नागपञ्चमीपूजन – अर्थासह (भाग २)

Article also available in :

यस लेखमा नागपञ्चमी पूजन विधिको दोस्रो भाग दिइएको छ । पूजाको मन्त्रको अर्थ बुझ्दा नागपञ्चमी पूजा अधिक भावपूर्ण हुनमा सहायता हुन्छ ।

यस लेखको पहिलो भाग, ‘नागपञ्चमी पूजन (अर्थ सहित) (भाग १)’ पढ्न यहाँ ‘क्लिक’ गर्नुहोस् !

पिढीमा नवनागको चित्र बनाउनुहोस्

हलदीमिश्रित चन्दनबाट भित्तामा अथवा पिढीमा नागको चित्र बनाउँनुहोस् (अथवा नौ नागहरुको चित्र बनाउनुहोस् ।) चित्रको स्थानमा अगाडि दिएको नाममन्त्रले नवनागलाई आवाहन गर्नुहोस् । दायाँ हातमा अक्षता लिएर ‘आवाहयामि’ भन्दै नागदेवताको चरणमा अक्षता चढाउनुहोस् ।

ॐ अनन्ताय नमः । अनन्तम् आवाहयामि ॥
ॐ वासुकये नम: । वासुकिम् आवाहयामि ॥
ॐ शेषाय नम: । शेषम् आवाहयामि ॥
ॐ शङ्खाय नम: । शङ्खम् आवाहयामि ॥
ॐ पद्माय नम: । पद्मम् आवाहयामि ॥
ॐ कम्बलाय नम: । कम्बलम् आवाहयामि ॥
ॐ कर्कोटकाय नम: । कर्कोटकम् आवाहयामि ॥
ॐ अश्वतरये नम: । अश्वतरम् आवाहयामि ॥
ॐ धृतराष्ट्राय नम: । धृतराष्ट्रम् आवाहयामि ॥
ॐ तक्षकाय नम: । तक्षकम् आवाहयामि ॥
ॐ कालियाय नम: । कालियम् आवाहयामि ॥
ॐ कपिलाय नम: । कपिलम् आवाहयामि ॥
ॐ नागपत्नीभ्यो नमः । नागपत्नीः आवाहयामि ॥
ॐ अनन्तादिनागदेवताभ्यो नम: । ध्यायामि ।
(अनन्त आदि नागदेवताहरुलाई नमन गरि म ध्यान गर्छु।)

१. ॐ अनन्तादिनागदेवताभ्यो नमः । आवाहयामि ।
(अनन्तादि नागदेवतालाई आवाहन गर्दछु।)

२. ॐ अनन्तादिनागदेवताभ्यो नमः । आसनार्थे अक्षतान् समर्पयामि ।
(अनन्त आदि नागदेवतालाई आसनको लागि अक्षता अर्पण गर्दछु।)
(अक्षता चित्रमा चढाउनुहोस्।)

३. ॐ अनन्तादिनागदेवताभ्यो नमः । पाद्यं समर्पयामि ।
(अनन्तादि नागदेवतालाई खुट्टा धुनको लागि पानी अर्पण गर्दछु।)
(ताम्रपात्रमा पानी छोड्नुहोस्।)

४. ॐ अनन्तादिनागदेवताभ्यो नमः । अर्घ्यं समर्पयामि ।
(अनन्तादि नागदेवतालाई अर्घ्यको लागि पानी अर्पण गर्दछु।)
(ताम्रपात्रमा पानी छोड्नुहोस्।)

५. ॐ अनन्तादिनागदेवताभ्यो नमः । आचमनीयं समर्पयामि ।
(अनन्तादि नागदेवतालाई आचमनको लागि पानी अर्पण गर्दछु।)
(ताम्रपात्रमा पानी छोड्नुहोस्।)

६. ॐ अनन्तादिनागदेवताभ्यो नमः । स्नानं समर्पयामि ।
(अनन्तादि नागदेवतालाई स्नानको लागि पानी अर्पण गर्दछु।)

