१. संकटकालीन परिस्थितिको अवस्थामा
हिन्दू धर्मशास्त्रमा उल्लेख भएको विकल्प हो ‘आपदधर्म’ ।
‘आजकल वैश्विक महामारी कारोनाको कारण सन्सारका मानिसहरु घर बाहिर निस्कनका लागि अनेक बन्धनमा परेका छन् । भारतमा सबैजसो राज्यमा यातायात बन्द (वन्दाबन्दी) लागू भएको छ । केही स्थानमा कोरोनाको प्रकोप कम हुँदै गएपनि सरकारी नियमका कारण मानिसहरु घर बाहिर निस्कन सकेका छैनन् । कोरोना समस्याका कारण हिन्दूहरुले मनाउने विभिन्न चाडपर्व, उत्सव, सामान्य जस्तै सामूहिकरूपमा मनाउन सरकारी तर्फबाट नियम बनाइएको अवस्था छ । कोरोना जस्तो संकटकालको समयमा हिन्दू धर्मशास्त्रले केही विकल्प पनि दिएको छ । त्यसलाई भनिन्छ ‘आपतधर्म’ । ‘आपतधर्म’को अर्थ हुन्छ ‘आपादि कर्तव्यो धर्मः । अर्थात् संकटकाल (समस्या ग्रस्त समय) मा धर्मशास्त्रसम्मत कृत्य ।’
यही आपतकालीन समयमा श्री गणेश चर्तुदशीका व्रत तथा गणेशोत्सव पर्व नजिक आइरहेको छ । सम्पतकालमा बताएको विधि अनुसार अर्थात सामूहिक रुपमा पर्व मनाउनु केही मर्यादाहरू छन् । त्यसैले, प्रस्तुत लेख वर्तमान समयमा धर्मशास्त्र अनुसार गणेशोत्सव कसरी मनाउन सकिन्छ ? त्यस बारेमा विचार विमर्श गदैंछौं । अहिलेको संकटकालीन समयमा महत्वपूर्ण सूत्र यो कि हिन्दू धर्म कुन स्तरसम्म पुगेर मनुष्यको विचार गरेको छ बुझ्न सक्छौं र हिन्दूधर्मको व्यापकता ध्यानमा आउँछ ।
२) गणेश चतुर्थीका व्रत कसरी मनाउन सकिन्छ ?
गणेशोत्सव सनातनी हिन्दूहरुको सबैभन्दा महत्वपूर्ण चाडपर्व हो । श्री गणेश चर्तुर्थीको दिन पृथ्वीमा गणेशतत्व सामान्य दिनको तुलनामा सहस्रगुणा बढी कार्यरत हुन्छ । हिजोआज कोरोना महामारीको प्रकोप झन–झन बढ्दै गएको खबर छ । त्यसैले केही शहर, गाउँहरुमा मानिसहरु घर बाहिर निस्कनका लागि सरकारले प्रतिबन्ध लगाएको अवस्था छ । यस्तो आपतकालीन अवस्थामा ‘आपदधर्म र धर्मशास्त्र’आधार लिएर सामान्य विधि र सरल तरिकाले पार्थिव सिद्विविनायक (श्री गणेश) को व्रत लिन सकिन्छ ।
विगतमा हरेक वर्ष माटोबाट बनेको, गणेश मूतिको पूजा हुने गरेको थियो । यो वर्ष जुन क्षेत्रमा कोरोना महामारीको प्रकोप अल्प छ, यातायात बन्दी छैन, त्यस्ता स्थानहरुमा सामान्य जस्तै गणेशमूर्ति ल्याएर पूजा गर्नुहोस् । (धर्मशास्त्रका अनुसार गणेशमूर्ति माटोको नै किन हुनुपर्छ ? यस लेखको अन्तिम सूत्रमा यसको विवरण दिएको छ ।)
मानिसहरुलाई कुनै कारण घर बाहिर निस्कन सम्भव छैन उदा. कोरोना प्रकोपको कारण वरपरको परिसर वा भवनलाई ‘प्रतिबन्धात्मक क्षेत्र’ को रुपमा घोषणा गरिएको छ, उनीहरुले गणेशतत्वका लाभ कसरी लिने ? यसको लागि सबैले आफ्नो घरमा रहेको गणेशमूर्तिको पूजा वा गणेशको चित्रमा षोडशोपचार विधिबाट पूजा गर्न सकिन्छ । यहाँ ध्यान दिनको लागि महत्वपूर्ण सूत्र हो पूजा गर्दा प्राणप्रतिष्ठा विधि नगरीकन पूजा गर्नुहोस् ।
विशेष सूचना: गणेशमूर्ति ल्याउने समय, मूर्तिको विसर्जन गर्ने समय घरको केही सदस्य मात्र बाहिर जानुहोला । मूर्ति विसर्जन आफ्नो घर नजिकैको ताल वा कुँवामा गर्नुहोला । यस्तो समयमा भीडभाँड नगर्नका लागि सरकारले दिएको आदेश पूर्ण पालना गर्नु हामी नागरिकको प्राथमिक कर्तव्य हो ।
– श्री. दामोदर वझे, संचालक, सनातन पुरोहित पाठशाला, सनातन आश्रम, रामनाथी गोवा. (१३.७.२०२०)

गोवत्स द्वादशीको महत्त्व
कसरी मनाउने दीपावलीको चाडपर्व?
‘दीपावली’
श्री दत्तजयन्तीको महत्त्व
श्री हनुमान जयन्तीको पूजाविधि
हनुमान जयन्ती भन्न किन उचित… यो अवश्य थाहा पाउनुहोस् !