जन्मदिन तिथि अनुसार नै किन मनाउने?

१. नेपाली संस्कृति अनुसार जन्मदिन मनाउनुहोस्

आजकल हिन्दुहरू पश्चिमी संस्कृतिको अगाडि घुँडा टेकिरहेका छन्। फलस्वरूप, हाम्रा धार्मिक कृतिहरू पश्चिमी संस्कृतिबाट धेरै प्रभावित भएका छन्। यस्ता कर्मबाट चैतन्य प्राप्त हुँदैन। यसबाहेक, यी कृतिहरू आध्यात्मिक दृष्टिकोणबाट हानिकारक छन्। निसन्देह, धार्मिक क्रियाकलापहरूमा हुने सूक्ष्म प्रक्रियालाई बुझ्दा ती गतिविधिहरूको सत्यतामा विश्वास प्राप्त हुन्छ र स्वाभाविक रूपमा धर्माचरणप्रति श्रद्धा दृढ़ हुन सहायता मिल्दछ।

२. तिथि अनुसार जन्मदिन मनाउने महत्व

हामी जन्मेको तिथिको स्पन्दनहरू हाम्रो स्पन्दनहरुसँग सबैभन्दा बढी मेल खान्छ। तसर्थ, यस तिथिमा परिवारका सदस्यहरू र शुभचिन्तकहरूले हामीलाई दिनु भएको शुभकामना र आशीर्वाद सबैभन्दा फलदायी हुन्छ। त्यसैले तिथि अनुसार नै जन्मदिन मनाउनुपर्छ।

२ अ. आध्यात्मिक अर्थ

जन्म दिन भनेको जीवको आध्यात्मिक दृष्टिले उन्नति हो। आध्यात्मिक उन्नतिको अर्को नाम ‘वृद्धि’ वा ‘बढ्नु’ हो। जीवको निर्मिति देखिनै उनको आध्यात्मिक उन्नति आरम्भ हुन्छ। कुनै जीवले प्रत्यक्ष साधना नगर्दा पनि उनमा गरिएको संस्कारहरुको कारण उसको सात्विकता बढ्छ र उसको आध्यात्मिक उन्नति आरम्भ हुन्छ। आध्यात्मिक उन्नति भएमा नै वास्तविक जन्मदिन सिद्ध हुन्छ। – ईश्वर (कु. मधुरा भोसलेको माध्यम बाट १३.५.२००५, राति ८.०४ देखि ८.२२)

३. जन्मदिन तिथिमा एवं शास्त्र अनुसार मनाउनुको महत्व

अ. जन्मदिन तिथिको महत्व

हामी जन्मेको तिथिको स्पन्दनहरू हाम्रो स्पन्दनसँग सबैभन्दा बढी मेल खान्छ। तसर्थ, यस तिथिमा परिवारका सदस्यहरू र शुभचिन्तकहरूले हामीलाई दिनु भएको शुभकामना र आशीर्वाद सबैभन्दा फलदायी हुन्छ। त्यसैले तिथि अनुसार नै जन्मदिन मनाउनुपर्छ।

आ. जीवनमा बाधाहरु विरुद्ध संघर्ष गर्ने क्षमता प्राप्त हुने

जन्मदिन (तिथी) मा ब्रह्माण्डमा कार्यरत तरङ्ग जीवको प्रकृति र प्रवृत्तिको पोषण हुन्छ तथा त्यस तिथिमा गरिने सात्विक र चैतन्यात्मक कृतिहरुले जीवको अन्तरमनमा गहिरो संस्कार अंकित गर्नमा सहायक हुन्छ। यसबाट जीवको आगामी जीवनक्रमको लागि आध्यात्मिक बल प्राप्त हुन्छ र जीवनमा आउने बाधाहरूसँग संघर्ष गर्ने क्षमता प्राप्त हुन्छ।

– एक विद्वान (सद्गुरु (श्रीमती) अंजली गाडगीळको माध्यमबाट । (२१.१.२००५, राति  ९.११)