७. ॐ अनन्तादिनागदेवताभ्यो नमः । वस्त्रं समर्पयामि ।
(अनन्तादि नागदेवतालाई वस्त्र अर्पण गर्दछु।)
(वस्त्र चढाउनुहोस्।)

८. ॐ अनन्तादिनागदेवताभ्यो नमः । उपवीतं समर्पयामि ।
(अनन्तादि नागदेवतालाई उपवीत अर्पण गर्दछु।)
(जनेऊ अथवा अक्षता चढाउनुहोस्।)

९. ॐ अनन्तादिनागदेवताभ्यो नमः । चन्दनं समर्पयामि ।
(अनन्तादि नागदेवतालाई चन्दन अर्पण गर्दछु।)
(अनन्तादि नवनागहरुलाई चन्दन-पुष्प अर्पित गर्नुहोस्।)

१०. नागपत्नीभ्योनमः । हरिद्रां समर्पयामि ।
(नागपत्निलाई हलदी चढाउदछु ।)

११. नागपत्नीभ्योनमः । कुङ्कुमं समर्पयामि ।
(नागपत्निलाई कुंकू चढाउदछु।)

१२. ॐ अनन्तादिनागदेवताभ्यो नमः । अलङ्कारार्थे अक्षतान् समर्पयामि ।
(अनन्तादि नागदेवतालाई अलंकार स्वरूप अक्षता अर्पण गर्दछु।)
(अक्षता चढाउनुहोस्।)

१३. ॐ अनन्तादिनागदेवताभ्यो नमः । पूजार्थे ऋतुकालोद्भवपुष्पाणि तुलसीपत्राणि बिल्वपत्राणि दूर्वाङ्कुरांश्च समर्पयामि।
(अनन्तादि नागदेवतालाई वर्तमान ऋतुमा फुल्ने पुष्प, तुलसीदल, बेलपत्र, दूर्वा अर्पण गर्दछु।)
(फूल, हार इत्यादि चढाउनुहोस्।)

१४. ॐ अनन्तादिनागदेवताभ्यो नमः । धूपं समर्पयामि ।
(अनन्तादि नागदेवतालाई धूप देखाउनुहोस्।)
(धूप देखाउनुहोस्।)

१५. ॐ अनन्तादिनागदेवताभ्यो नमः । दीपं समर्पयामि ।
(अनन्तादि नागदेवतालाई दीपले आरती गरिरहेको छु।)
(निरान्जन देखाउनुहोस्।)

१६. ॐ अनन्तादिनागदेवताभ्यो नमः । नैवेद्यार्थे पुरतस्थापित नैवेद्यं निवेदयामि ।
(अनन्तादि नागदेवताको अगाडि राखेको नैवेद्य निवेदन गर्दछु।)

(दूध-शक्कर, अथवा कुलपरम्परानुसार खीर इत्यादि पदार्थहरुको नैवेद्य देखाउनुहोस्।)

(दायाँ हातमा तुलसीको दुईवटा पत्ते लिएर पानीमा भिझाएर त्यसले नैवेद्य मा जल छक्रिनुहोस् । हातमा तुलसीको पत्ता राख्नुहोस् र बायाँ हात तपाईको छातीमा राख्नुहोस्, अगाडि दिएको मन्त्रको ‘स्वाहा’ शब्द भन्दै दायाँ हात नैवेद्य बाट नागदेवतातर्फको दिशामा लैजानुहोस्।)

प्राणाय स्वाहा ।
(यो प्राणको लागि अर्पण गर्दछु ।)

अपानाय स्वाहा ।
(यो अपानको लागि अर्पण गर्दछु ।)

व्यानाय स्वाहा ।
(यो व्यानको लागि अर्पण गर्दछु।)

उदानाय स्वाहा ।
(यो उदानको लागि अर्पण गर्दछु।)

समानाय स्वाहा ।
(यो समानको लागि अर्पण गर्दछु।)

