दुबै हातको तलवलाई एकसाथ ल्याउनुहोस् र दुवै हातको औंलाहरूको स्पर्श भ्रूमध्यको स्थानमा गर्नुहोस्। यस विधिले नमस्कार गर्दा औंलाहरू खुकुलो राख्नाले सत्त्वगुण सक्रिय हुन्छ र जीवलाई ठूला-ठूला अनिष्ट शक्तिहरूसँग लड्न सम्भव हुन्छ। नमस्कारको मुद्राबाट देवताको शक्ति र चैतन्य हाम्रो औंलाहरूबाट एन्टेना जस्तै प्राप्त हुन्छ।

नमस्कार गर्ने समय हामी हात जोड्छौं। यसो गर्दा पृथ्वी एवं आप तत्त्वको संयोग हुनाले भावजागृति हुनमा सहायता मिल्दछ।
हात जोडेर अलि तल झुक्दा हाम्रो नाभि चक्रमा दबाब सिर्जना हुन्छ र यसले शरीरलाई सात्विक तरङ्गहरहरू प्राप्त गर्न संवेदनशील बनाउँछ। नमस्कारले जीवको आत्माशक्तिलाई जगाउन पनि मद्दत गर्दछ। जसका कारण देवताबाट उत्सर्जित चैतन्यलाई अधिक मात्रामा ग्रहण गर्न सम्भव हुन्छ।
भूमध्यको स्थानमा हातका औँला स्पर्श गर्ने मुद्राको कारण जीवको शरणागत भाव जागृत हुन्छ। यस कारण ब्रह्माण्डमा आवश्यक तत्व भएका देवताका सूक्ष्म तरंगहरू सक्रिय हुन्छन्। यस्तो हुनाले ब्रह्माण्डमा जुन देवताका तत्त्व आवश्यक हुन्छ, त्यही देवताको सूक्ष्म तरङ्ग कार्यरत हुन जान्छ। साथै ब्रह्माण्डको ती सूक्ष्म तरङ्गहरु जीवको आज्ञाचक्रद्वारा भित्र जान्छ। एउटै समय स्थूल र सूक्ष्म देहको शुद्धि हुनमा सहायता मिल्दछ।
नमस्कार गरेर सम्पूर्ण शरीरमा देवी-देवताको चैतन्य फैलाउनको लागि नमस्कारपछि हातलाई सीधा तल नझारेर, त्यसलाई हाम्रो अनाहत चक्र नजिक अर्थात् छातीको बीचमा ल्याउनुहोस्। यसो गर्दा हाम्रो अनाहतचक्र जागृत हुन्छ र हामीलाई सात्विकता ग्रहण गर्न मद्दत गर्दछ।
साष्टांग नमस्कार यसरी गर्नुहोस् !
हिन्दु संस्कृतिको प्रतीक `नमस्कार’
आरतीको महत्व
देवघरमा देवताहरुको रचना कसरी गर्नुपर्छ ?
जन्मदिन तिथि अनुसार नै किन मनाउने?
श्राद्ध तिथिनुसार किन अनि कहिले गर्ने ?