अहं घटाउनको लागि साधनाको महत्त्वपूर्ण घटक के हो ?

अहं घटाउनको लागि साधनाको महत्त्वपूर्ण भागहरु के हुन् ?

ईश्वरसँग एकरूपता हुनको लागि प्रतिदिन जुन प्रयत्न गरिन्छ त्यसलाई साधना भनिन्छ । सम्क्षेपमा, दिनभरि जति सक्छौं अधिकाधिक हामी साधना गर्छौं, त्यति शीघ्रतासँग हाम्रो अहं अल्प हुन्छ ।

अ. सेवा

१. कुनै सेवा श्रेष्ठ र कुनै सेवा कनिष्ठ नसम्झनुहोस् । भाव यस्तो हुनुपर्छ कि ‘ सेवा तन, मन, धन, बुद्धि र अहं अर्पण गर्नको लागि माध्यम हो ।’ सेवामा ‘सेवक’ भाव होस् । साधकमा यस्तो भाव हुनुपर्छ कि ‘म उत्तम सेवा गर्न चाहन्छु; तर करन-करावनहार गुरु अथवा ईश्वर हुन्’ । जब तपाई सोच्नुहुन्छ कि ‘मेरो कारण बढि सेवा भयो’, तब बुझ्नुहोस् कि सेवा व्यर्थ भयो ।

२. शूद्रवर्णको सेवाले अहं शीघ्र घटाउनमा सहायता मिल्दछ, उदाहरणार्थ भाडा माझ्ने, सरसफाई गर्ने इत्यादि ।

३. दैनिक जीवनमा सबै कामकाज सेवाको रूपमा नै गर्नको लागि प्रयत्न गर्नुहोस्, उदाहरणार्थ ‘आफ्नो कपडा इस्त्री गर्दा पनि गुरु सेवा नै हो’, यस्तो भाव रहयो भने तब सेवावृत्ति बढाउनमा सहायता मिल्दछ । ‘म सेवक हूँ’, यो भाव जति अधिक हुन्छ, त्यति मात्रामा अहं पनि शीघ्र घट्दछ ।

आ. त्याग

१. अहं नष्ट गर्नको लागि स्वार्थ त्याग गर्न आवश्यक हुन्छ । स्वार्थ तीन प्रकारका छन्, कायिक (शरीर), वाचिक (बोली) र मानसिक ।

कायिक स्वार्थ – अरुको लागि आफ्नो देहले कष्ट उठाउन नपरोस् यसलाई ध्यान दिने ।

वाचिक स्वार्थ – मेरो शब्दहरुलाई सबैले मान राख्नुपर्छ र मैले कसैलाई केहि ज्यादा भन्यो भने पनि शान्तपूर्वक सुन्नुपर्छ’, यस्तो मनोवृत्ति ।

मानसिक स्वार्थ – मेरो राय अनुसार सबैले आचरण गर्नुपर्छ’ यस्तो मनोवृत्ति ।

२. मन पर्ने वस्तु कसैलाई दिनुको अर्थ हो, आफ्नो रुचिको त्याग । यस्तो गर्दा ‘स्व’ सँग जोडेको विचार बिस्तारै-बिस्तारै कम हुन थाल्दछ र अहं घट्दछ ।

३. मनबाट आफ्नो घरलाई गुरुचरणमा अर्पण गर्नुहोस्, घरलाई यस्तो भावसँग हेरचाह गर्नुहोस् कि ‘म गुरुको घरको विश्वस्त हूँ । यस्तो भावको कारण घरको समानहरु प्रति अहं घट्न थाल्दछ ।

४. अन्य साधकको सेवा शीघ्र होस्, यो सोचले प्रयत्न गर्नुको अर्थ हो आफ्नो समयको त्याग ।

ईश्वरचरणमा सर्वस्व अर्पण गर्नको लागि चरण-दर-चरण तन, मन, धन र प्राणको त्याग आवश्यक हुन्छ ।

इ. प्रीति (निरपेक्ष प्रेम)

सामान्य व्यवहारमा हामी जसलाई प्रेम भन्छौं, त्यसमा केहि अपेक्षाहरु हुन्छन् । ईश्वर र ईश्वर द्वारा रचित सम्पूर्ण सृष्टिको बिभिन्न अङ्गहरुबाट कुनै पनि प्रकारको अपेक्षा नराखि, केवल प्रेम गर्नु नै ‘प्रीति’ हो । जति हामी अरुको आध्यात्मिक हितको विचार अधिक गर्छौं, त्यहि परिमाणमा स्वयंसँग सम्बन्धित विचार घट्दछ र मन व्यापक बन्नमा सहायता मिल्छ । यस्तो गरेर, हामी ‘सम्पूर्ण विश्व मेरो घर हो’ भन्ने चारणमा पुग्नेछौं ।

ई. नामजप

भगवानको नाम भनेको अहंकारलाई बिर्सनको लागि उत्तम तरिका हो । साधक नामजपमा मग्न भएर स्वयंलाई बिर्सनुपर्छ, नामसँग एकरूप हुनुपर्छ । – प.पू. भक्तराज महाराज

१. नामजप द्वारा अहं अल्प भएको सन्दर्भमा अनुभूति

(‘देवताको नामजपमा कति शक्ति छ’, यो अनुभूतिबाट स्पष्ट हुन्छ । अर्थात नामजपको शक्तिको अनुभव लिनको लागि नामजप उत्कंठाको साथ र भावपूर्ण रुपले गर्न आवश्यक छ ।)

अनुभूति – ‘२७.८.२००३ को दिन म श्री दुर्गादेवी को नामजप गरिरहेको थिए । तब यस्तो लाग्यो श्री दुर्गादेवीले धेरै शस्त्रहरु छोडि रहनु भएको छ । ती सबै शस्त्रहरु मेरो ‘अहं’ लाई लागिरहेको छ । मनमा विचार आयो, ‘के आज मेरो अहं पूर्णतः नष्ट हुने छ?’ तुरुन्त अर्को विचार आयो, ‘श्री दुर्गादेवी मेरो अहं चरण-दर-चरण नष्ट गर्नु हुनेछ ।’ नामजप समाप्त भएपछि मैले थाहा पाएँ कि मेरो अहं केहि मात्रामा कम भयो । म केहि महिनादेखि अहं कम गर्नको लागि धेरै प्रयत्न गरिरहेको थिएँ । मनमा उत्पन्न भएको प्रतिक्रिया व्यक्त नगर्ने, कुनै पनि कुराले दुःख हुँदा पनि केहि भएको छैन जस्तो व्यवहार गर्ने समय मनमा धेरै तनाव आउँदथ्यो । श्री दुर्गादेवीको नामजपपछि अनुभव भयो कि प्रतिक्रिया आउने र कुनै पनि कुराको दुःख लाग्ने आफै रोकियो ।’ – वैद्य मेघराज पराडकर, सनातन आश्रम, रामनाथी, गोवा.

संदर्भ : सनातन निर्मित ग्रंथ ‘अहं-निर्मूलन के लिए साधना ’

Leave a Comment