श्री गणेशोपासना एवं त्यससँग सम्बन्धित महत्वपूर्ण सूत्र

१. श्री गणेशोपासना

श्री गणेशजीको उपासनामा नित्यपूजा, अभिषेक, सम्बन्धित व्रत एवं उपवास, अथर्वशीर्ष पाठ, सम्बन्धित विविध श्लोक एवं मन्त्रहरुको विशिष्ट संख्यामा पाठ, नामजप जस्ता विविध कृत्यहरुको अन्तर्भाव हुन्छ । केही मानिस विशेषरूपमा श्री गणेश सहस्रनामको पाठ गर्दै, अर्थात् श्री गणेशजीको १ सहस्र नाममा एक-एकको उच्चारण गरी श्री गणेशजीलाई दुबो अर्पण गर्दछन् । यसलाई ‘दूर्वार्चन’ भनिन्छ । सर्वसाधारणतः नित्य उपासनामा श्री गणेशजीको मूर्तिको पूजन गरिन्छ । यी पूजन पञ्चोपचार अथवा षोडशोपचारको हुन्छ । गणेशजीको उपासनासँग सम्बन्धित चतुर्थीको विशेष तिथिमा गणेशभक्त अथर्वशीर्षको पाठ गर्दै मूर्तिमा अभिषेक गर्दछन् । अथर्वशीर्षमा श्री गणेशजीको रूपको वर्णन गरिएको छ । श्रीगणेशजीको मूर्ति दुई प्रकारका हुन्छन्, दक्षिणाभिमुखी मूर्ति एवं वाममुखी मूर्ति ।

 

२. दक्षिणाभिमुखी एवं वाममुखी मूर्तिका विशेषताहरु

दक्षिण अर्थात दायाँपट्टिले दक्षिण दिशा यमलोकतिर लैजान्छ । दायाँ भाग सूर्यनाडीको हो । जसले दक्षिण दिशाको सामना गर्न सक्छ, त्यो शक्तिशाली हुन्छ । जसको सूर्यनाडी कार्यरत हुन्छ, ऊ तेजस्वी हुन्छ । यी दुवै अर्थबाट दक्षिणाभिमुखी गणपतिलाई ‘जागृत’ मानिन्छ । दक्षिणाभिमुखी अर्थात यस्ता मूर्ति जसको सुड दाहिनेतिर फर्किएको हुन्छ । दक्षिण दिशाबाट रज तरङ्ग आउँछ, जसको तरङ्गबाट व्यक्तिलाई कष्ट हुन सक्छ । त्यसैले कर्मकाण्डका सबै नियमको यथार्थ पालन गरी दक्षिणाभिमुखी मूर्तिको पूजा गरिन्छ । कर्मकाण्ड अन्तर्गत पवित्रता, शुद्ध-अशुद्ध इत्यादि सबै नियमको पालन गर्दा व्यक्तिमा सात्त्विकता बढ्दछ र दक्षिण दिशामा प्रक्षेपित रज तरङ्गबाट उसलाई कष्ट हुँदैन । वाम अर्थात वायाँपट्टि । पूर्वतिर मुख गरेर उभिंदा आफ्नो बायाँतिर उत्तर दिशा हुन्छ । उत्तर दिशा अध्यात्मका लागि पूरक एवं आनन्ददायक हुन्छ । बायाँतिर चन्द्रनाडी हुन्छ । त्यसले शीतलता प्रदान गर्दछ । त्यसैले पूजामा धेरैजसो वाममुखी गणपतिको मूर्ति राखिन्छ । वाममुखी मूर्तिको सुड बायाँतर्फ मोडिएको हुन्छ । इसको पूजन नित्य पद्धतिबाट गरिन्छ ।

 

३. श्री गणेशजीको पूजन

नित्यपूजामा सबै देवताहरुको पूजा गरिन्छ । यहाँ हामी सुविधाको लागि श्रीगणेशजीको पूजा मात्र बताइरहेका छौं । प्रतिदिन गरिने नित्यपूजनमा यो प्रतिमाको पूजा गरिन्छ । आउनुहोस् श्री गणेश पूजाको प्रक्रिया जानौं ..

१. श्री गणेशजीलाई अनामिकाले चन्दन लगाउनुहोस् ।

२. श्री गणेशजीलाई रातो रङ्गको ८ फूलहरु डाठ उहाँतर्फ फर्काएर चढाउनुहोस् ।

३. श्री गणेशजीलाई दुबो चढाउँनुहोस् ।

४. यथासम्भव श्रीगणेशजीलाई रातो फूल एवं दुबोबाट बनेको माला पनि चढाउनुहोस् ।

५. अब दुईटा अगरबत्ती बालेर श्रीगणेशजीलाई देखाउनुहोस् ।

६. घडीको सुइको दिशामा पूर्ण गोलाकार पद्धतिले, तीन पटक आरती घुमाएर श्री गणेशजीलाई दीप देखाउनुहोस् ।

७. श्री गणेशजीलाई गुड (शक्खर) ले बनेका नैवेद्य अर्पण गर्नुहोस् ।

पूजा गरेपछि गणेशजीलाई आठ पटक परिक्रमा गर्नुहोस् । यो सम्भव नहुँदा एउटै ठाउँमा उभुएर तीन पटक गोलाकार धुम्नुहोस् । विशेषगरी गणेश चतुर्थीको उपलक्ष्यमा श्रीगणेशपूजन गर्दा यहाँ बताइएका कुराहरुमा अवश्य ध्यान राख्नुहोस् ।