४. जन्मदिन मनाउने पद्धति

अ. जन्मदिनमा अभ्यंगस्नान गरी नयाँ वस्त्र लगाउनुहोस्।

आफ्नो जन्मदिनमा, लुगा लगाएर नै अभ्यंगस्नान गर्नुहोस्। स्नान गर्दा यस्तो भावना राख्नुहोस्, ‘स्नान गर्ने पानी हाम्रो शरीरमा स्वच्छ र शुद्ध गंगाको रूपमा बगिरहेको छ र यसले हाम्रो शरीर र अंतकारण शुद्ध गरिरहेको छ। नुहाएर नयाँ लुगा लगाउनुहोस्। नयाँ लुगा लगाउनु, अर्थात् अभ्यंग स्नानको माध्यमबाट आफ्नो शरीरको वरिपरि ईश्वरीय चैतन्यको प्रभामण्डल (चैतन्यमय सुरक्षा कवच) सिर्जना गर्नु हो। आमाबाबु र अन्य ठूलाबढाहरूलाई प्रणाम गर्नुहोस्। ठूलाबढाप्रति आदरभाव उत्पन्न हुनाले उनको मनको अशुद्धता नष्ट हुन्छ। कुलदेवताहरूको अभिषेक गर्नुहोस् अथवा भावपूर्ण पूजा गर्नुहोस्।

आ. आमाबाबा र ठूलाबढालाई नमस्कार गर्नुहोस्।

इ. कुलदेवताको मनःपूर्वक पूजा गर्नुहोस् एवं सम्भव भएमा अभिषेक गर्नुहोस्।

ई. कुलदेवताको कमसे कम तीन माला नामजप गर्नुहोस्।

उ. जसको जन्मदिन हो उसको आरती उतारनुहोस्। (उसको घ्यूको दीपले आरती गर्नुहोस्।)

जसको जन्मदिन हो उनको ‘औक्षण’ गर्नुहोस्। औक्षणको कृतिले जीवको सूक्ष्मदेहको शुद्धिमा मद्दत गर्छ। औक्षण गराउने र गर्ने दुवैमा ‘यस कृतिबाट एकअर्काको माध्यमबाट प्रत्यक्ष ईश्वर नै आशीर्वाद दिइरहनु भएको छ’ भन्ने भाव हुनुपर्छ। कुलदेवता अथवा उपास्यदेवताको स्मरण गरी तीन पटक अक्षता जीवको शिरमा राख्दा आशीर्वादात्मक तरङ्गहरुका स्रोत जीवको सम्पूर्ण शरीरमा संक्रमण हुन्छ। यस प्रक्रियाबाट दुवै जीवको देहबाट प्रक्षेपित सात्त्विक तरंगका कारण वायुमण्डल शुद्ध हुन्छ र जन्मदिनमा आउनु भएका अन्य जीवहरूले पनि यस सात्त्विकताको लाभ प्राप्त गर्छन्।

ऊ. आरती गरेपछि, कुलदेवता वा उपास्यदेवताको स्मरण गरि जसको जन्मदिन हो उसको शिरमा तीन पटक अक्षत राख्नुहोस्।

ए. जसको जन्मदिन हो उसलाई मिठाई वा कुनै मिठो वस्तु खुवाउनुहोस्।

ऐ. जसको जन्मदिन हो उसको मंगलकामनाको लागि प्रार्थना गर्नुहोस्।

ओ. उसलाई केही उपहार दिनुहोस्; तर दिँदा कुनै अपेक्षा वा कर्तापन नलिनुहोस्।

औ. उपहार ग्रहण गर्दा, ‘यो भगवानको प्रसाद हो’ भन्ने भाव राख्नुहोस्।

जसको जन्मदिन हो उसलाई उपहारको रूपमा केहि दिनु पर्छ। यस विषयमा निम्न दृष्टिकोण राख्नुहोस्। साना बालबालिकालाई प्रोत्साहन गर्न उपहार दिनुहोस्, ठूलालाई उपहार दिँदा कर्तापन हुनुहुँदैन। बिना अपेक्षा दान गर्दा, हामी केहि समय पछि बिर्सन्छौं। दानको विषयमा कर्तापन अथवा अपेक्षा राख्नाले लेनदेनको हिसाब निर्माण हुन्छ। यदि दान वा उपहार ग्रहण गर्ने व्यक्तिमा ‘यो ईश्वरको कृपाले प्राप्त भएको प्रसाद हो’ भन्ने भावना छ भने, लेनदेनको हिसाब निर्माण हुँदैन।

