नागपञ्चमीपूजन – अर्थासह (भाग १)

Article also available in :

नागपञ्चमी पूजा गर्ने समय

 

१. नागपञ्चमी पूजा गर्दा आपतकालीन अवस्थामा ‘नागपञ्चमी’ को पूजा कसरी गर्ने ?

प्रत्येक वर्ष श्रावण शुक्ल पक्षको पञ्चमी अर्थात नागपञ्चमीका दिन ‘आफ्नो परिवारका सदस्यलाई सदा सर्वदा सर्पको भयबाट मुक्त गर्नका साथै नाग देवताको आशीर्वाद प्राप्त गर्न’ सर्पको पूजा गरिन्छ । यस दिन कतिपय ठाउँमा माटोको सर्प ल्याएर पूजा गरिन्छ भने कतिपय स्थानमा वामिठे (वारुल) को पूजा गरिन्छ ।

जहाँ सार्वजनिक स्थलमा सामूहिक रुपमा बमिठेको पूजा गरिँदै आएको भए पनि कोरोना भाइरसको प्रकोपका कारण यातायातमा प्रतिबन्ध (लकडाउन) भएकाले त्यहाँ बामिठेको पूजा गर्न नपाइने हुन सक्छ । यससँगै जहाँ यातायात निषेधको नियम केही हदसम्म खुकुलो भएको छ र सामाजिक दुरी आदिका सबै नियमको पालना गरी व्यक्तिगत रूपमा वामिठेको परम्परागत पूजा गर्न नसकिने ठाउँमा त्यहाँ नियमित रूपमा गरिने पूजा गर्न सकिन्छ । जहाँ सामूहिक रूपमा पूजा गर्न वा घरबाट बाहिर निस्केर बमिठेको पूजा गर्न सम्भव छैन, त्यसलाई यस लेखमा प्रमुख रूपमा विचार गरिएको छ ।

 

२. नागदेवताको पूजा

२.अ. नागदेवताको चित्र बनाउने

भित्तामा वा भुइँमा बेसार मिसाएको चन्दनबाट सर्प (वा नौ सर्प) को चित्र बनाउनुहोस् । त्यसपछि त्यो स्थानमा नाग देवताको पूजा गर्नुहोस् । ‘अनन्तदिनगदेवताभ्यो नमः।’ यो मन्त्र जप गर्दै गन्ध, पुष्प आदि सबै उपचारहरू चढाउनुहोस् ।

२.आ. षोडशोपचार पूजन

जसलाई नागदेवताको ‘षोडशोपचार पूजा’ गर्न सम्भव छ, उसले षोडशोपचार पूजा गर्नुहोस् ।

२.इ. पंचोपचार पूजन

जसलाई नागदेवताको ‘षोडशोपचार पूजा’ गर्न सम्भव छैन, उसले ‘पञ्चोपचार पूजा’ गर्नुहोस् र दूध, शक्कर, अथवा कुलको परम्परा अनुसार खीर इत्यादि पदार्थको नैवेद्य चढाउनुहोस् । (पञ्चोपचार पूजा : चन्दन, हलदी-कुंकू, पुष्प (उपलब्ध छ भने दूर्वा, तुलसी, बेल) धूप, दीप एवं नैवेद्य, इस क्रममा पूजा गर्ने ।)

 

३. पूजापछि नागदेवतासँग गरिने प्रार्थना !

‘हे नागदेवता, आज मैले श्रावण शुक्ल पक्ष पञ्चमीको दिन गरेको नागपूजाबाट प्रसन्न भई मलाई सदैव सुखी राखिदिनुहोस् । हे नागदेवता, यस पूजामा जानि-नाजानी कुनै गल्ती भएमा क्षमा गरिदिनुहोस् । तपाईको कृपाले मेरो सबै मनोकामना पूरा होस् । मेरे कुलमा कहिल्यै पनि नागविषको भय उत्पन्न नहोस्’, यहि तपाईको श्रीचरणमा प्रार्थना गर्दछु ।’

नागपूजा कसरी गर्ने सर्वसाधारणलाई थाहा छैन । पूजा गर्दा भावपूर्ण होस् एवं नागदेवताको कृपा होस्, यस उद्देश्यले धर्माचरणको रूपमा अगाडि विस्तारसँग पूजाविधि दिएको छ ।

 

४. आचमन

आगाडि दिएको ३ नाम उच्चारण गरेपछि प्रत्येक नामको अन्तमा देब्रे हातले आचमनबाट पानी लिएर दाहिने हातले पिउनुहोस् –

