

स्रोत : दैनिक सनातन प्रभात

Leave a Comment