विश्वव्यापी माहामारी निम्त्याउने कोरोना विषाणुको नयाँ प्रकार ओमिक्रोन विषाणु विरुद्ध आध्यात्मिक स्तरमा लड्न यो जप गर्नुहोस् !

Article also available in :

सन् २०२० देखि विश्वभरका मानिसहरु कोरोना विषाणुको संकटसँग जुधिरहेका छन् । अब २ वर्ष पूरा हुन लागेको छ, तर अझै पनि मानिसहरु ती विषाणुबाट संक्रमित भइरहेका छन् । अब यस्तो देखिन्छ कि यसको (कोरोनाको) नयाँ प्रकारको ओमिक्रोन नामक विषाणुको विस्तार भइरहेको छ । कोरोना विषाणुको साथ आध्यात्मिक स्तरमा लड्नको लागि कुन नामजप कति समय गर्ने ?, यसको जानकारी र नामजपको ध्वनिमुद्रण सनातन संस्थाको Sanatan.org वेबसाइटमा उपलब्ध छ । यसबाट विश्वका धेरै मानिस लाभान्वित भएका छन् । अब यहाँ ओमिक्रोन विषाणुसँग आध्यात्मिक स्तरमा लड्नको लागि जुन नामजप गर्नुपर्छ, त्यो यहाँ दिएको छ ।

सद्गुरु (डॉ.) मुकुल गाडगीळज्यू

 

१. नामजप

ॐ नमो भगवते वासुदेवाय । श्री दुर्गादेव्यै नमः । श्री हनुमते नमः । ॐ नमः शिवाय । ॐ नमः शिवाय ।
यो ५ नामजपहरुको एउटा जप हो र यहि क्रममा नामजप गर्नुपर्छ ।

 

२. नामजपको अवधि

अ. यदि कुनै क्षेत्रमा ओमिक्रोन विषाणुको संक्रमण देखिएको छ भने त्यहाँ प्रभावित हुने सम्भावना अधिक हुन्छ । यस्तो समयमा स्वयमा विषाणुको संसर्ग हुन नदिन आध्यात्मिक स्तरमा यो नामजप हरेक दिन १ घण्टा गर्नुहोस् ।

आ. यदि कोही ओमिक्रोन विषाणुबाट संक्रमित भएमा माथि उल्लेखित आध्यात्मिक उपचारक नामजप लक्षणहरुको तीव्रता अनुसार तल उल्लेखित अवधिसम्म नामजप गर्न सकिन्छ ।

विषाणुको संक्रमणको तीव्रता नामजप गर्नको लागि अवधि (घण्टा)
१. मन्द १  देखि २
२. मध्यम ३  देखि ४
३. तीव्र ५ देखि ६

 

३. नामजपको ध्वनिमुद्रण

नामजप सुनेर उचित रुपमा भन्नको लागि अडियो रेकर्डिङ उपलब्ध गराएको छ ।

 

४. कोरोना विषाणु र ओमिक्रोन विषाणु बीच भिन्नता

कोरोना विषाणु भन्दा ओमिक्रोन विषाणु कम खतरनाक छ, यस्तो आधुनिक चिकित्सकहरुको (डाक्टरहरुको) राय छ ।

कोरोना विषाणु ओमिक्रोन विषाणु
१. सूक्ष्मता अधिक सूक्ष्म अल्प सूक्ष्म (टिप्पणी)
२. संक्रमणको लक्षण ज्वरो, सर्दी वा रुघाखोकी पाचन प्रणाली प्रभावित हुन्छ
३. लक्षणहरुको पहिचान लक्षण तुरुन्तै देखिँदैन लक्षण तुरुन्तै देखिन्छ

 

टिप्पणी – आपतकालको तीव्रता बढ्दै जाँदा अनिष्ट शक्तिहरु विरुद्धको लडाई सूक्ष्म युद्धबाट स्थूल युद्धतर्फ (तेस्रो विश्वदुद्धतर्फ) बढ्दै गएको छ । त्यसैगरि शारीरिक विकार उत्पन्न गर्ने विषाणुरूपी अनिष्ट शक्तिहरु पनि सूक्ष्म देखि स्थूलतर्फ अग्रसर भइरहेको छ । यस अनुसार कोरोना विषाणु पश्चात आउने ओमिक्रोन विषाणु पनि कम सूक्ष्म छ ।

 

५. प्रार्थना

गुरुको कृपाले माथि दिएको उपचारक नामजप विश्वभरका सबैका लागि लाभदायक होस्, विश्वमा ओमिक्रोन विषाणुको प्रभाव कम होस् र यसको फैलावट नियन्त्रण होस् । हाम्रो गुरुको पावन चरणमा प्रार्थना छ कि उपचारक नामजप दोहोर्याउने प्रयासबाट धेरै मानिसहरूले यस प्रतिकूल समयमा आध्यात्मिक साधनाको महत्त्व र गम्भीरता महसुस गरून् र तिनीहरूले आफ्नो साधनाको सुरुवात गरून् !

 

६. साधकहरुलाई सूचना !

१. ओमिक्रोन भेरियन्टबाट संक्रमणका केसहरू पत्ता लागेका क्षेत्रहरूमा ओमिक्रोन भेरियन्टबाट आध्यात्मिक सुरक्षा प्रदान गर्ने उपचारक नामजप पठन गर्नुहोस्, साधकहरूले कोभिड-१९ बाट आध्यात्मिक सुरक्षा प्रदान गर्नको लागि उपचारक नामजप पठन गर्न रोक्न सक्छन् । (श्री दुर्गा-श्री दत्त-शिवका नामहरू) । ओमिक्रोनका केसहरू अहिलेसम्म फेला परेका छैन्न्, ती क्षेत्रहरूमा कोभिड १९ बाट आध्यात्मिक सुरक्षा प्रदान गर्न उपचारक नामजप वाचनलाई पहिले जस्तै जारी राख्न सकिन्छ।

२. ओमिक्रोन वा कोविड १९ बाट आध्यात्मिक सुरक्षाको लागि उपचारक नामजप गरेपछि, अन्य समयमा साधकले जसरी प्राणशक्ति (महत्वपूर्ण ऊर्जा) प्रवाह प्रविधि प्रयोग गरेर पत्ता लगाएको भगवानको नामजप गर्दथ्यो, त्यसै गरी गर्नुहोस् ।

३. यो भन्दा पहिला नै निर्विचार, ॐ निर्विचार र श्री निर्विचाराय नमः । यी नामजपहरुको सन्दर्भमा जुन सूचनाहरु दिएको थियो त्यही अनुसार नामजप गर्नुपर्छ ।

– (सद्गुरु) डॉ. मुकुल गाडगीळ, पीएच.डी.

यो नामजप सनातन चैतन्यवाणी एपमा पनि उपलब्ध छ । सनातन चैतन्यवाणी एप डाऊनलोड गर्नको लागि https://www.sanatan.org/Chaitanyavani यो लिङ्कमा जानुहोस् ।

Disclaimer : At the outset, Sanatan Sanstha advises all our readers to adhere to all local and national directives to stop the spread of the coronavirus outbreak (COVID-19) in your region. Sanatan Sanstha recommends the continuation of conventional medical treatment as advised by medical authorities in your region. Spiritual remedies given in this article are not a substitute for conventional medical treatment or any preventative measures to arrest the spread of the coronavirus. Readers are advised to take up any spiritual healing remedy at their own discretion.

Leave a Comment