ब्रह्मणे स्वाहा ।
(यो ब्रह्माको लागि अर्पण गर्दछु।)

(हातमा लिएको एउटा तुलसीपत्र नैवेद्यमा र एउटा पत्ता नागदेवताको चरणमा चढाउनुहोस्। अगाडि दिएको मन्त्रमा ‘समर्पयामि’ भन्ने समय आचमनीबाट दायाँ हातमा पानी लिएर ताम्रपात्रमा छोड्नुहोस्।)

ॐ अनन्तादिनागदेवताभ्यो नमः । नैवेद्यं समर्पयामि ।
(अनन्तादि नागदेवतालाई म नैवेद्य अर्पण गर्दछु।)

मध्ये पानीयं समर्पयामि ।
(बीचमा पिउनको लागि पानी अर्पण गर्दछु।)

उत्तरापोशनं समर्पयामि ।
(आपोशनको लागि पानी अर्पण गर्दछु।)

हस्तप्रक्षालनं समर्पयामि ।
(हात धुनको लागि पानी अर्पण गर्दछु।)

मुखप्रक्षालनं समर्पयामि ।
(मुख धुनको लागि पानी अर्पण गर्दछु।)

करोद्वर्तनार्थे चन्दनं समर्पयामि ।
(हातमा लगाउनको लागि चन्दन अर्पण गर्दछु।)

मुखवासार्थे पूगीफलताम्बूलं समर्पयामि ।
(मुखवासको लागि पान-सुपारी अर्पण गर्दछु।)

ॐ अनन्तादिनागदेवताभ्यो नमः । मङ्गलार्तिक्यदीपं समर्पयामि ।
(अनन्तादि नागदेवतालाई नमस्कार गरि मंगलारती अर्पण गर्दछु।)

ॐ अनन्तादिनागदेवताभ्यो नमः । कर्पूरदीपं समर्पयामि ।
(अनन्तादि नागदेवतालाई नमस्कार गरि कपूरको आरती गर्दछु।)
(कपूरको आरती गर्नुहोस्।)

ॐ अनन्तादिनागदेवताभ्यो नमः । नमस्कारान् समर्पयामि ।
(अनन्तादि नागदेवतालाई नमस्कार गर्दछु।)

(दंडवत प्रणाम (साष्टांग नमस्कार) करें ।)

ॐ अनन्तादिनागदेवताभ्यो नमः । प्रदक्षिणां समर्पयामि ।
(अनन्तादि नागदेवतालाई नमस्कार गरि प्रदक्षिणा गरिरहेको छु।)

(घडीको सुइको दिशामा, अर्थात बायाँबाट दायाँतर्फ प्रदक्षिणा गर्नुहोस्।)

श्रावणे शुक्लपञ्चम्यां यत्कृतं नागपूजनम् ।
तेन तृप्यन्तु मे नागा भवन्तु सुखदाः सदा ॥

अज्ञानाज्ज्ञानतो वाऽपि यन्मया पूजनं कृतम् ।
न्यूनातिरिक्तं तत्सर्वं भो नागाः क्षन्तुमर्हथ ॥

युष्मत्प्रसादात्सफला मम सन्तु मनोरथाः ।
सर्वदा मत्कुले मास्तु भयं सर्पविषोद्भवम् ॥

(मैले श्रावण शुक्ल पञ्चमी मा गरेको नाग पूजाबाट नाग देवता प्रसन्न भई मलाई सदा सुख प्रदान गरुन् । हे नागदेवताहरु, यदि मैले जानेर वा नजानेर कुनै गल्ती गरेको छु भने मलाई क्षमा गर्नुहोस् । तपाईको कृपाले मेरो सबै मनोकामना पूरा होस् । मेरो कुलमा कहिले पनि सर्पविषबाट भय उत्पन्न नहोस्।)

ॐ अनन्तादिनागदेवताभ्यो नमः । प्रार्थनां समर्पयामि ।
(अनन्तादि नागदेवतालाई नमस्कार गरि प्रार्थना गर्दछु।)

