संकटकालमा गणेशोत्सव कसरी मनाउने

१. संकटकालीन परिस्थितिको अवस्थामा

हिन्दू धर्मशास्त्रमा उल्लेख भएको विकल्प हो ‘आपदधर्म’ ।

‘आजकल वैश्विक महामारी कारोनाको कारण सन्सारका मानिसहरु घर बाहिर निस्कनका लागि अनेक बन्धनमा परेका छन् । भारतमा सबैजसो राज्यमा यातायात बन्द (वन्दाबन्दी) लागू भएको छ । केही स्थानमा कोरोनाको प्रकोप कम हुँदै गएपनि सरकारी नियमका कारण मानिसहरु घर बाहिर निस्कन सकेका छैनन् । कोरोना समस्याका कारण हिन्दूहरुले मनाउने विभिन्न चाडपर्व, उत्सव, सामान्य जस्तै सामूहिकरूपमा मनाउन सरकारी तर्फबाट नियम बनाइएको अवस्था छ । कोरोना जस्तो संकटकालको समयमा हिन्दू धर्मशास्त्रले केही विकल्प पनि दिएको छ । त्यसलाई भनिन्छ ‘आपतधर्म’ । ‘आपतधर्म’को अर्थ हुन्छ ‘आपादि कर्तव्यो धर्मः । अर्थात् संकटकाल (समस्या ग्रस्त समय) मा धर्मशास्त्रसम्मत कृत्य ।’

यही आपतकालीन समयमा श्री गणेश चर्तुदशीका व्रत तथा गणेशोत्सव पर्व नजिक आइरहेको छ । सम्पतकालमा बताएको विधि अनुसार अर्थात सामूहिक रुपमा पर्व मनाउनु केही मर्यादाहरू छन् । त्यसैले, प्रस्तुत लेख वर्तमान समयमा धर्मशास्त्र अनुसार गणेशोत्सव कसरी मनाउन सकिन्छ ? त्यस बारेमा विचार विमर्श गदैंछौं । अहिलेको संकटकालीन समयमा महत्वपूर्ण सूत्र यो कि हिन्दू धर्म कुन स्तरसम्म पुगेर मनुष्यको विचार गरेको छ बुझ्न सक्छौं र हिन्दूधर्मको व्यापकता ध्यानमा आउँछ ।

 

२) गणेश चतुर्थीका व्रत कसरी मनाउन सकिन्छ ?

गणेशोत्सव सनातनी हिन्दूहरुको सबैभन्दा महत्वपूर्ण चाडपर्व हो । श्री गणेश चर्तुर्थीको दिन पृथ्वीमा गणेशतत्व सामान्य दिनको तुलनामा सहस्रगुणा बढी कार्यरत हुन्छ । हिजोआज कोरोना महामारीको प्रकोप झन–झन बढ्दै गएको खबर छ । त्यसैले केही शहर, गाउँहरुमा मानिसहरु घर बाहिर निस्कनका लागि सरकारले प्रतिबन्ध लगाएको अवस्था छ । यस्तो आपतकालीन अवस्थामा ‘आपदधर्म र धर्मशास्त्र’आधार लिएर सामान्य विधि र सरल तरिकाले पार्थिव सिद्विविनायक (श्री गणेश) को व्रत लिन सकिन्छ ।

विगतमा हरेक वर्ष माटोबाट बनेको, गणेश मूतिको पूजा हुने गरेको थियो । यो वर्ष जुन क्षेत्रमा कोरोना महामारीको प्रकोप अल्प छ, यातायात बन्दी छैन, त्यस्ता स्थानहरुमा सामान्य जस्तै गणेशमूर्ति ल्याएर पूजा गर्नुहोस् । (धर्मशास्त्रका अनुसार गणेशमूर्ति माटोको नै किन हुनुपर्छ ? यस लेखको अन्तिम सूत्रमा यसको विवरण दिएको छ ।)

मानिसहरुलाई कुनै कारण घर बाहिर निस्कन सम्भव छैन उदा. कोरोना प्रकोपको कारण वरपरको परिसर वा भवनलाई ‘प्रतिबन्धात्मक क्षेत्र’ को रुपमा घोषणा गरिएको छ, उनीहरुले गणेशतत्वका लाभ कसरी लिने ? यसको लागि सबैले आफ्नो घरमा रहेको गणेशमूर्तिको पूजा वा गणेशको चित्रमा षोडशोपचार विधिबाट पूजा गर्न सकिन्छ । यहाँ ध्यान दिनको लागि महत्वपूर्ण सूत्र हो पूजा गर्दा प्राणप्रतिष्ठा विधि नगरीकन पूजा गर्नुहोस् ।

विशेष सूचना: गणेशमूर्ति ल्याउने समय, मूर्तिको विसर्जन गर्ने समय घरको केही सदस्य मात्र बाहिर जानुहोला । मूर्ति विसर्जन आफ्नो घर नजिकैको ताल वा कुँवामा गर्नुहोला । यस्तो समयमा भीडभाँड नगर्नका लागि सरकारले दिएको आदेश पूर्ण पालना गर्नु हामी नागरिकको प्राथमिक कर्तव्य हो ।

–  श्री. दामोदर वझे, संचालक, सनातन पुरोहित पाठशाला, सनातन आश्रम, रामनाथी गोवा. (१३.७.२०२०)

Leave a Comment