 

४. श्री गणेश पूजनका निम्ति चाहिने विशेष सामग्री

श्री गणेशपूजनमा दूबो, शमी एवं मदारको पत्ताहरु, रातो एवं सिन्दूर रङ्गको वस्तुहरु; जस्तो कि रक्तचन्दन, रातो एवं सिन्दूरी वस्त्र एवं फूल विशेष रूपमा प्रयोग गरिन्छ । श्री गणेशतत्त्वको अधिक फाईदा लिनको लागि चन्दन, केवडा, चमेली एवं खस, यी सुगन्धहरुको घूपको उपयोग लाभदायक हुन्छ । अनिष्ट शक्तिको निवारणका निम्ति श्री गणेशजीको उपासनामा हीना एवं दरबार यी सुगन्धहरुको घूप उपयोगी मानिन्छ । पूजापछि श्री गणेशजीका निम्ति लड्डु र उहाँको वाहन मुसाको लागि खीरको नैवेद्य अर्पण गर्नुपर्छ । रातो एवं सिन्दूर रङ्गको कारण प्रतिमामा गणेशतत्त्व अधिक मात्रामा आकृष्ट हुन्छ । प्रतिमालाई जागृत गर्नको लागि यो कार्य सहायक बन्छ । जसरी रातो एवं सिन्दूर रङ्गको उपयोग देवतापू्जनममा गणेशतत्त्व आकृष्ट गर्नको लागि लाभदायक हुन्छ, त्यसरी नै व्यक्तिका लागि पनि गणेशतत्त्व प्राप्त गर्नको लागि रातो एवं सिन्दूर रङ्गको वस्त्र लगाउनु उपयुक्त हुन्छ । यस विषयमा महाराष्ट्रको साधिका श्रीमती स्मिता जोशीलाई भएको अनुभूति हो ।

 

५. साधनामन्त्र

१. श्री गणेशाय नमः । : यसमा श्री अर्थात श्रीं तथा यो बीजमन्त्र हो । गणेशाय मूल बीजको सकल्पना हो, जब कि नमः पल्लव हो ।

२. ॐ गँ गणपतये नमः । : इसको अर्थ हो – ॐ अर्थात् प्रणव, गँ अर्थात् मूल बीजमन्त्र, गणपतये अर्थात् भगवान् श्रीगणेशलाई नम: अर्थात् नमस्कार गर्दछु ।

 

उपासनाका कृत्यहरु
कृत्य सम्बन्धी विवेचन
श्री गणेशपूजन पूर्व उपासक स्वयंले तिलक कसरी लगाउने?  आँखीभूईको बीचमा रहेको आज्ञाचक्रमा सिधा तिलक लगाउनुपर्दछ ।
श्री गणपतिलाई तिलक कुन औंलाले लगाउने ?  साहिंली (अनामिका) औंलाले
पुष्प कुन चढाउने ?  रातो रङ्गको फूल, आठ या आठको गुनामा जो समान आकारका छन्, फूललाई भेट्नु देवतातिर फर्काएर चढाउनु पर्दछ ।
तारक उपासनाको लागि कुन सुगन्धको घूप?  चन्दन, चमेली, केवडा, खस (सङ्ख्या २)
मारक उपसनाको लागि कुन सुगन्धको घूप?  हिना या दरबार (सङ्ख्या २)
आरती कसरी गर्ने? दाहिने हातको चोर औंला र बुढी औंलाले समाएर गोलाकार किसिमले ३ पटक घुमाउनु पर्दछ ।
कुन सुगन्धको अत्तर अर्पण गर्ने? हिना
श्री गणपतिलाई न्यूनतम कतिपटक परिक्रमा गर्ने? न्यूनतम आठ अथवा आठको गुनामा गर्नुपर्दछ
(सन्दर्भ: सनातनको ग्रन्थ एवं लघुग्रन्थ ‘श्री गणपति’)

६. रातो रङ्गको सारीको कारण गणेशतत्त्व ज्यादा मात्रामा प्राप्त हुने

२ अक्तूबर २००६ मा मैले रातो रङ्गको सारी लगाएकी थिएँ । केही समयपछि मेरो चारैतिर गणेशत्त्वको घेरा घुमिरहेको मलाई अनुभव भयो । त्यो समयमा चारैतिर रहेको गणेशतत्त्व अत्यन्त तेजस्वी देखिएको थियो । रातो सारीको कारण मलाई अधिक मात्रामा गणेशतत्त्व ग्रहण भइरहेको अनुभूति भयो । त्यो समय मेरो भक्तिभाव र आनन्द बढयो । मैले श्री गणेशजीको चरणमा, कृतज्ञता व्यक्त गरें । यो स्थिति ४ घण्टासम्म रहयो । श्रीमती स्मिता जोशीजीलाई भएको यो अनुभूतिले रातो वस्त्र लगाउँदा श्री गणेशतत्त्वबाट कसरी लाभ हुन्छ भन्ने कुरा बुझिन्छ ।

(सन्दर्भ – सनातनको ग्रन्थ – त्यौहार, धार्मिक उत्सव एवं व्रत )

Leave a Comment