(हात जोडेर प्रार्थना गर्नुहोस्।)

आवाहनं न जानामि न जानामि तवार्चनम् ।
पूजां चैव न जानामि क्षम्यतां परमेश्वर ॥

(हे परमेश्वर, मलाई थाहा छैन ‘तपाईको आवाहन कसरी गर्ने, तपाईको उपासना कसरी गर्ने, तपाईको पूजा कसरी गर्ने’ । त्यसैले तपाईले मलाई माफ गरिदिनुहोस्।)

मन्त्रहीनं क्रियाहीनं भक्तिहीनं सुरेश्वर ।
यत्पूजितं मया देव परिपूर्णं तदस्तु मे ॥

(हे देवेश्वर, मलाई मन्त्र, क्रिया अथवा भक्ति बारेमा केहि थाहा छैन, यसका बाबजुद पनि मैले गरेको पूजा परिपूर्ण भई तपाईको चरणमा अर्पण हुन दिनुहोस्।)

कायेन वाचा मनसेन्द्रियैर्वा बुद्ध्यात्मना वा प्रकृतिस्वभावात् ।
करोमि यद्यत् सकलं परस्मै नारायणायेति समर्पये तत् ॥

(हे नारायण, शरीरले, वाणीले, मनले, (अन्य) इन्द्रियहरुबाट, बुद्धिबाट, आत्माबाट अथवा प्रकृति स्वभावानुसार मैले जे गरेपनि सबै तपाईलाई अर्पण गर्दछु।)

अनेन कृतपूजनेन अनन्तादिनवनागदेवता: प्रीयन्ताम् ।
(यस पूजाबाट अनन्तादि नागदेवता प्रसन्न हुनुहोस्।)

(यसो भनिसकेपछि दाहिने हातमा पानी लिएर तामाको भाँडोमा छोडेर दुई पटक आचमन गर्नुहोस् ।)

साँझ विसर्जन गर्ने समय अगाडि दिएको श्लोक भनेर पूजा गरिएको नागदेवताको चरणमा अक्षता चढाएर विसर्जन गर्नुहोस् ।

यान्तु देवगणाः सर्वे पूजामादाय पार्थिवात् ।
इष्टकामप्रसिद्ध्यर्थं पुनरागमनाय च ॥

(पूजा स्वीकार गरि सर्व देवता इष्टकामसिद्धिको लागि पुन: आउनको लागि आआफ्नो ठाउँमा प्रस्थान गर्नुहोस्।)

टिप्पणी

१. कतिपय ठाउँमा पारिवारिक परम्परा अनुसार साँझमा कथा वाचन गरेर विसर्जन गर्ने गर्छन् । यदि त्यहाँ केहि यस्ता परम्पराहरू छन् भने, तिनीहरूलाई पालना गर्नुहोस् ।

२. कतिपय ठाउँमा पूजाका लागि घरबाहिर, ढोकाको दुबै छेउको भित्तामा नाग देवताको तस्बिर बनाएर पूजा गरिन्छ ।

३. कतिपय ठाउँमा नागलाई प्रत्यक्ष पूजा गरिन्छ ।

४. कतिपय ठाउँमा एउटै नागको प्रतिमा बनाएर पूजा गरिन्छ ।

 

पूजापछि नागदेवतासँग गरिने प्रार्थना !

‘हे नागदेवता, मैले श्रावण शुक्ल पक्ष पञ्चमीको दिन नागपूजा गरेको छु, यस पूजाले नागदेवता प्रसन्न भई मलाई सदा सुख प्रदान गरुन् । हे नागदेवत, यस पूजामा जानीजानी वा नजानी मैले कुनै गल्ती गरेको भए क्षमा गरिदिनु होस् । तपाईको कृपाले मेरो सबै मनोकामना पूरा होस् । मेरो कुलमा कहिलेपनि नागविषको डर उत्पन्न नहोस्’, यहि तपाईको चरणमा प्रार्थना छ ।’

Leave a Comment