ऋषिपञ्चमी

तिथि

भाद्रपद शुक्ल पक्ष पंचमी

ऋषि

अर्थात सप्तर्षि – कश्यप, अत्रि, भरद्वाज, विश्वामित्र, गौतम, जमदग्नि एवं वसिष्ठ ।

 

उद्देश्य

१. ‘जुन ऋषिहरुले आफ्नो तपोबलद्वारा विश्वको मानवमा अनन्त उपकार गरेको छ, जीवनलाई उचित दिशा दिएको छ । ती ऋषिहरुलाई आजको दिन स्मरण गरिन्छ ।

२. मासिक धर्म, अशौच वा स्पर्शास्पर्शले स्त्रियहरुमा हुने परिणाम यो व्रतले तथा गोकुलाष्टमीको व्रतले पनि न्यून हुन्छ । (पुरुषमा हुने परिणाम क्षौरादि प्रायश्चित कर्मले तथा वास्तुमा हुने परिणाम उदकशान्तिले न्यून हुन्छ ।)

 

व्रत गर्नको लागि विधि

 

१. यस दिन स्त्रि बिहान दाउराको काठले दाँत माझनुहोस् ।

२. नुहाईसकेपछि पूजाको आरम्भमा ‘माहिनावारीको समय जानी-नजानी स्पर्शको कारण जुन दोष लाग्दछ, त्यसको निराकरणको लागि अरुंधति सहित सप्तर्षिलाई प्रसन्न गर्नको लागि म यो व्रत गर्छु’, यस्तो संकल्प गर्नुहोस् ।

३. काठको पिर्कामा चामलको आठ भाग राखि त्यसमाथि आठ सुपारि राखेर कश्यप आदि सात ऋषि एवं एक अरुंधतिलाई आवाहन गरि उनको षोडशोपचार पूजा गर्नुहोस् ।

४. यो दिन कंदमूलको आहार गर्नुहोस् एवं गोरुके श्रमको केहि पनि नखानुहोस् ।

५. भोलिपल्ट कश्यपादि सात ऋषि एवं अरुंधतिको विसर्जन गर्नुहोस् ।

बाह्र वर्षपछि अथवा पचास वर्षको भएपछि यस व्रतलाई उद्यापन गर्नमा आपत्ति हुँदैन । उद्यापनपछि पनि यो व्रत जारी राख्न सक्छ ।

 

सन्दर्भ : सनातनको ग्रन्थ, ‘धार्मिक उत्सव एवं व्रतों का अध्यात्मशास्त्रीय आधार’

Leave a Comment