सुख-दुःख को कारण के हो ?

सुख-दुःख को कारण के हो ?

सुखको इच्छानै दुःखको कारण हो । दुःखको बन्धनबाट छूट्नको लागि एउटै मार्ग छ, त्यो हो अस्थायी सुखको कामना नष्ट गर्नु; किनकि सुखको इच्छाले नै मानिस पुण्य गर्दछ, तर साथमा पाप पनि गर्दछ र जन्म-मृत्यु को यो कालचक्र चलिरहन्छ । प्रलयकालमा ब्रह्मदेव निद्रामा हुनुहुन्छ, त्यसैले सृष्टिको उत्पत्ति हुँदैन । यो समय जीवलाई विश्राम मिल्दछ । यो विश्रामको के उपयोग ? ब्रह्मदेव उठ्नु भएपछि पुनः हाम्रो कर्मानुसार उहाँले हामीलाई  जन्म दिनुहुन्छ । जबसम्म वासना (अर्थात सुखको इच्छा) हुन्छ, तबसम्म जन्मचक्र चलिरहन्छ । सुखको इच्छा जहाँ समाप्त हुन्छ त्यो नै खरा सुख हो । यो अवस्था प्राप्त भयो भने तब व्यक्ति दुःखी हुने प्रश्ननै उठ्दैन । सन्तको यही अवस्था हुन्छ । सुख-दुःखको अज्ञानबाट बाहिर निस्कनको लागि नै धर्म हो ।

‘पश्चिमि शिक्षाप्रणाली जब लागू भयो, त्यसले धर्मनिष्ठा नष्ट भयो र अर्थनिष्ठा बढेर गयो । यसबाट धनोपार्जन नै शिक्षाको एकमात्र उद्देश्य हुन गयो । शिक्षाले हामीलाई बोध हुन्छ कि सरस्वती एवं लक्ष्मी हाम्रो धर्मनिष्ठाको आनुषंगिक फल हो; तर अब यो धारणा पूर्णतया लुप्त भएको छ । ‘ऐहिक, पारलौकिक एवं मोक्ष, यी तीन प्रकारका सुख धर्मनिष्ठामा नै अवलंबित छ’, यस्तो हाम्रो संस्कृतिले बताउँदछ । यसको विपरीत ‘सुख अर्थाधीन हो’, यो पश्चिमी धारणाको कारण मनुष्य सुखलुप हुन गयो र विज्ञानले तीव्रतासँग प्रगति गर्यो । यसको परिणाम स्वरूप मनुष्य अझ धेरै विषय-वासनाहरु तर्फ आकर्षित भयो । पश्चिमी राष्ट्रहरु अनैतिकताले भरियो । आज सर्वाधिक धनी मानिने देश अमेरिकामा जति अनैतिकता एवं दुःख छ, त्यस्तो अरु कतै छैन !’ – प.पू. काणे महाराज, नारायणगांव, महाराष्ट्र

 

दुःखको आध्यात्मिक कारणहरुको तीव्रता एवं उपाय

हाम्रो जीवनमा ८० प्रतिशत दु:खको कारण आध्यात्मिक हुन्छ ।
यसको विवरण र उदाहरण –

१. प्रारब्ध

प्रारब्ध भोग गरेर समाप्त गर्नको लागि नै हाम्रो जन्म हुन्छ !

२. अनिष्ट शक्तिको पीडा

अ. अनिष्ट शक्ति : अनिष्ट शक्तिबाट पीडित व्यक्ति समान व्यवहार गरिरहेको भन्दा राम्रो स्पन्दन प्रतीत हुन्छ भने तब बुझ्नुहोस् कि उसको शरीरमा कल्याणकारी क्षूद्र देवताको संचार छ; स्पन्दन अत्यन्त कष्टदायक छ भने बुझ्नुहोस् कि अनिष्ट शक्तिको कष्ट छ र अल्प कष्टदायक छ अथवा केहि पनि प्रतीत हुँदैन भने बुझ्नुहोस् कि त्यो व्यक्ति मनोरोगी हो । सामान्य व्यक्तिको आध्यात्मिक स्तर २० प्रतिशत हुन्छ, जबकि मोक्षसम्म पुगेको व्यक्तिको स्तर १०० प्रतिशत हुन्छ । २० प्रतिशत आध्यात्मिक स्तर भएको व्यक्तिलाई सूक्ष्म स्पन्दन प्रतीत हुँदैन । साधना द्वारा ३५ प्रतिशत भन्दा अधिक आध्यात्मिक स्तर भएपछि जब सूक्ष्मको स्पन्दन प्रतीत हुन थाल्दछ, तब यो सबै बुझ्न सक्छ ।
१. व्यसन : व्यक्तिको व्यसन (लत) अधिकांशतः भूतको आवेशको कारण निर्मित हुन्छ । त्यसैले डॉक्टर ८०-९० प्रतिशत व्यसनी व्यक्तिहरुलाई व्यसनमुक्त गर्न सक्दैन्न् । सन्तले गर्नु सक्नुहुन्छ; किनकि सन्त भूतलाई हटाउन सक्नुहुन्छ ।
२. एक स्त्रीलाई प्रत्येक रात १२ देखि २ बजेको बीच धेरै चिलाउन्थ्यो । चिलाएपछि छालाबाट रगत निक्लन थाल्दथ्यो । त्वचा विशेषज्ञद्वारा ४ वर्ष उपचार गर्दा पनि ठीक भएन । साधना गरेपछि उनी तीन महीनामा नै ठीक भयो ।