श्री केशवाय नमः । श्री नारायणाय नमः । श्री माधवाय नमः ।

‘श्री गोविंदाय नमः’ को उच्चारण गरेर हतेलीमा पानी लिएर तल ताम्रपात्रमा छोङ्नुहोस् ।

अब अगाडिको नामहरु क्रमानुसार उच्चारण गर्नुहोस् ।

विष्णवे नमः । मधुसूदनाय नमः । त्रिविक्रमाय नमः । वामनाय नमः । श्रीधराय नमः । हृषीकेशाय नमः । पद्मनाभाय नमः । दामोदराय नमः । संकर्षणाय नमः । वासुदेवाय नमः । प्रद्युम्नाय नमः । अनिरुद्धाय नमः । पुरुषोत्तमाय नमः । अधोक्षजाय नमः । नारसिंहाय नमः । अच्युताय नमः । जनार्दनाय नमः । उपेन्द्राय नमः । हरये नमः । श्रीकृष्णाय नमः ।

(हात जोड्नुहोस् ।)

 

५. प्रार्थना

श्रीमन्महागणाधिपतये नमः। (गणको नायक श्री गणपतिलाई म नमस्कार गर्छु।)

इष्टदेवताभ्यो नमः । (मेरो आराध्य देवतालाई म नमस्कार गर्छु।)

कुलदेवताभ्यो नमः । (कुलदेवतालाई म नमस्कार गर्छु।)

ग्रामदेवताभ्यो नमः । (ग्रामदेवतालाई म नमस्कार गर्छु।)

स्थानदेवताभ्यो नमः । (यहाँको स्थान देवतालाई म नमस्कार गर्छु।)

वास्तुदेवताभ्यो नमः । (यहाँको वास्तुदेवतालाई म नमस्कार गर्छु।)

आदित्यादिनवग्रहदेवताभ्यो नमः । (सूर्यादि नौ ग्रहदेवताहरुलाई म नमस्कार गर्छु।)

सर्वेभ्यो देवेभ्यो नमः । (सर्व देवताहरुलाई म नमस्कार गर्छु।)

सर्वेभ्यो ब्राह्मणेभ्यो नमो नमः । (सर्व ब्राह्मणहरुलाई (ब्रह्म जान्नेलाई) म नमस्कार गर्छु।)

अविघ्नमस्तु । (सर्व संकटको नाश होस् ।)

सुमुखश्चैकदन्तश्च कपिलो गजकर्णकः ।
लम्बोदरश्च विकटो विघ्ननाशो गणाधिपः ॥

धूम्रकेतुर्गणाध्यक्षो भालचन्द्रो गजाननः ।
द्वादशैतानि नामानि यः पठेच्छृणुयादपि ॥

विद्यारंभे विवाहे च प्रवेशे निर्गमे तथा ।
सङ्ग्रामे सङ्कटेचैव विघ्नस्तस्य न जायते ।

(सुन्दर अनुहार, एउटा दाँत, धुवाँको रंग, हात्तीको जस्तै कान, विशाल पेट, (दुष्टहरुको नाशका लागि) विक्राल रूप, संकटको नाश गर्ने, गणहरुको नायक, धुवाँको रंग, गणहरुको प्रमुख, मस्तकमा चन्द्र धारण गर्ने तथा हात्ती समान मुख भएको, यी श्री गणपतिको बाह्र नामहरुको विवाहको समय, विद्याध्ययन प्रारम्भ गर्ने समय, (घरमा) प्रवेश गर्ने समय अथवा (घरबाट) बाहिर निस्किने समय, युद्धमा जाने समय अथवा संकटकालमा जसले पठन गर्दछ अथवा सुन्छ उसलाई विघ्न आउँदैन ।)

शुक्लाम्बरधरं देवं शशिवर्णं चतुर्भुजम् ।
प्रसन्नवदनं ध्यायेत् सर्वविघ्नोपशान्तये ॥

(सर्व संकट नाशको लागि शुभ्र वस्त्र धारण गरिएको, शुभ्र रंग भएको, चार हात भएको प्रसन्न मुख भएको देवताको (भगवान श्रीविष्णुको) म ध्यान गर्दछु ।)

सर्वमङ्गलमाङ्गल्ये शिवे सर्वार्थसाधिके ।
शरण्ये त्र्यंबके गौरि नारायणि नमोऽस्तुते ॥

