मनुष्य जीवनको कारण के हो ?

अध्यात्म थाहा नहुँदा यो प्रश्न व्यक्तिको मनमा रहन्छ । यदि भगवानले नै सुख अनि दुःख दिनुहुन्छ भने मेरो सबैलाई  प्रश्न छ कि सुखको समय कति जानाले भगवान प्रति आभार अथवा कृतज्ञता व्यक्त गर्नुहुन्छ कि, हे भगवान, तपाई को कृपाको कारणनै यो सुख मेरो जीवनमा आयो । अत्यन्त कम व्यक्तिहरु हुन्छन् । के त्यसो भए हामीले भगवानलाई  हाम्रो जीवनमा आउने दुःखको लागि दोष दिने अधिकार छ ? वास्तवमा भगवान न सुख दिनुहुन्छ न दुःख दिनुहुन्छ । हाम्रो कर्मनै हाम्रो सुख अनि दुःखको कारण हुन्छन् ।

मनुष्य जन्मको कारण के हो ? यसको शास्त्र अथवा नियम बुझौं । मनुष्य पुनः-पुनः जन्म हुनुको विभिन्न कारणहरु छन् । यसको दुई  प्रमुख कारणहरु छन् – पहिलो कारण हो प्रारब्ध अर्थात पहिलाको जन्ममा गरेको राम्रो-नराम्रो कर्मलाई  भोग्ने अनि सामान्य जीवनयापन गर्ने ।

दस हजारमा केवल एउटा जीव मात्र आध्यात्मिक उन्नतिको लागि जन्म लिन्छ । आनन्दप्राप्तिको लागि आध्यात्मिक उन्नति गर्दछ । जुन आनन्दस्वरूप ब्रह्मबाट हाम्रो उत्पत्ति भएको हो, उहाँसम्म पुग्ने आकर्षण सबैमा धरै-थोरै त रहन्छ । उहाँसम्म पुग्नको लागि अर्थात आनन्दप्राप्ति तथा ईश्वरप्राप्तिको लागि के गर्न आवश्यक छ, यो अध्यात्मशास्त्रले सिकाउँछ ।

 

कुनै पनि व्यक्ति होस्, उ दुःखको कामना कहिले पनि गर्दैन !

कुनै पनि व्यक्ति होस्, उ दुःखको कामना कहिले पनि गर्दैन । उसको प्रयास यहि हुन्छ कहिले पनि दु:ख नहोस्, तर उसको जीवनमा धेरै पटक दुःखहरु आइरहन्छ ।

गोस्वामी तुलसीदासजी को कथनानुसार, ‘कन सम दुःख, लागै अति भारु । सुख सुमेर सम, तदपि खभारु ॥’; अर्थात कण भर (सानो) दु:ख पनि धेरै भारी लाग्न सक्छ, जबकि पर्वत समान सुख सानो लाग्दछ ! धेरै व्यक्तिहरुले यस्तो अनुभव गरेका होलान् । सामान्यतः मानव जीवनमा सुख २५ प्रतिशत अनि दुःख ७५ प्रतिशत हुन्छ । अधिकांश व्यक्तिहरुलाई  यो थाहा छैन कि आनन्द प्राप्ति कसरी गर्न सकिन्छ । त्यसैले प्रत्येक व्यक्ति पञ्चज्ञानेन्द्रिय, मन एवं बुद्धिद्वारा नै किन नहोस् केहि समयको लागि भए पनि, सुख पाउनको लागि प्रयत्न गर्दछ । जस्तै स्वादिष्ट व्यंजनको सेवन गर्ने आदि । यसको साथ दुःख हटाउनको लागि पनि प्रयत्न गर्दछ । जस्तै रोगग्रस्त भएमा औषधि लिने, बिग्रेको दूरदर्शन यन्त्र मर्मत गर्ने इत्यादि ।

युवा अध्यात्मको सन्दर्भमा के सोच्दछ ?

