रक्षाबन्धन

रक्षाबन्धन राखीको पर्व हो । यो दाजुभाई र दिदीबहिनी बीचको सम्बन्ध मनाउने पर्व हो । यो श्रावण पूर्णिमामा मनाइन्छ ।

 

१. रक्षाबन्धनको इतिहास

अ. देवी लक्ष्मीले राजा बलि (नरकबाट) उनको नाडीमा राखी (दिदीबहिनीले आफ्नो दाजुभाईलाई नाडीमा बाँधिने, दुई बीचको पवित्र सम्बन्धको प्रतीक) बाँधेर आफ्नो दाई बनाइन् र आफ्नो श्रीमान नारायणलाई मुक्त गरिन् । यो श्रावण पूर्णिमाको दिन थियो ।

आ. भविष्य-पुराणमा भनिएको अनुसार रक्षाबन्धन मूलत: राजाहरुको लागि थियो । राखी बाँध्ने नयाँ चलन ऐतिहासिक कालदेखि सुरु भएको हो ।

 

२. रक्षाबन्धनको भावनात्मक महत्व

बहिनीले दाजुभाईको नाडीमा राखी बाँध्ने गर्छिन् । यसमा भावना यस्तो हुन्छ कि दाजुभाई समृद्ध होस् र बहिनीको रक्षा गरोस् । एक बहिनीले दाजुभाईलाई राखी बाध्नु भन्दा ज्यादा महत्व यो हो कि एक युवालाई युवतीबाट राखी बाधिन्छ । यसो गर्नाले पुरुषको स्त्रीप्रतिको दृष्टिकोणमा परिवर्तन आउँछ ।

 

३. राखी बाँध्दा गर्नु पर्ने क्रिया

अ. दाजुभाई बस्नको लागि एउटा काठको पिर्का राख्ने

आ. काठको पिर्काको वरिपरि रंगोलीको आकृति बनाइन्छ (यस प्रकारले बनाइएको रंगोलीबाट सात्विक तरंगहरू प्रक्षेपित हुन्छन् र यसले स्थानको वातावरणलाई सात्विक बनाउन मद्दत गर्दछ।)

इ. नयाँ लुगा लगाएर टाउकोमा टोपी लगाएका दाजुभाईले निधारमा तिलक लगाउँछन् र काठको पिर्कामा बस्छन् । उनकी बहिनी औक्षणको लागि थाल लिएर उनको अगाडि उभिन्छिन्। दाजुभाई-दिदीबहिनीले आँखा बन्द गरेर भगवानलाई प्रणाम गर्छन् । दाजुभाई र दिदीबहिनीले एकअर्काको रक्षाको लागि भगवानसँग प्रार्थना गर्छन् ।

ई. दिदीबहिनीले दाजुभाईलाई टिका लगाई दिन्छ ।

उ. त्यसपछि दिदीबहिनीले दाजुभाईको दाहिने हातमा राखी बाँधिदिन्छ ।

ऊ. बाध्ने धागोमा केहि चामलको दानाहरु, सुन र सेतो तोरीको दानालाई एकसाथ बाँधेर बनाइन्छ । यसलाई रक्षा वा राखी भनिन्छ ।

ए. राखी बाँधेपछि दिदीबहिनीले दाजुभाईलाई घ्यूको दियोले आरती (अर्ध गोलाकार तरिकाले) गर्दछ ।

ऐ. आरती गरेपछि दाजुभाईले दिदीबहिनीलाई केहि उपहार दिन्छन् । दिदीबहिनीले उपहार स्वीकार गरेर आफ्नो दाजुभाईलाई सम्मान देखाउँछन् ।

 

४. राखी बाँध्दा गर्ने प्रार्थना

येन बद्धो बली राजा दानवेन्द्रो महाबलः ।

तेन त्वामपि बध्नामि रक्षे मा चल मा चल ।।

अर्थ : महाबली एवं दानवेन्द्र बलि राजा जसले बद्ध भयो, त्यही रक्षाले म तपाईलाई बाँध्दछु । हे राखी तपाई अडिग रहनुहोस् ।

