भाद्रपद मासको महत्त्व
चैत्रादि गणना अन्तर्गत भाद्रपद छैठौं मास हो । यस महिनाको पूर्णिमाको आसपास पूर्वाभाद्रपदा नक्षत्र आउँदछ । त्यसैले यस महिनालाई ‘भाद्रपद’ भनेर पनि चिनिन्छ । यस महिनाको अर्को नाम हो ‘नभस्य’ । भाद्रपद महिनामा श्रीविष्णुको कृपाको लागि मह र घी प्रयोग गरि बनाएको खीरको साथ गुडभात एवं नुनको दान गर्ने विधान वामनपुराणमा उल्लेख छ । यस महिनामा एक पटक भोकै रहनाले अर्थात केवल एक पटक मात्र भोजन गर्नाले ऐश्वर्य प्राप्ति हुन्छ । यस महिनाको केहि विशेष व्रतहरु हुन्,
अ. हरितालिका
आ. गणेशचतुर्थी
इ. ऋषिपञ्चमी
ई. ज्येष्ठागौरी एवं
उ. अनन्त चतुर्दशी
यी मध्ये श्रीगणेश चतुर्थी, व्रतको साथ-साथै त्यौहार तथा उत्सवको रूपमा पनि मनाइन्छ ।
हरितालिका
तिथि
यो व्रत (उपवास) भाद्रपद शुक्ल पक्ष तृतीयामा मनाइन्छ । मां पार्वती यस व्रतको प्रमुख देवता हुन् । यस व्रतमा उमा-महेश्वरको मूर्तिको स्थापना गरि यथाविधि उनको पू्जा गरिन्छ । कतिपय प्रदेशहरुमा देवता पूजनको साथ हवन पनि देवताको पूजासँगै गरिन्छ, जसमा तिल एवं घ्यू इत्यादि चढाइन्छ । यस दिन ‘हरिकाली’, ‘हस्तगौरी’ एवं ‘कोटेश्वरी’ इत्यादि मां पार्वतीका रूपहरुका व्रत पनि गरिन्छ । विशेष गरी स्त्रिहरु नै यो व्रत गर्छन् ।
हरितालिका व्रतका उद्देश्य एवं लाभ
मां पार्वतीले शिवजीलाई वरको (दुलहाको) रूपमा प्राप्त गर्नको लागि यो व्रत गर्नु भएको थियो । त्यसकारण विवाहयोग्य कन्याहरु अनुरुप वर (दुलहा) प्राप्तिको लागि यो व्रत गर्छन्, त्यसैले सुहाग अखण्ड बनाई राख्नको लागि सुहागन स्त्रिहरु पनि यो व्रत गर्दछन् ।
हरितालिका व्रत गर्नाले हुने विविध फाईदाहरु
१. व्रतको दिन उपवासको कारण देह (शरीर) पवित्र हुन्छ ।
२. ब्रह्माण्डमा विद्यमान शिवतत्त्व, व्रतकर्तीतर्फ आकर्षित हुन्छ ।
३. उनको शीघ्र आध्यात्मिक उन्नति हुनमा सहायता हुन्छ ।
४. कठोर व्रतपालन गर्नाले मृत्युपछि व्रतकर्तीलाई शिवलोकमा स्थान प्राप्त हुन्छ ।
यस प्रकार यो व्रत यस जन्ममा सांसारिक विघ्न हटाउन एवं मृत्युपछि लाभ प्रदान गर्दछ ।
हरितालिका व्रतांतर्गत देवतापूजनको पूर्वायोजन एवं प्रत्यक्ष पूजन
हरितालिका व्रत दृश्यपट (Haritalika Video) हिन्दि भषामा
प्रातःकाल मंगलस्नान गरि पार्वती एवं उनको मित्रको मूर्ति ल्याएर शिवलिंगसहित पूजा गरिन्छ । भक्तहरु रातभर जागरण रहन्छन् अनि भोलिपल्ट उत्तरपूजा (समापन पूजा) गरिसकेपछि लिंग तथा मूर्ति विसर्जन गर्दछन् ।
सनातन हिन्दु धर्ममा प्रत्येक महीनाको विशेष महत्त्व छ । साथै प्रत्येक मासमा वातावरणमा हुने परिवर्तनको परिणाम सृष्टिमा पनि हुन्छ । यसको विचार गरि शास्त्रमा प्रत्येक महीनामा केहि विशेष धार्मिक कृत्य गर्नुको विधान बताएको छ । यसमा केहि चाड, केहि पर्व, केहि व्रत पनि अन्तर्भूत छन् । तिनीहरुका अध्यात्मशास्त्रीय महत्त्व एवं आधार बुझ्नाले श्रद्धा बढ्नमा मद्दत हुन्छ । प्रत्येक व्रतसँग सम्बन्धित विशेष धार्मिक विधि, उपवास, संकल्प इत्यादि आचार हुन्छ ।