युवालाई  अध्यात्मको कुराहरु अविकशत लाग्दछ । उनलाई  लाग्दछ कि के यो आयु हो भगवद्-भजन गर्नको लागि । कसैको पनि मनमा यो सहज प्रश्न उठ्न सक्छ कि वैज्ञानिक युगमा रहेर पनि आधुनिक विज्ञान छोडेर, अध्यात्मशास्त्रको अभ्यास किन गर्नु पर्यो अर्थात चक्रलाई  उल्टो घुमाउन किन आवश्यक छ ? ‘सुन कहिले पुरानो हुँदैन’, यो भनाई  अनुसार आध्यात्मिक उन्नतिको लागि विज्ञान होइन, अध्यात्मशास्त्र नै उपयुक्त हुन्छ । यस तथ्यलाई  बुझ्नको लागि विज्ञान एवं अध्यात्मको केहि तुलनात्मक मुद्दाहरुमा हामीले ध्यान दिनु पर्छ ।

१. विज्ञानको व्याख्या के हो ? ‘विगतं ज्ञानं यस्मात् तत् ।’, अर्थात ‘जसबाट ज्ञान निकाल्यो, त्यो विज्ञान हो, यस्तो छ विनोदी विज्ञान; तर अर्थपूर्ण व्युत्पत्ति । ‘सा विद्या या विमुक्तये।’, अर्थात जसले मुक्ति दिन्छ त्यसलाई  नै विद्या / ज्ञान भनिन्छ ।’ यस्तो ज्ञान केवल अध्यात्मशास्त्रबाट मिल्दछ ।

२. दोस्रो भेद हो । विज्ञानको ‘सत्य’मा निरन्तर परिवर्तन भई रहन्छ । जस्तै आज डार्विनको सिद्धान्त गलत भनि रहेको छ । विज्ञानको पुस्तकहरुको सुधारित संस्करण छाप्नु पर्दछ । संक्षेपमा, विज्ञान अपूर्ण एवं असत्यको शास्त्र हो । यसको विपरीत आत्मज्ञानमा परिवर्तन हुँदैन । अध्यात्मको अनुसन्धानबाट प्राप्त सत्य त्रिकाल अबाधित एवं शाश्वत हुन्छ । त्यसैले वेद, उपनिषद आदि का पुनर्मुद्रण हुन्छन्, सुधारित संस्करण कहिले पनि हुँदैन ।

३. तेस्रो भेद हो । विज्ञान द्वारा जुन यो जन्ममा अनुभव द्वारा सिकेका हुन्छौं, आउँने जन्ममा पुन: त्यही सिक्नु पर्दछ, उदा. पढाई-लेखाई । तर अध्यात्ममा जुन यो जन्ममा अनुभूति द्वारा सिकेको हुन्छ, त्यो आउँने जन्ममा पनि ज्ञात रहन्छ ।

समाजको धेरै व्यक्तिहरु पैसा, गाडी, बंगला जस्ता साधन हुँदा पनि सुखी छैन्न् । विज्ञानद्वारा गरेको भौतिक प्रगतिको कारण सुख भोग्नको लागि विभिन्न साधनहरु उपलब्ध छन्; तर त्यसले केवल तात्कालिक सुख दिन्छ । विज्ञानले चिरकालीन सुख अर्थात आनन्द दिदैन; त्यसैले अध्यात्म नै आवश्यक छ, यो कुरा अझै पनि समाजको धेरै व्यक्तिहरुले बुझ्दैन्न् । यो बुझ्नको लागि अध्यात्मको जानकारी लिन आवश्यक छ । त्यसैले तपाई को व्यावहारिक लाभको लागि साधनाको साथ-साथ विज्ञानको उपयोग अवश्य गर्नुहोस् । हामीले जीवनको वास्तविक आनन्द लिनुछ अनि त्यसको रहस्य बुझ्नुछ, तब अध्यात्म बाहेक सम्भव छैन ।