जन्मदिनमा नुहाउने समये जुन कपडा लगाएर नुहाउँछ, त्यो कपडा स्वयं उपयोग नगरि अपेक्षारहित कसलाई दान गर्नुपर्छ। दान सदैव ‘सत्पत्रे दानम्’ हुनुपर्छ, त्यसैले भिखारी आदिलाई दिनुभन्दा ईश्वरको उपासक अथवा राष्ट्र वा धर्मको हितमा काम गर्नेलाई दिनु पुण्यदायी हुन्छ। पुरातन समयमा, सबै जीवित प्राणीहरू साधना गर्दथे; त्यसैले उनीहरुको वृत्ति सात्विक थिए। उनले दान गरेको लुगा लगाउने व्यक्तिले माथि उल्लेख गरे अनुसार लाभान्वित हुन्थे। त्रेतायुगमा गुरुकुलमा गुरुलाई जन्म दिनमा नुहाउनु र उहाँले दिएको वस्त्र प्रयोग गर्न पाउनु शिष्य धर्मको प्रतीक मानिन्थ्यो।

५. जन्मदिनमा केही नेषेधित कृतिहरु तथा त्यसका आधारभूत शास्त्र

अ. शास्त्र अनुसार केही निषेधित कृतिहरु

आफ्नो जन्मदिनमा नङ र कपाल काट्ने, सवारी साधनको यात्रा, कलह, हिंसा, खानपान (अखाद्य खानेकुरा नखाने), पिउन अयोगय पदार्थ नपिउने, स्त्रीसँग शरीरिक सम्पर्क गर्ने जस्ता गतिविधिबाट प्रयत्नपूर्वक बच्नुहोस्स्।

आ. जन्मदिनमा प्रज्वलित दिप निभाउनु हुँदैन|

दीपको ज्योतिलाई जीवको शरीरको पञ्चप्राणको ऊर्जामा आधारित स्थूल कार्यसँग तुलना गरिएको छ। दीप निभाउनु भनेको जीवको देहको पञ्चप्राणका कार्य समाप्त भएर जीवको प्राणशक्तिको पतन वा उसको जीवनज्योत शांत हुनु हो। प्रज्वलित दिप निभाउनु आकस्मिक मृत्यु, अर्थात् अपमृत्युसँग सम्बन्धित छ; यसै कारण यसलाई अशुभ मानिन्छ।

इ. जन्मदिनको शुभकामना रातिको १२ बजे नदिएर सूर्योदय भएपछि दिनुहोस्|

पश्चिमी संस्कृति पछ्याउँदै धेरैले राति १२ बजे जन्मदिनको शुभकामना दिने गर्छन्। राति १२ बजे वायुमण्डलमा रज-तम कणको मात्रा बढी हुने भएकाले त्यसबेला गरिएको शुभ कामना फलदायी हुँदैन। हिन्दू संस्कृति अनुसार सूर्योदयसँगै दिनको सुरुवात हुन्छ। यो समय ऋषि-मुनिहरुको साधना गर्ने समय हो, त्यसैले वातावरणमा सात्विकता बढी हुन्छ र सूर्योदयपछि दिएको शुभ कामना फलदायी हुन्छ। त्यसैले, सूर्योदयपछि मात्र जन्मदिनको शुभकामना दिनुहोस्।

ई. मैनबत्ती बालेर जन्मदिन मनाउनु हुँदैन

पश्चिमी संस्कृतिको अन्धानुकरण गर्दै धेरैले मैनबत्ती बालेर र केक काटेर जन्मदिन मनाउने गरेका छन्। मैनबत्ती तमोगुणी हुन्छ; यसलाई जलाउँदा कष्टदायक स्पन्दन प्रक्षेपित हुन्छ। त्यसैगरी हिन्दू धर्ममा ‘ज्योती निभाउने’ कार्यलाई अशुभ मानिन्छ र परित्याग गर्न योग्य मानिएको छ। त्यसैले जन्मदिनमा मैनबत्ती बालिसकेपछि जानाजानी निभाउनु हुँदैन।