(सर्व मंगलमा मंगल, पवित्र, सबैको कल्याण गर्ने, तीन नेत्र भएको, सबैको आश्रय, शुभ्र वर्ण भएको हे नारायणीदेवी, म नमस्कार गर्छु।)

सर्वदा सर्वकार्येषु नास्ति तेषाममङ्गलम् ।
येषां हृदिस्थो भगवान्मङ्गलायतनं हरिः ॥

(मंगल निवासमा (वैकुंठमा) रहने भगवान श्रीविष्णु जसको हृदयमा रहन्छ, उनको सबै काम सदैव मंगल हुन्छ।)

तदेव लग्नं सुदिनं तदेव ताराबलं चन्द्रबलं तदेव ।
विद्याबलं दैवबलं तदेव लक्ष्मीपते तेऽङ्घ्रियुगं स्मरामि ॥

(हे लक्ष्मीपति (विष्णु), तपाईको चरणकमलको स्मरण हुने, त्यहि उत्तम दिन, त्यहि ताराबल, त्यहि चन्द्रबल, त्यहि विद्याबल र त्यहि दैवबल हो।)

लाभस्तेषां जयस्तेषां कुतस्तेषां पराजयः ।
येषामिन्दीवरश्यामो हृदयस्थो जनार्दनः ॥

(नीलो रंग भएको सबैको कल्याण गर्ने (भगवान विष्णु) जसको हृदयमा वास गर्दछ, उसको पराजय कसरी हुन्छ ! उनको सदैव विजय नै हुन्छ, उसलाई सबै (इच्छित) कुराहरु प्राप्त हुन्छ !)

यत्र योगेश्वरः कृष्णो यत्र पार्थो धनुर्धरः ।
तत्र श्रीर्विजयो भूतिर्ध्रुवा नीतिर्मतिर्मम ॥

(जहाँ महान योगी (भगवान) श्रीकृष्ण र महान धनुर्धारी अर्जुन छ, त्यहाँ ऐश्वर्य र जय निश्चित हुन्छ, यस्तो मेरा मत र अनुमान हो ।)

विनायकं गुरुं भानुं ब्रह्मविष्णुमहेश्वरान् ।
सरस्वतीं प्रणौम्यादौ सर्वकार्यार्थसिद्धये ॥

(सर्व कार्य सिद्ध हुनको लागि प्रथम गणपति, गुरु, सूर्य, ब्रह्मा-विष्णु-महेश र सरस्वतीदेवीलाई नमस्कार गर्छु।)

अभीप्सितार्थसिद्धयर्थं पूजितो यः सुरासुरैः ।
सर्वविघ्नहरस्तस्मै गणाधिपतये नमः ॥

(इच्छित कार्य पूर्ण हुनको लागि देवता र दानवलाई पूजनीय तथा सर्व संकट नाश गर्ने गणनायकलाई म नमस्कार गर्छु।)

सर्वेष्वारब्धकार्येषु त्रयस्त्रिभुवनेश्वराः ।
देवा दिशन्तु नः सिद्धिं ब्रह्मेशानजनार्दनाः ॥

(तीन लोकहरुको स्वामी ब्रह्मा-विष्णु-महेश यी त्रिदेव (हामीले) प्रारम्भ गरेको सबै कार्यहरुमा सफलता प्रदान गर्नुहोस्।)

 

६. देशकाल

आफ्नो आँखामा पानी लगाएर अगाडि दिएको देशकाल भन्नुहोस् ।

श्रीमद्भगवतो महापुरुषस्य विष्णोराज्ञया प्रवर्तमानस्य अद्य ब्रह्मणो द्वितीये परार्धे विष्णुपदे श्रीश्वेतवाराहकल्पे वैवस्वतमन्वन्तरे अष्टाविंशतितमे युगे युगचतुष्के कलियुगे प्रथमचरणे जम्बुद्वीपे भरतवर्षे भरतखण्डे दक्षिणपथे रामक्षेत्रे बौद्धावतारे दण्डकारण्ये देशे गोदावर्याः दक्षिणे तीरे शालिवाहन शके अस्मिन् वर्तमाने व्यावहारिके शुभकृत् नाम संवत्सरे दक्षिणायने वर्षा ऋतौ श्रावण मासे शुक्ल पक्षे पंचम्यां तिथौ (२९.४२ पर्यंत) भौम वासरे उत्तरा फाल्गुनी दिवस नक्षत्रे (१७.२९ पर्यंत) शिव योगे (१८.३६ पर्यंत) बव करणे (१७.३२ पर्यंत) कन्या स्थिते वर्तमाने श्रीचंद्रे कर्क स्थिते वर्तमाने श्रीसूर्ये मीन स्थिते वर्तमाने श्रीदेवगुरौ मकर स्थिते वर्तमाने श्रीशनैश्चरौ शेषेषु सर्वग्रहेषु यथायथं राशिस्थानानि स्थितेषु एवङ् ग्रह-गुणविशेषेण विशिष्टायां शुभपुण्यतिथौ…