अब युवाको दृष्टिबाट हेर्यौ भने तब प्राचीन कालमा हाम्रो धर्मशास्त्रमा चार आश्रम हुन्थ्यो – ब्रह्मचर्याश्रम, गृहस्थाश्रम, वानप्रस्थाश्रम तथा संन्यासाश्रम । यहाँ बाल्यकालदेखि युवावस्थासम्म, गुरुकुलमा नै हाम्रो धर्मशास्त्रको अध्ययन हुन्थ्यो । त्यहिबाट जीवनको महत्त्व अनि जीवनको उद्देश्य स्पष्ट हुन जान्छ । त्यसपछि गृहस्थाश्रममा घर व्यवहार चलाउने अनि त्यसपछि वानप्रस्थाश्रममा त्यागको भावना सिकाउँदथ्यो । यस कारण मनुष्य मायाजालमा नफसेर वर्तमानकालमा जीउँदथ्यो । आज पनि तपाई  देख्न सक्नु हुन्छ, कुनै पनि प्राणी, चराचुरुङ्गी आफ्नो घरमा कुनै वस्तु संचय गरेर राख्दैन्न् । जबकि मानव सबै भन्दा बुद्धिमान हुँदा हुँदै पनि संचय गर्नमा नै पूरा जीवन बिताई  दिन्छ । सबैलाई  थाहा छ कि एक दिन फ्ल्याट, बंगला, फार्म हाऊस, गाडी, भव्य कार्यालय सबै छोडेर जानुपर्छ, केहि पनि साथमा आउँदैन, तर पनि पूरा जीवन यसैमा बिताई  दिन्छ । यदि युवावस्थामा नै यी कुरा ध्यानमा आयो भने मलाई  यो चाहियो त्यो चाहियो यो विचार गरिरहने अनि यदि मिलेन भने निराशा, तनाव, चिन्ता, आत्महत्याको विचार, शारीरिक व्याधिहरु इत्यादि संकटमा हामी फस्न सक्दैनौं । यस कारण मनुष्यलाई  युवावस्थामा नै कर्म, प्रारब्ध अनि जीवनको उद्देश्य जान्नको लागि अध्यात्मले नै मार्गदर्शन गर्न सक्छ ।

 

अध्यात्म किन सिक्नुपर्छ ?

स्वामी विवेकानंदले भन्नु भएको छ, ‘अन्नदान, प्राणदान एवं विद्यादान, यी सबै भन्दा श्रेष्ठ हो धर्मदान ।’आज समाज अध्यात्मको ज्ञानबाट विमुख हुँदै गई रहेको छ, त्यसैले मानिसलाई  अध्यात्म एवं धर्मको वास्तविक पहिचान गराउँनु, श्रेष्ठ कार्य हो । आज समाजको स्थिति ‘हात्ती र छः अन्धा’को कथा समान भएको छ । समाजको बिभिन्न व्यक्तिहरु आफ्नो-आफ्नो सोच अनुसार ईश्वर, धर्म एवं अध्यात्म को अर्थ लगाई  रहेका छन् । यस्तो व्यक्तिहरुलाई  उचित शिक्षा दिन अध्यात्म प्रसारबाट सम्भव हुन्छ ।

केहि उदाहरण बताउने छु

धेरै व्यक्तिहरु जीवनभरि स्वयं निर्धारित साधना गर्दछन् । जस्तै कोहि वेदाध्ययन, कोहि करोड नामजप, कोहि गायत्रीमन्त्रको पुरश्चरण, कोहि तीर्थक्षेत्रको तीस-चालीस पैदल यात्राहरु इत्यादि । ती सबै गरेपनि अध्यात्ममा ज्यादै कम प्रगति गरेको देखाई  दिन्छ । यसको कारण के हो ? किनकि उनले जुन स्वयं निर्धारित साधना गर्यो, त्यो उनको लागि अनुचित छ । व्यक्तिलाई  उचित साधनाको जानकारी मिल्यो भने तब उनलाई  लाभ हुन्छ । अनि अध्यात्मको महत्त्व बुझ्न सक्छ ।

