आपतकालीन स्थितिमा ‘श्रीकृष्ण जन्माष्टमी’ को पूजा कसरी गर्ने ?

‘कोरोना विषाणुद्वारा प्रभावित क्षेत्र जहाँ संचार बन्दी (लकडाउन) छ, त्यहाँ भेला भएर पूजा गर्न सम्भव छैन । प्रति वर्ष विभिन्न स्थानहरुमा ‘श्रीकृष्ण जन्माष्टमी’ उत्सव धूमधामसँग मनाईन्छ । त्यसकारण हामी एक साथ नआई कसरी हामी आफ्नै घरमा श्रीकृण्ण जन्माष्टमीको पूजा गर्न सक्छौं, यस विषयलाई यो लेखमा छलफल गरिएको छ ।

 

१. भगवान श्रीकृष्णको पूजाको समय

भगवान श्रीकृष्णको जन्म रातको १२ बजे हो । त्यसैले पूजाको लागि पहिला नै तयारि गरेर राख्नुहोस् । सम्भव छ भने राति १२ बजे श्रीकृष्ण जन्मको सोहर लगाउनुहोस् ।

 

२. श्रीकृष्णको पूजा

२ अ. श्रीकृष्ण जन्मको सोहर समाप्त भएपछि श्रीकृष्णको मूर्ति अथवा चित्रको पूजा गर्नुहोस् ।

२ आ. षोडशोपचार पूजा

जसको लागि भगवान श्रीकृष्णको ‘षोडशोपचार पूजा’ गर्न सम्भव छ, उनीहरु त्यस तरिकाले पूजा गर्नुपर्दछ ।

२ इ. पंचोपचार पूजा

जसका लागि भगवान श्रीकृष्णको ‘षोडशोपचार पूजा’ गर्न सम्भव छैन, उनीहरु ‘पंचोपचार पूजा’ गर्नुहोस् । पूजा गर्ने समय ‘सपरिवाराय श्रीकृष्णाय नमः’ यो नाममन्त्र उच्चारण गर्दै एक-एक उपचार भगवान श्रीकृष्णलाई अर्पण गर्नुहोस् । भगवान श्रीकृष्णलाई दही-चिउरा र मखनको भोग लगाउनुहोस् तत्पश्चात भगवान श्रीकृष्णको आरती गर्नुहोस् । (पंचोपचार पूजा : गंध/चंदन, हलदी-कुमकुम, पुष्प, धूप, दीप र नैवेद्य, इस क्रममा पूजा गर्नुहोस् ।)

 

३. श्रीकृष्णको मानसपूजा

जसले कुनै कारण भगवान श्रीकृष्णको प्रत्यक्ष पूजा गर्न सक्दैन, उनीहरुले भगवान श्रीकृष्णको ‘मानसपूजा’ गर्नुहोस् । (‘मानसपूजा’ को अर्थ प्रत्यक्ष पूजा गर्न सम्भव छैन भने तब पूजाको सबै उपचार भगवान श्रीकृष्णलाई मानस रुपमा (मनद्वारा) अर्पण गर्नुहोस् ।)

४. पूजापछि नामजप गर्ने

पूजा गरिसकेपछि केहि समयसम्म भगवान श्रीकृष्णको नामजप ‘ॐ नमो भगवते वासुदेवाय नमः’ गर्नुहोस् ।

५. भगवान श्रीकृण्लाई अर्जुन समान निस्सीम भक्ति निर्माण

यसपछि भगवान श्रीकृष्णले श्रीमद्भगवद्गीतामा दिनु भएको वचन ‘न मे भक्तः प्रणश्यति ।’ अर्थात ‘मेरो भक्तको नाश हुँदैन’ यो स्मरण गरि हामीमा अर्जुन समान असीम भक्ति निर्माण गर्नको लागि भगवान श्रीकृष्णलाई  मनःपूर्वक प्रार्थना गर्नुहोस् ।

भगवान श्रीकृष्णको सन्दर्भमा अधिक जान्नको लागि उपहार दिनुहोस् भगवान श्रीकृष्ण

स्त्रोत : दैनिक सनातन प्रभात

Leave a Comment