रक्षाबन्धनको दिन दाजुभाईद्वारा उचित प्रार्थना

दिदीबहिनीले आफ्नो दाजुभाईको समृद्धिको लागि प्रार्थना गर्नुपर्छ र दाजुभाईले आफ्नो दिदीबहिनीको रक्षाको लागि प्राथना गर्नुपर्छ । ‘राष्ट्र र धर्मको रक्षाका लागि हामी दुबैबाट प्रयास होस्’ भनी भगवानसँग प्रार्थना गर्नुपर्छ ।

 

५. रक्षाबन्धनको सात्विक उपहारको महत्व

सात्विक उपहार दिने महत्व

असात्विक उपहारहरु रज-तम प्रधान हुन्छन् । त्यसैले दाजुभाईले दिदीबहिनीलाई सात्विक उपहार दिनुपर्छ । दिदीबहिनीको साधनामा बृद्धि हुने पवित्र ग्रन्थ वा जपमाला जस्ता सात्विक उपहारद्वारा निम्न लाभहरू प्राप्त हुन्छन् :

अ. सात्विक वस्तुहरुले सांसारिक स्तरमा व्यक्तिलाई असर गर्दैन

आ. सात्विक उपहार दिने व्यक्तिलाई २०% र उपहार लिने व्यक्तिलाई १८% लाभ प्राप्त हुन्छ । सात्विक कर्मले लेन-देनको हिसाब घट्छ र नयाँ खाता बन्दैन ।

यहाँ उल्लेखनीय कुरा के छ भने दिदीबहिनीले उपहारको अपेक्षा नगरी राखी बाँध्नुपर्छ ।

 

६. बिना अपेक्षा राखी बाँध्नुको महत्व

यदि दिदीबहिनीलाई दाजुभाईबाट कुनै उपहारको अपेक्षा राख्छ भने, कुनै पनि आध्यात्मिक लाभबाट वञ्चित हुन्छ । जब कुनै अपेक्षा छैन भने तब दाजुभाईको आशीर्वादबाट लाभ उठाउँछन् । यसरी उसलाई आध्यात्मिक स्तरमा लाभ हुन्छ ।

 

७. राखी बाँध्दा दिदीबहिनीको भाव (आध्यात्मिक भावना) कस्तो हुनुपर्छ ?

राखी बाँधिदिदै

एकपटक श्रीकृष्णको औंलामा चोट लागेको थियो र त्यसबाट रगत बग्यो । उनी द्रौपदीकहाँ गए । धेरै सोचे बिना उनले लगाएको महँगो जरी सारीको पल्लुको टुक्रा च्यातेर उनको औंलामा बाँधिन् । रक्षाबन्धनको दिन हरेक दिदीबहिनीले द्रौपदीको जस्तै भाव राख्नुपर्छ ।

 

८. रक्षाबन्धनमा हुने दुव्यवहार

राखीहरु मार्फत देवताहरुको अपमान रोक्ने

आजकल राखीलाई ‘ओम’ वा देवताको चित्रले सजाइन्छ । प्रयोग पछि, यी राखीहरू फोहर फाल्ने भाडामा फालिन्छ । त्यस्ता राखीहरू फोहरमैला संकलमा पुग्छन् वा कुल्चिने ठाउँहरूमा पुग्छन् । यो सम्बन्धित देवताको अपमान हो । यसले हामीलाई पाप लाग्दछ । त्यसैले राखीहरूलाई बग्ने पानीमा विसर्जित गर्नुहोस् । यो अभ्यास गर्नुहोस् र अरूलाई पनि शिक्षित गर्नुहोस् ।

सन्दर्भ : सनातन-निर्मित ग्रन्थ ‘त्योहार, धार्मिक उत्सव एवं व्रत’

Leave a Comment