देवतापूजनको स्थान सफा गरि रंगोली इत्यादि ले सुशोभित गर्दछ । चौकीको दुबैतर्फ दीपस्तम्भ राख्दछ । पूजाको थालीमा सजाएको सामग्री पूजास्थानको नजिक राख्नुहोस् । हरितालिका पूजनको आरम्भमा सर्वप्रथम स्त्रि आचमन, प्राणायाम गरिसकेपछि देशकाल कथन गर्दछ । त्यस पश्चात स्त्रिहरु संकल्प गर्दछन्…
मम उमामहेश्वरसायुज्यसिद्धये हरितालिकाव्रतम् अहं करिष्ये ।
अर्थात, श्री उमामहेश्वरबाट सायुज्य मुक्ति प्राप्त हुनको लागि म यो हरितालि का व्रत गर्दछुँ ।
अ. आजको दिन स्त्रिहरु नदीको बगरमा गएर अथवा उपलब्धता अनुसार बगिरहेको एवं शुद्ध पानीको बालुवा घर लिएर आउछ ।
आ. घरमा सजाएको देवतापूजनको स्थानमा त्यो बालुवाबाट शिवपिण्डी बनाउँछ ।
इ. आजकल नगरहरुमा एवं ठूलो शहरहरुमा मां पार्वती एवं उनकी मित्रको, शिवलिंगको साथ मूर्तिहरु उपलब्ध छन् ।
ई. मां पार्वती एवं मित्रको मूर्तिलाई घरमा स्थापित गरि, उनको पूजा गरिन्छ ।
उ. हरितालिका पूजनमा बिल्वपत्र, अपामार्ग अर्थात चिचडा, पारिजात, करवीर अर्थात कनेर, अशोक इत्यादि सोलह प्रकारका पत्रहरु शिवपिण्डीमा चढाई छ ।
ऊ. साथै स्त्रि श्वेत पुष्प पनि समर्पित गर्दछ ।
ए. गुड-नरिवर अर्थात jaggery-coconut kernel, दूध एवं उपलब्धता अनुसार फल नैवेद्यस्वरूप निवेदित गर्दछ ।
ऐ. त्यसपछि देवी हरितालिकाको आरती गरिन्छ ।
ओ. पूजापछि स्त्रिहरु भावपूर्ण प्रार्थना गर्दछन् । यो दिन पूजाको समय प्रज्वलित गरिको दीप विसर्जनको समयसम्म प्रज्वलित राखिन्छ, त्यसलाई निभन दिदैन । यसले पूजकको भाव अनुसार उनलाई शिव तत्त्व एवं तेज तत्त्वको लाभ हुन्छ ।
औं. साझको समयमा पनि स्त्रि देवीको आरती गर्दछ तथा रात्रिको समय जागरण रहि हरितालिकाको कथाको श्रवण गर्दछ ।
अं. हरितालिकाको दिन पूजा गर्नुको साथै स्त्रि दिनभर उपवास राख्छन् । उपवास गर्नुको अर्थ हो, अन्न ग्रहण नगरि नामस्मरण गर्दौ देवताको सतत संधान साधना ।
क. स्त्रिहरु जीवनमा आउने विघ्न हटाईदिनको लागि शिवजीलाई प्रार्थना गर्दछ । भावपूर्ण प्रार्थनाको कारण स्त्रीतर्फ शिव-शक्तिको प्रवाह आकृष्ट हुन्छ तथा उनको भावानुसार उनलाई लाभ मिल्दछ ।
हरितालिका व्रतको दोस्रो दिन गरिने विधि
स्त्रि देवीको आरती गर्दछ । देवीलाई दही एवं भातको नैवेद्य निवेदित गर्दछ । त्यसपछि शिवपिण्डी एवं सखी पार्वतीको मूर्तिहरु जलस्रोत नजिक लगिन्छ एवं तिनीहरुलाई बगिरहेको पानीमा विसर्जित गरिन्छ । केहि स्थानहरुमा हरितालिकाको दोस्रो दिन स्त्रिहरु यथाशक्ति एक, आठ अथवा सोलह दम्पतिलाई खाना खुलाउछन् तथा उनीहरुलाई सौभाग्यद्रव्यले भरिएको सुहागपिटारीको दान दिन्छन् । त्यसपछि स्वयं भोजन गरि व्रतको समापन गर्दछ ।
संदर्भ : सनातनको ग्रंथ, ‘श्री गणपति’ एवं ‘धार्मिक उत्सव एवं व्रतों का अध्यात्मशास्त्रीय आधार’
गोवत्स द्वादशीको महत्त्व
कसरी मनाउने दीपावलीको चाडपर्व?
‘दीपावली’
श्री दत्तजयन्तीको महत्त्व
श्री हनुमान जयन्तीको पूजाविधि
हनुमान जयन्ती भन्न किन उचित… यो अवश्य थाहा पाउनुहोस् !