गुरुकृपायोग अनुसार साधना

जीवनमा आउँने दुःखलाई धैर्यपूर्वक सामना गर्ने शक्ति एवं सर्वोच्च स्तरको निरन्तर बनिरहने आनन्द केवल साधनाबाट मात्र प्राप्त हुन्छ । साधना अर्थात् ईश्वरप्राप्ति हेतु गरिने प्रयास । ‘साधनानाम् अनेकता’ अर्थात् साधना धेरै प्रकारका हुन्छन् । निश्चितरूपले कुन साधना गर्नुपर्छ, यस सन्दर्भमा धेरै व्यक्तिहरुलाई मनमा भ्रम उत्पन्न हुन्छन् । यसमा पनि प्रत्येक पन्थ एवं सम्प्रदाय भन्दछन् कि, हाम्रो साधना नै सर्वश्रेष्ठ छ । यसले उनको भ्रम अझै बढेर जान्छ । यस्तो स्थितिमा निश्चितरूपमा साधना कुन मार्गबाट गर्नपर्छ ?

कर्मयोग, भक्तियोग, ज्ञानयोग आदि कुनै पनि मार्गहरुबाट साधना गरेपनि बिना गुरुकृपा व्यक्तिले ईश्वरप्राप्ति गर्न असम्भव छ । त्यसैले भनिन्छ, ‘गुरुकृपा नै केवलं शिष्यपरममङ्गलम् ।’, अर्थात् ‘शिष्यको परममंगल अर्थात् मोक्षप्राप्ति, उसलाई केवल गुरुकृपाबाट नै हुन सक्छ ।’ गुरुकृपाको माध्यमबाट ईश्वरप्राप्तिको दिशामा मार्गक्रमण गर्नु नै ‘गुरुकृपायोग’ भनिन्छ । ‘गुरुकृपायोग’ को विशेषता यो हो कि, यसले सबै साधनामार्गहरुलाई समाहित गर्ने ईश्वरप्राप्तिको सरल मार्ग हो ।

गुरुकृपायोग साधना मार्गको अंग

१. व्यष्टी साधना

१. स्वभावदोष-निर्मूलन हेतु प्रयत्न गर्नु । ५. सत्सेवा
२. अहं-निर्मूलन हेतु प्रयत्न गर्नु । ६. त्याग
३. नामजप ७. प्रीती
४. सत्संग  ८. भावजागृतिको लागि प्रयास गर्नु

 

२. समष्टी साधना

संदर्भ : सनातन-निर्मित ग्रंथ ‘गुरुकृपायोगानुसार साधना’

Leave a Comment