(महापुरुष भगवान श्रीविष्णुको आज्ञाबाट प्रेरित भएको यस ब्रह्मदेवको दोस्रो परार्धामा विष्णुपदको श्रीश्वेत-वराह कल्पमा वैवस्वत मन्वंतरको अठ्ठाइसौं युगको चतुर्युगको कलियुगको पहिलो चरणको आर्यावर्त देशको (जम्बुद्वीपमा भरतवर्षमा भरत खण्डमा दण्डकारण्य देशमा गोदावरी नदीको दक्षिण तटमा बौद्ध अवतारमा रामक्षेत्रमा) आजकल चलि रहेको शालिवाहन शकको व्यावहारिक शुभकृत् नामक संवत्सरको (वर्षको) दक्षिणायनको वर्षा ऋतुको श्रावण महिनाको शुक्ल पक्षको पंचमी तिथिको उत्तरा फाल्गुनी नक्षत्रको (टिप्पणी २) शिव योगको शुभघडीमा, अर्थात उपरोक्त गुणविशेषताहरुले युक्त शुभ एवं पुण्यकारक यस्तो तिथिको)

 

७. संकल्प

(अक्षतालाई दाहिने हातमा लिएर अगाडि दिएको संकल्प भन्नुहोस्।)

मम आत्मनः परमेश्वर-आज्ञारूप-सकल-शास्त्र-श्रुतिस्मृति-पुराणोक्त-फल-प्राप्तिद्वारा श्री परमेश्वर-प्रीत्यर्थं सर्वेषां साधकानां शीघ्रातिशीघ्र आध्यात्मिक उन्नती सिद्ध्यर्थं गुरुकृपा प्राप्त्यर्थं च श्रीभृगुमहर्षेः आज्ञया सद्गुरुनाथदेवता-प्रीत्यर्थं श्रीगुरुपरंपरा पूजनम् अहं करिष्ये । तत्रादौ निर्विघ्नता सिद्ध्यर्थं महागणपतिपूजनं करिष्ये । शरीरशुद्ध्यर्थं दशवारं विष्णुस्मरणं करिष्ये । कलश-घण्टा-दीप-पूजनं च करिष्ये ।

(प्रत्येक पटक ‘करिष्ये’ भने पश्चात देब्रे हातले आचमन भरेर पानी दाहिने हातमा छोड्ने।)

(भगवानको आज्ञा अनुसार सबै शास्त्र-श्रुति-स्मृति-पुराणहरूको फल प्राप्त गरी भगवानलाई प्रसन्न पार्न श्रीसद्गुरुनाथ देवताहरूलाई प्रसन्न पार्न श्रीभृगु महर्षिको आदेशले श्रीगुरुपरम्पराको पूजा गर्दैछु। त्यो भन्दा पहिला विघ्ननाशनको लागि महागणपतिपूजन गर्दैछु । शरीरको शुद्धिको लागि दस पटक विष्णुस्मरण गरिरहेको छु तथा कलश, घण्टी र दिपको पूजा गर्दैछु।)

 

८. श्रीगणपतिस्मरण

वक्रतुण्ड महाकाय कोटिसूर्यसमप्रभ ।
निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा ॥

(घुमेको सूंड, विशाल शरीर, कोटि सूर्याको प्रकाश भएको हे (गणेश) भगवान, मेरो सबै कामलाई सधैं बाधा मुक्त गरिदिनुहोस् ।)

ऋद्धि-बुद्धि-शक्ति-सहित-महागणपतये नमो नमः ।

(ऋद्धि, बुद्धि र शक्ति सहित महागणपतिलाई नमस्कार गर्छु।)

महागणपतये नमः । ध्यायामि ।

(महागणपतिलाई नमस्कार गरि ध्यान गर्छु।)

(मन:पूर्वक श्री गणपतिको स्मरण गरि हात जोडार नमस्कार गर्नुहोस्।)

