गणेश पूजामा दुवोको विशेष महत्त्व

१. व्युत्पत्ति एवं अर्थ

दुः + अवम्, यी शब्दहरुबाट दूर्वा (दूवो) शब्द बनेको हो । ‘दुः’ अर्थात टाढा र ‘अवम्’ अर्थात नजिक ल्याउँने । दूर्वा त्यो हो, जसले श्री गणेशको टाढाको पवित्रहरुलाई नजिक ल्याइदिन्छ ।

 

२. श्री गणपतिलाई दूर्वा अर्पित गर्ने कारणहरु

२ अ. पौराणिक कारण

‘गणपतिसॅंग विवाह गर्ने कामनाले एउटा अप्सराले ध्यानमग्न गणपतिको ध्यानभंग गरिदियो । जब गणपति विवाहको लागि तयार भएन, तब अप्सराले गणपतिलाई श्राप दियो । यसले गणपतिको टाउकोमा जलन हुन थाल्यो, जसलाई न्यून (कम) गर्नको लागि गणपतिले टाउकोमा दूवो धारण गर्नुभयो; त्यसैले श्री गणपतिलाई दूवो चढाउॅंछ ।’

२ आ. आयुर्वेद अनुसार कारण

आयुर्वेदमा पनि यो भनिएको छ कि ‘दूवोको रसले शरीरको जलन न्यून हुन्छ ।’

२ इ. आध्यात्मिक कारण

पूजाको एउटा उद्देश्य यस्तो पनि हुन्छ जन मूर्तिको हामी पूजा गर्छौं, उहाँको देवत्त्वमा वृद्धि होस् एवं चैतन्यको स्तरमा हामीलाई फाइदा मिलोस् । त्यसैले त्यस देवतालाई उहाँको तत्त्व जति सक्छ धेरै आकर्षित गर्ने वस्तुहरु चढाउँनु उपयुक्त हुन्छ । दूवोमा गणेशतत्त्व आकर्षित गर्ने क्षमता सर्वाधिक हुन्छ, अतः श्री गणेशलाई दूवो चढाउँछ ।

 

३. दूवो कस्तो होस् ?

श्री गणपतिलाई चढाउने दूवो कोमल होस् । यसलाई  ‘बालतृणम्’ भनिन्छ । जीर्ण हुँदा एक प्रकारको घास जस्तै हुन्छ । दूवोको पातहरु ३, ५, ७ को बिजोर संख्याहरुमा होस् ।

 

४. दूवोको लम्बाई कति हुनुपर्छ ?

पूर्वकालमा श्री गणपतिको मूर्तिको ऊंचाई लगभग एक मीटर हुन्थ्यो, त्यसैले समिधाको लम्बाई जति दूवो अर्पण गर्दथ्यो । यदि मूर्ति समिधा जत्तिकै अग्लो छ भने लघु (सानो) आकारको दूवो अर्पण गर्नुहोस्; तर मूर्ति धेरै ठूलो छ भने तब समिधाको आकारको दुवो चढाउनुहोस् । जसरी समिधालाई एकत्र बाँध्छ त्यही प्रकार दूवोलाई पनि बाँधिन्छ । यसरी बाँध्नाले त्यसको सुगन्ध अधिक समय टिकी रहन्छ । यसलाई अधिक समय चैतन्यमय (ताजा) राख्नको लागि जलमा भिजाएर चढाउछ । यी दुई कारणहरुले श्री गणपतिको पवित्र धेरै लामो समयसम्म मूर्तिमा रहिरहन्छ ।

 

५. दूवोको संख्या कति हुनुपर्छ ?

बिजोर संख्या शक्तिसँग सम्बन्धित हुन्छ । दूवो अधिकतर बिजोर संख्याहरुमा (न्यूनतम ३ अथवा ५, ७, २१ आदि) अर्पण गर्दछ । बिजोर संख्याको कारण मूर्तिमा अधिक शक्ति आउँदछ । श्री गणपतिलाई विशेषतः २१ दूवो अर्पण गर्दछ । संख्याशास्त्रानुसार २१ अंक २ + १ = ३, यस प्रकार हुन्छ । श्री गणपति ३ को संख्यासँग सम्बन्धित छ । ३ को अंक कर्ता, धर्ता एवं हर्ता पनि भएको नाताले त्यस शक्तिद्वारा ३६० तरङ्गहरुलाई नष्ट गर्न सम्भव हुन जान्छ । सम संख्यामा दूवो चढाउनाले धिकाधिक ३६० तरङ्गहरु आकर्षित हुन्छ र तदुपरांत १०८ तरङ्गहरु पनि आकर्षित हुन्छ । (रावण प्रतिदिन ३६० + १०८ = ४६८ दूवो अर्पण गर्दथ्यो ।)

 

६. दूवो अर्पण गर्ने पद्धति (मूर्ति जागृत गर्ने तथा जागृतता बनाइ राख्ने पद्धति)

मुख छोडेर, सम्पूर्ण श्री गणपतिलाई दूवोलो ढाक्नु पर्छ । यसले मूर्तिको आसपास दूवोको सुगन्ध फैलिन थाल्दछ । श्री गणपतिलाई दूवोले ढाक्नाले यो सुगन्ध श्री गणपतिको आकारमा संचारित हुन्छ; त्यसैले श्री गणपतिको पवित्र आकार यस आकारतर्फ आउँन सरल हुन जान्छ । यो हो ‘मूर्तिको समाकारिकत्व ग्रहण गर्नु ।’ यसलाई ‘मूर्ति जागृत भयो’ यो पनि भनिन्छ । मूर्तिको प्राणप्रतिष्ठा यसको लागि गरिन्छ कि, त्यसमा आएको पवित्र निक्लेर नजाओस् त्यसैमा रहि रहोस् । जबसम्म सुगन्ध रहन्छ, पवित्र अधिक मात्रामा रहन्छ । पवित्र टिकि रहोस्, यसको लागि दिनमा तीन पटक (पहिला चढाएको दूवोलाई हटाएर) चढाउॅंछ र यसको लागि दिनमा तीन पटक पूजा गर्दछ ।

सन्दर्भ : सनातनको ग्रन्थ, ‘श्री गणपति’

Leave a Comment