उ. केक काटेर जन्मदिन नमनाउनुहोस्

‘केक चक्कुले काट्नु’ अशुभ कर्मको प्रतीक हो। तसर्थ जन्मदिनको शुभ अवसरमा यस्ता कार्यले भावी पीढीमा कुसंस्कार हुन्छ। आरती पछि आकर्षित भएको ईश्वरीय चेतना ग्रहण गर्ने समय यस्तो विधिकर्म गर्नुहोस्, चैतन्यमा कष्टदायक स्पन्दनहरुद्वारा बाधा उत्पन्न गर्नु समान हो। कुनै पनि शुभ अवसरमा जानाजानी यस प्रकारको लयकारी विधि गर्नु धर्मविघातक प्रवृत्तिको लक्षण हो।

६. केकमा छुरी चलाउनु अशुभ हो, भने छुरी अथवा चक्कुले तरकारी काट्नु योग्य कि अयोग्य ?

एक विद्वान : कलियुगमा खाना काट्नको लागि चक्कु, छुरी र कैंची जस्ता माध्यमहरू प्रयोग गरिन्छ। जहाँसम्म सम्भव छ, यस प्रकारका माध्यमहरुको प्रयोग नगर्नुहोस्, किनकि यसले कष्टदायक स्पन्दनहरू उत्पन्न गर्दछ। सकेसम्म हातले तरकारी टुक्राउनुहोस्। यस प्रकारको तरकारी बढी सात्विक हुन्छ। पुरातन समयमा, मानिसहरुले पकाएको कंद खान्थे। उनीहरु हातको स्पर्शले आवेशित सात्विक अन्न मात्रै ग्रहण गर्दथे। चक्कु, छुरी जस्ता औजारहरू कलियुगमा मात्र बनेका हुन्।

तरकारी काट्नु सजिलो कृति हो। त्यसले कुनै पनि प्रकारको चैतन्य तरंगहरूलाई बाधा पुर्‍याउँदैन। तसर्थ, कलियुगमा सुविधाको दृष्टिकोणले यो स्वीकार्य छ। – एक विद्वान सद्गुरु (श्रीमती) अञ्जली गाडगिल ‘एक विद्वान’ यस उपनामले लेख्नुहुन्छ।, १७.६.२००६, राति ९.४२

अनुभूति : ‘सन् २००२ मा म एकजना सञ्जनको जन्मदिनमा गएको थिएँ। उनको जन्मदिन पश्चिमी शैलीमा मनाइएको थियो। केकमा धेरै साना मैनबत्तीहरू जलाइएको थियो। त्यसपछि फुकेर मैनबत्तीहरु निभायो र केक काटेपछि त्यहाँ उपस्थित मानिसहरुमा निकै थकान आएको थियो। धेरै मानिसहरू विभिन्न शारीरिक समस्याहरूबाट ग्रस्त भए र निराश महसुस गर्न थाले।’ – कु. मधुरा भोसले, सनातन आश्रम, रामनाथी, गोवा.

पाश्चिमी संस्कृति अनुसार जन्मदिन मनाउने विधि राजसिक-तामसिक क्रियाकलाप हो, जसका कारण अनिष्ट शक्तिहरुको लागि कष्ट दिन सरल हुन्छन्। तसर्थ, ईश्वरीय चैतन्यको लाभ प्राप्त गर्न त परको कुरा; यसको विपरीत, यो विधि अनिष्ट शक्ति द्वारा उत्पन्न कष्टको मूल कारण साबित भएको छ।

७. सन्तहरुको जन्मदिन

सन्तको जन्मदिन उहाँको जन्मतिथिमा नमनाउनुहोस्; उहाँलाई गुरुप्राप्ति भएको दिन मनाउनुहोस्, किनकि त्यही दिन उनको पुनर्जन्म हुन्छ। त्यो दिनलाई ‘प्रकटदिन’ को रूपमा मनाइन्छ।

सन्दर्भ : सनातन निर्मित ग्रन्थ पारिवारिक धार्मिक कृतियोंका अध्यात्मशास्त्रीय आधार

Leave a Comment