भगवान दत्तात्रेय

दत्त अर्थात त्यो जसले निर्गुणको अनुभूति प्राप्त गरेको छ; त्यो हो जसले अनुभूति हुन्छ की ‘म ब्रह्म नै हुँ, मुक्त नै छु, आत्मा नै हुँ ।’

श्री गुरुदेव दत्तको नामजप (Audio)

१. ‘तारक’ र ‘मारक’ नामजप

देवताको नामजप गर्नु, कलियुगमा सबै भन्दा सरल साधना हो । देवताको ‘तारक’ र ‘मारक’ यी दुई रूपहरु हुन् । भक्तलाई आशीर्वाद दिने देवताको रूप ‘तारक’ हुन्छ, असुरहरुलाई संहार गर्ने रूप ‘मारक’ हुन्छ । तसर्थ, देवताको तारक रूपसँग सम्बन्धित नामजपलाई ‘तारक नामजप’ र मारक रूपसँग सम्बन्धित नामजपलाई ‘मारक नामजप’ भनिन्छ ।

२. देवताको ‘तारक नामजप’ को महत्त्व

देवताको नामजप गर्नको लागि दुई पद्धतिहरु छन्, तारक र मारक । ‘तारक नामजप’ गर्दा जपकर्तालाई चैतन्य, आनन्द र शान्तिको अनुभूति हुन्छ तथा उनको मनमा देवताप्रति सात्त्विक भाव पनि उत्पन्न हुन्छ । अनिष्ट शक्तिको कष्टबाट रक्षा हुनको लागि देवताको नाम तारक पद्धतिले नामजप गर्नु आवश्यक हुन्छ ।

“श्री गुरुदेव दत्त तारक नामजप”

३. देवताको ‘मारक’ नामजपको महत्त्व

मारक पद्धतिबाट नामजप गर्दा देवताबाट शक्ति र चैतन्यका तरंगहरु प्रक्षेपित हुन्छन्, जुन जपकर्तालाई मिल्दछ । त्यसैगरि, व्यक्तिको शरीरमा सूक्ष्मरूपमा स्थित अनिष्ट शक्ति हटाउनको लागि देवताको मारक नामजप आवश्यक हुन्छ ।

“श्री गुरुदेव दत्त मारक नामजप”

४. श्री दत्तात्रेय भगवानको कसरी नामजप गर्ने?

देवताको नामजपबाट अधिक लाभ प्राप्त गर्नको लागि सम्बन्धित नामजपको उच्चार अध्यात्मशस्त्र अनुसार गर्न आवश्यक हुन्छ । यसको लागि हामी, ‘श्री गुरुदेव दत्त’ यो नामजप गर्न सिक्नेछौं ।

तारक पद्धतिबाट ‘श्री गुरुदेव दत्त’ नामजप गर्दा श्री दत्तात्रेय भगवानको रूप मन-मनै स्मरण गर्नुहोस् र भाव राख्नुहोस् कि उहाँ हामीलाई अतृप्त पूर्खाको कारण हुने कष्टबाट रक्षा गर्नको लागि दौडिदै आउँनुहुन्छ र यो भावको साथ नामजपको प्रत्येक अक्षरको उच्चारण गर्नुहोस् ।

यसको ठीक विपरीत, मारक नामजप गर्ने समय ‘श्री गुरुदेव दत्त’ यस जपको हरेक अक्षर मारक स्वरमा उच्चारण गर्नुहोस् । यस्तो गर्ने समय ‘दत्त’ शब्दको ‘द’ अक्षरलाई अधिक जोड दिनुहोस् ।

 

“ॐ ॐ श्री गुरुदेव दत्त ॐ ॐ तारक नामजप”

“ॐ ॐ श्री गुरुदेव दत्त ॐ ॐ मारक नामजप”

५. आफ्नो प्रकृति अनुसार देवताको ‘तारक’ अथवा ‘मारक’ नामजप गर्नु महत्त्वपूर्ण छ ।

आफ्नो प्रकृति अनुसार देवताको तारक अथवा मारक नामजप गर्नाले जपकर्तालाई देवताको तत्त्वको अधिक लाभ मिल्दछ ।

माथि उल्लेखित तारक र मारक दुबै प्रकारको नामजप केहि समय गरेर, अनुभव लिनु पर्दछ । जुन प्रकारले नामजप गर्दा मनलाई अधिक आनन्द हुन्छ, त्यहि गर्नुहोस् । जो व्यक्ति प्रतिदिन नामजप अथवा साधना गर्दैन, उनीले पनि थोरै-थोरै तारक र मारक दुबै प्रकारको नामजप केहि समय गरेर अनुभव लिनुहोस् र जुन पद्धति राम्रो लाग्छ, त्यहि अनुसार नामजप गर्नुहोस् ।

६. कालनुसार देवताको तारक र मारक नामजपको महत्त्व

कुनै पनि कार्य कालानुसार गर्नाले धेरै फाइदाजनक हुन्छ । ‘कालनुसार देवताको तारक र मारक तत्त्व कुन पद्धतिले नामजप गर्दा धेरै लाभदायक हुन्छ’, यस विषयमा अध्यात्मशास्त्रीय अध्ययन गरि, केहि देवताहरुका नामजपका अभिलेखन (रेकर्ड) गरिएको छ । यसको लागि परात्पर गुरु डा. जयंत आठवलेज्यूको मार्गदर्शनमा विभिन्न प्रयोगहरु गरियो र यी प्रयोगहरुको आधारमा देवताहरुको नामजप तयार गरिएको छ । यस प्रकार नामजप गर्नाले उनलाई कालनुसार आवश्यक श्रीदत्तात्रेय भगवानको तारक अथवा मारक तत्त्व जपकर्ताको भाव अनुसार प्राप्त हुनमा सहायता हुन्छ ।