धेरै व्यक्तिहरु ठक्कर खाएपछि भगवानलाई  मान्न नै छोडिदिन्छ । हामी उसलाई  नास्तिक भन्न सक्छौं ? धेरै नास्तिहरुलाई  लाग्दछन् कि ‘अध्यात्म’ उनीहरुको विषय होइन । उनीहरुलाई  लाग्दछन् कि आध्यात्मिक उन्नति ईश्वरसँग नै सम्बन्धित हुन्छ । यो गलत विचार हो । साधना गर्ने लगभग ९० देखि ९५ प्रतिशत व्यक्ति आध्यात्मिक उन्नतिको लागि भक्तिमार्ग नै अपनाउँदछन् । त्यसैले केहि व्यक्तिको मनामा यो धारणा बनेको छ कि आध्यात्मिक उन्नतिको लागि भक्ति नै गर्नुपर्छ र जब भगवानमा विश्वास नै छैन त उनको भक्ति कसरी गर्ने ? यहि सबै सोचेर यो निष्कर्षमा पुग्दछ कि ‘यो सबै मेरो लागि होइन ।’उनी यो जान्दैन कि नास्तिकको गुरु मानिने सांख्य विचारधाराको ऋषि-मुनि ले पनि आध्यात्मिक उन्नति गरि मोक्षप्राप्ति गर्नु भयो । भगवान पतन्जलिको १९५ योगसूत्रहरु बाट केवल ७ सूत्र भगवानसँग सम्बन्धित छन्, शेष १८८ सूत्रहरुमा भगवानको उल्लेख नै छैन । यदि नास्तिक यी १८८ सूत्रहरुको पालन गर्यो भने आध्यात्मिक उन्नति गरि अवश्य मोक्षप्राप्ति गर्न सक्छ ! नास्तिकको भ्रमको दोस्रो महत्त्वपूर्ण कारण हो ‘मोक्ष’एवं ‘आध्यात्मिक उन्नति’इत्यादि शब्दहरुको सही अर्थ बुझ्न नसक्नु । संक्षेपमा, आध्यात्मिक उन्नतिको अर्थ हो सुख-दुःख भन्दा परे जुन आनन्द छ, त्यसको अनुभूति प्राप्त गर्नु । यसलाई  निरन्तर प्राप्त गरिरहनु नै मोक्ष हो ।

 

आज मानिसलाई  प्रत्यक्ष प्रमाण अथवा चमत्कार चाहिन्छ । तर आपदाहरुको समय यस्तो केहि देखाई  दिदैन । यसको अर्थ के हो ?

पंचज्ञानेन्द्रिय, पंचकर्मेन्द्रिय, मन, चित्त एवं बुद्धि, यी सबैका कार्यहरु भिन्न छन् । उदाहरण को लागि मनले भावनाहरुलाई  बुझ्दछ अनि जिब्रोलाई  स्वादको अनुभूति हुन्छ । जस्तो कुनै पदार्थमा मिठासको प्रमाण तराजूबाट जोख्न सकिदैन, यस प्रकार यस्तो अनुभवजन्य कुराको नापतौल बुद्धि द्वारा असम्भव हुन्छ । त्यसैले यो सोच्नु अनुचित हुन्छ कि ‘जुन बुद्धिद्वारा बुझ्न सक्छ, त्यहि सत्य हो ।’

आध्यात्मिक उन्नतिको अनुभूतिहरु पनि बुद्धिको बुझाइ भन्दा परे छ, तब यहाँ बुद्धिप्रमाण कसरी लागू हुन्छ ? जस्तै प्रभामण्डल, राम्रो एवं अनिष्ट शक्तिहरु इत्यादि विषयहरु बुद्धिको बुझाइ भन्दा परे छन्, यस प्रकार ईश्वर पनि बुद्धि भन्दा परे छ । त्यसो भए अध्यात्मको ग्रन्थ किन पढ्ने, यो प्रश्न केहि व्यक्तिको मनमा उठ्न सक्छ । यसको उत्तर यो हो कि शक्करको स्वाद बुद्धि भन्दा परे भए पनि स्वादको अनुभूति लिनको लागि शक्कर सेवन गर्ने निर्णय बुद्धि द्वारा गरि त्यसलाई  चाख्नु पर्दछ ! साधना गर्नको लागि पनि बुद्धिको प्रयोग गरेर नै बुद्धि भन्दा परे आत्मानुभूतिको आनन्दको अनुभव गर्न सकिन्छ । बुद्धिमान मनुष्यलाई  वाद-विवादको बलमा अध्यात्मज्ञानको विश्वास दिनको लागि उपनिषद लेखेको होइन; तर जिज्ञासुलाई  अनुभूतिको मार्ग देखाउँनको लागि लेखेको हो ।’यस्तो एउटा वचन छ । त्यसैले कुनै पनि विषयको अभ्यास नगरि त्यसमा लेख्नु अथवा बोल्नु अनुचित हो, यो सरल सीधा कुरा बुद्धिजीविले बुझ्न सक्दैन ।

अध्यात्मको महत्त्व

Leave a Comment