आ. करनी : अनिष्ट शक्ति द्वारा सम्पूर्ण वंशनाश भएको केहि उदाहरणहरु –
१. एक गृहस्थको २३ वर्षीय छोरीको मृत्यु एक दुर्घटनामा भयो, २७ वर्षीय महिला छोरीको सगाई दुईपटक एवं २९ वर्षीय जेठी छोरीको सगाई तीनपटक टूट्यो । यो सबै ६ महीनाको अवधिमा भयो ।
२. एक युवकको सात भाई एवं दुई बहिनीहरुले आत्महत्या गरे ।

इ. पूर्खाको लिंगदेह : यस द्वारा हुने कष्टको केहि लक्षणहरु यस प्रकार छन् – विवाह न हुने, पति-पत्नीमा अनबन, गर्भधारण नहुने, गर्भपात, संतान जन्मतः अपंग हुने, छोरी मात्र जन्म हुने इत्यादि ।

ई. ग्रहपीडा : शनि, मंगल इत्यादिबाट कष्ट कस्तो हुन्छ, यो ज्योतिषशास्त्रले बताउँछ । कर्मयोग अनुसार प्रत्यक्षमा ग्रह कुनै पनि कष्ट दिदैन । कुन समय कस्तो सुख-दुःख भोग्नुपर्छ, यो प्रारब्ध अनुसार निश्चित हुन्छ । ग्रहहरुको महत्त्व केवल यति मात्र हो कि जीवनको घटनाक्रम दर्शाउँने एउटा ठूलो घडी समान हो ।

३. कल्याणकारी शक्ति

अ. कुलदेवता : तल दिएको दुई कारणहरुले गर्दा कुलदेवताले कष्ट दिन सक्छ ।

१. कुलाचार-पालन नगर्नाले कुलदेवता रुष्ट हुने सम्भावना रहन्छ ।
२. अभ्यासको क्षमता हुँदा पनि अभ्यास नगर्ने बच्चाप्रति आमा-बाबा क्रोधित हुन्छन् । यस प्रकार आध्यात्मिक उन्नतिको क्षमता हुँदा पनि साधना गर्दैन भने, तब कुलदेवता क्रोधित हुनुहुन्छ ।
(कुलदेवता सम्बन्धी अधिक जानकारी सनातनको ग्रन्थ ‘अध्यात्मको प्रस्तावनात्मक विवेचन’ मा दिएको छ ।)

आ. वास्तुदेवता : निद्रा नआउँने विकारमा दस वर्षसम्म मनोचिकित्सक द्वारा उपचार गर्दा पनि, एक व्यक्तिलाई कुनै लाभ भईरहेको थिएन । त्यसपछि उसलाई आफ्नो ओछ्यानको दिशा परिवर्तन गर्ने सुझाव दियो र उसले परिवर्तन गरेपछि त्यहि रातबाट उसको कष्ट हट्यो । वास्तुशान्ति गरेपछि ओछ्यानको दिशा परिवर्तन गर्नपनि आवश्यकता हुँदैन ।

४. शरीरको शक्तिसँग सम्बन्धित

अ. कुण्डलिनीचक्र एवं नाडीमा प्राणशक्तिको प्रवाहमा बाधा : सहस्रारचक्र अतिरिक्त प्रत्येक चक्र एवं नाडी शरीरको कुनै न कुनै भागसँग सम्बन्धि रहन्छ । यी भागहरुमा यदि प्राणशक्तिको प्रवाहमा बाधा उत्पन्न हुन्छ, तब त्यस सम्बन्धित शारीरिक अथवा मानसिक कष्ट हुन सक्छ ।
१. एउटा साधकको छातीमा वेदना हुन्थ्यो, त्यसैले डॉक्टरले उसको हृदयस्पन्दनको आलेखन (ई.सी.जी.) गर्यो । त्यसमा हृदयरोगको कुनै लक्षण पाएन । त्यसैले मनोचिकित्सकहरुले उनलाई कार्डिएक न्यूरोसिस भनेर पता लगाएर उसको छः वर्षसम्म उपचार गर्यो, तर कुनै फाईदा भएन । तब अध्यात्मको कुनै जानकारले भन्नु भयो कि ‘अनाहतचक्रमा बाधा भएको कारण छातीमा वेदना हुन्छ’ र त्यसलाई हटाउनको लागि उनलाई साधना बतायो । तीन महीना साधना गरेपछि त्यो बाधा हट्यो र साधक ठीक भयो ।
२. स्वाधिष्ठानचक्रमा बाधा हुँदा नपुंसकत्व हुन सक्छ ।

आ. प्राणशक्तिको न्यूनता : यसको लक्षण हो – शारीरिक थकान, निरुत्साह आदि । जब कोहि यस्तो गुनासोहरु लिएर डॉक्टरको पास जान्छ, तब उनलाई शक्ति वर्धक औषधिहरु दिन्छ अथवा कुनै काममा मन नलाग्ने, निरुत्साह इत्यादि को लागि डॉक्टर निराशा घटाउँने औषधि दिन्छ । तर पनि त्यो ठीक हुँदैन ।

५. अन्य

अ. वस्त्र : एक स्त्रीलाई नीलो कपडा नलगाउँनु भन्यो त्यस्तो गरेपछि पढाईमा उसको एकाग्रता बढ्यो ।
आ. काल एवं समष्टि पाप : यो बढ्नुको कारण विश्वमा के हुँदै गई रहेको छ, यसको जानकारी समाचार-पत्र द्वारा प्रतिदिन नै हामीलाई मिल्दछ !

सन्दर्भ : सनातन-निर्मित ग्रन्थ ‘आनन्दप्राप्ति हेतु अध्यात्म’

Leave a Comment