समाजमा नामजप गर्ने ९० प्रतिशत मानिसहरुको रुचि भावपूर्ण नामजप गर्नुमा हुन्छ । बाँकी १० प्रतिशत, जसको लागि मारक भावको नामजप उपयोगी छ, उनीहरु यस नामजपबाट वञ्चित नहोस्, यसको लागि अभिलेखन (रेकर्ड) गरिएको हो ।

तपाईको परिवार, आफन्त, साथीहरुलाई यी नामजपहरुको बारेमा जानकारी दिनुहोस् ताकि उनीहरु पनि नामजपबाट फाइदा लिन सकून् ।

साधक, यो भन्दा पहिला दैनिक ‘सनातन प्रभात’ मा प्रकाशित सूचना अनुसार, ‘ॐ ॐ श्री गुरुदेव दत्त ॐ ॐ’ यो नामजप गर्नुहोस् ।

– कु. तेजल पात्रीकर, संगीत विशारद, संगीत संयोजिका, महर्षि अध्यात्म विश्विद्यालय, सनातन आश्रम, रामनाथी, गोवा.

‘सनातन चैतन्यवाणी’ यो मोबाइल एपमा पनि यो नामजप उपलब्ध छ !

यो नामजप सुन्ने समय तपाईलाई कुनै विशेष अनुभूति भयो भने हामीलाई अवश्य बताउँनुहोस् ।

हाम्रो सम्पर्क हो – [email protected]

 

भगवान दत्तको नामजप गर्नाले अतृप्त पूर्खाको कष्टबाट रक्षा हुने

अ. संरक्षक-कवच निर्माण हुने

भगवान दत्तको नामजपबाट निर्माण हुने शक्तिबाट नामजप गर्ने व्यक्तिको वरिपरि सुरक्षा-कवच निर्माण हुन्छ ।

आ. अतृप्त पूर्खाहरुलाई गति प्राप्त हुने

अधिकांश व्यक्ति साधना गर्दैन्न् । तिनीहरु मायामा फसेका हुन्छन् । मायामा फसेको कारण मृत्योपरांत त्यस्ता व्यक्तिहरुको लिंगदेह अतृप्त रहन्छन् । यी अतृप्त लिंगदेहहरु मर्त्यलोकमा अट्किन जान्छन् । भगवान दत्तको नामजपले मृत्युलोकमा अट्केका पूर्खाहरुलाई गति प्राप्त हुन्छन् । (भूलोक तथा भुवर्लोक को बीचमा मृत्युलोक हुन्छ ।) तसर्थ, त्यस पछि उनीहरु आफ्नो कर्मानुसार अगाडिको लोकहरुमा जान्छन् र व्यक्तिलाई हुने कष्टको प्रमाणहरु कम हुन्छन् ।

इ. भगवान शिवको शक्ति प्राप्त हुने

भगवान दत्तको नामजपबाट जीवलाई भगवान शिवको पनि शक्ती प्राप्त हुन्छ ।

 

दत्तात्रेयको नामजप तथा अतृप्त पूर्खाहरुको कष्टमा उपाय योजना

१. कुनै प्रकारको कष्ट नहोस्, आउँने दिनहरुमा पनि कुनै कष्ट नहोस् यसको लागि, हालमा कम कष्ट छ भने कमसे कम १ देखि २ घण्टा अथवा ३ घण्टा `श्री गुरुदेव दत्त ।’ यो नामजप सधै गर्नुहोस् । बाकी समय प्रारब्धको कारण कष्ट नहोस्, तथा आध्यात्मिक उन्नति होस् यसको लागि सर्वसामान्य व्यक्ति अथवा प्राथमिक अवस्थाको साधक आफ्नो कुलदेवताको नामजप अधिकाधिक गर्नुपर्दछ ।

२. मध्यम स्वरूपको कष्ट छ भने कुलदेवताको नामजपको साथ-साथै `श्री गुरुदेव दत्त ।’ यो नामजप कम-से-कम २ देखि ४ घण्टा गर्नुहोस् । त्यसै गरी बिहीबारको दिन भगवान दत्तको मन्दिरमा गएर सात परिक्रमा लगाउनुहोस् तथा बसेर एक-दुई माला नामजप कम-से-कम वर्षभरि गर्नुहोस् । त्यसपछि, तीन माला नामजप गरिरहनुहोस् ।

३. तीव्र कष्ट छ भने कम-से-कम ४ देखि ६ घण्टा नामजप गर्नुहोस् । कुनै पनि एउटा ज्योतिर्लिंगको तीर्थक्षेत्र गएर नारायणबली, नागबली, त्रिपिंडी श्राद्ध, कालसर्पशान्ति जस्ता विधि गर्नुहोस् । यसको साथै कुनै दत्तक्षेत्रमा रहेर साधना गर्नुहोस् अथवा सन्तसेवा गरि उहाँको आशीर्वाद प्राप्त गर्नुहोस् ।

४. पितृपक्षमा भगवान दत्तात्रेयको नामजप गर्नाले पितृहरुलाई शीघ्र गति प्राप्त हुन्छ; त्यसैले यो कालावधिमा प्रतिदिन दत्त भगवानको नामजप न्यूनतम ६ घण्टा (७२ माला) गर्नुहोस् ।

Leave a Comment