तत्पश्चात शरीरशुद्धिको लागि दश पटक श्रीविष्णुको स्मरण गर्नुहोस् – नौ पटक ‘विष्णवे नमो’ र अन्त्यमा ‘विष्णवे नमः ।’ भन्नुहोस् ।

 

९. कलशपूजन

गङ्गे च यमुने चैव गोदावरि सरस्वति ।
नर्मदे सिन्धुकावेरी जलेऽस्मिन् सन्निधिं कुरु ॥

(हे गंगा, यमुना, गोदावरी, सरस्वती, नर्मदा, सिन्धु र कावेरी (नदिहरु) यो जलमा वास गर्नुहोस्।)

कलशाय नमः ।

(कलशलाई नमस्कार गर्छु।)

कलशे गङ्गादितीर्थान् आवाहयामि ।

(यस कलशमा गंगादितीर्थको आवाहन गर्दछु।)

कलशदेवताभ्यो नमः ।

(कलशदेवतेलाई नमस्कार गर्छु।)

सकलपूजार्थे गन्धाक्षतपुष्पं समर्पयामि ।

(सबै पूजाको लागि चन्दन, फूल र अक्षत अर्पण गर्दछु।)

(कलशमा चन्दन, फूल र अक्षत चढाउँनुहोस्।)

 

१०. घण्टीपूजन

आगमार्थं तु देवानां गमनार्थं तु रक्षसाम् ।
कुर्वे घण्टारवं तत्र देवताह्वानलक्षणम् ॥

(देवताहरुको आगमन र दानवहरुको प्रस्थानको लागि देवताहरुलाई आवाहनस्वरूप घण्टी नाद गरिरहेको छुँ।)

घण्टायै नमः ।

(घण्टीलाई नमस्कार।)

सकलपूजार्थे गन्धाक्षतपुष्पं समर्पयामि ।

(सबै पूजाको लागि चन्दन, फूल र अक्षत अर्पण गर्दछु।)

(घण्टीमा चन्दन, फूल र अक्षत चढाउनुहोस्।)

 

११. दीपपूजन

भो दीप ब्रह्मरूपस्त्वं ज्योतिषां प्रभुरव्ययः ।
आरोग्यं देहि पुत्रांश्च मत: शान्तिं प्रयच्छ मे ॥

(हे दीपक, तपाई ब्रह्मस्वरूप हुनुहुन्छ । ज्योतिषको अचल स्वामी हुनुहुन्छ । (तपाई) हामीलाई आरोग्य दिनुहोस्, पुत्र दिनुहोस्, बुद्धि र शान्ति दिनुहोस्।)

दीपदेवताभ्यो नमः ।

(दीप देवतालाई नमस्कार गर्दछु।)

सकलपूजार्थे गन्धाक्षतपुष्पं समर्पयामि ।

(सबै पूजाको लागि चन्दन, फूल र अक्षत अर्पण गर्नुहोस् ।) (समईलाई चन्दन, फूल र अक्षत चढाउनुहोस्।)

अपवित्रः पवित्रो वा सर्वावस्थाङ्गतोऽपि वा ।
यः स्मरेत्पुण्डरीकाक्षं स बाह्याभ्यन्तरः शुचिः ॥

(अंर्त-बाह्य) स्वच्छ होस् अथवा अस्वच्छ होस्, कुनै पनि अवस्थामा होस् । जुन (मनुष्य) कमलनयन (श्रीविष्णुको) स्मरण गर्दछ, उनी भित्र तथा बाहिरबाट शुद्ध हुन्छ।)

(यस मन्त्रले तुलसीपत्र जलमा भिजाएर पूजासामग्री तथा आफ्नो देहमा जल छर्किनुहोस् ।)

नवनाग पूजा र नागपञ्चमीको पूजाको अर्को भाग पढ्न यहाँ क्लिक गर्नुहोस् !

टिप्पणी १ – यहाँ देशकाल लेख्दा सम्पूर्ण भारत देशको लागि ‘आर्यावर्तदेशे’ यस्तो उल्लेख गरिएको छ । जसलाई ‘जम्बुद्वीपे भरतवर्षे भरतखण्डे दण्डकारण्ये देशे गोदावर्याः…’ यस प्रकार स्थानानुसार अचूक देशकाल ज्ञात छ, त्यसअनुसार योग्य देशकाल बोल्नुपर्छ । (मूलस्थान)

Leave a Comment