नमाजप, मुद्रा र न्यासको गर्भवती स्त्री र गर्भमा गरेको वैज्ञानिक परीक्षण

नमाजप, मुद्रा र न्यासको , गर्भवती स्त्री र गर्भमा हुने आध्यात्मिक स्तरको प्रभाव अध्ययन गर्नको लागि ‘पिप’ प्रणालीको सहायताले ‘महर्षि अध्यात्म विश्विद्यालय’ द्वारा गरेको वैज्ञानिक परीक्षण

सूचना : यो छायाचित्र वातावरणको प्रभामण्डलको परीक्षणको दर्शक हो, त्यसैले पिपको छायाचित्र क्र. १ देखि (मूल प्रभामण्डल देखि) छायाचित्र क्र. २ र ३ को मेल गर्ने समय, यसको तुलनात्मक विवरणमा,छायाचित्रमा देखाएको गर्भवती स्त्री तथा आसनसँग सम्बन्धित रंगहरुको समावेश गरिएको छैन ।’

पिप’ (पोलीकन्ट्रास्ट इंटरफेरेन्स फोटोग्राफी) प्रणाली द्वारा लिएको छायाचित्रहरुले गर्भवती स्त्री र उनको गर्भमा नामजप, मुद्रा र न्यासको आध्यात्मिक प्रभाव देखाउँदछ !

 

अभ्याको उद्देश्यले, वैज्ञानिक उपकरणहरु द्वारा घटक वस्तुहरुको आध्यात्मिक विशेषताहरुको परीक्षण

कुनै घटक वस्तुमा कति प्रतिशत सकारात्मक स्पन्दन छ ? त्यो सात्त्विक छ या छैन ? आध्यात्मिक दृष्टिले लाभदायक छ अथवा छैन ? यो बुझ्नको लागि व्यक्तिमा बुद्धि भन्दा परे को सूक्ष्म कुरा बुझ्ने योग्यता हुन आवश्यक छ । यो योग्यता उच्च आध्यात्मिक स्तरको सन्तमा हुन्छ । त्यसैले उहाँ प्रत्येक घटकको स्पन्दन अचूकता सँग बुझ्न सक्नु हुन्छ । श्रद्धालु र साधक सन्तको वचनमा विश्वास गर्दछन्; तर बुद्धिवादी व्यक्तिहरुको विषयमा यस्तो हुँदैन; उनी प्रत्यक्ष ‘प्रमाण माग्दछ’ । उनीहरुलाई सबै वैज्ञानिक परीक्षणद्वारा सिद्ध गर्नु पर्दछ, तब उनीहरु त्यसलाई स्तय मान्दछन् ।’

‘साधनामा नामजप, नामजपको साथ मुद्रा र न्यास गर्दा आध्यात्मिक दृष्टिले धेरै लाभदायक हुन्छ । भनिन्छ, शुचीनां श्रीमतां गेहे योगभ्रष्टोभिजायते ।’ अर्थात साधक भगवद्भक्तको घरमा जन्मिन्छ । अभिभावकहरुले गर्नु भएको संस्कारहरु बच्चाहरुमा झल्किन्छन् । इतिहासमा यस्ता धेरै उदाहरणहरु छन् । भक्त प्रल्हाद जब आमाको गर्भमा थिए, तब नारदमुनिले उनलाई भगवानको भक्तिको मार्ग देखाइ दिनुभयो । यस कारणले उनलाई आमाको गर्भमा नै भगवानको भक्तिको ज्ञान आत्मसात भयो । राक्षस कुलमा जन्म लिएर पनि नारायणको नामबाट उनी भक्त प्रल्हाद बन्यो । अध्यात्मको जानकार यस्तो भन्नुहुन्छ, गर्भवती स्त्री साधना गर्छिन् भने त्यसको लाभ गर्भलाई पनि हुन्छ, यदि जन्म लिने बालक सात्त्विक छ भने उसको सात्त्विकताको लाभ आमालाई पनि हुन्छ । ‘केवल नामजप गर्नु र नामजपको साथ हातको मुद्रा बनाएर न्यास गर्नु, यसले गर्भवती स्त्रीको वरिपरिको वायुमण्डलमा के प्रभाव हुन्छ ?’, यसको वैज्ञानिक दृष्टिले अध्ययन गर्ने उद्देश्यले ‘पिप (पोलीकन्ट्रास्ट इंटरफेरेन्स फोटोग्राफी)’ प्रणालीको सहायताले परीक्षण गर्यो । यसको निरीक्षण र यसको विवरण प्रस्तुत गरिएको छ ।

१. वैज्ञानिक परीक्षण गर्ने उद्देश्य

‘गर्भवतीको वरपरको वायुमण्डलमा नामजप गर्ने तथा नामजप सहित मुद्रा गरि न्यास गर्दा हुने प्रभाव वैज्ञानिक दृष्टिले परीक्षण गर्ने उद्देश्यले ‘महर्षि अध्यात्म विश्वविद्यालय’ द्वारा ८.९.२०१४ मा गोवाको सनातन आश्रममा वैज्ञानिक परीक्षण गर्यो । यो परीक्षण वस्तु एवं व्यक्तिको ऊर्जाक्षेत्रको (‘aura’) अध्ययन गर्नको लागि उपयुक्त ‘पिप’ (पोलीकन्ट्रास्ट इंटरफेरेंस फोटोग्राफी)’ प्रणालीको सहायताले गर्यो ।

२. परीक्षणको स्वरूप

यस परिक्षणको लागि गर्भवती साधिकाको आगाडि दिए अनुसार तीन अवस्थाहरुमा खीचिएको ‘पिप’ छायाचित्रहरु लिएको छ ।
अ. गर्भवती साधिका नामजप प्रारम्भ गर्नुभन्दा पहिला
आ. गर्भवती साधिका नामजप गरिरहेको समय
इ. गर्भवती साधिका नामजपसहित मुद्रा र न्यास गरिरहेको समय
यी छायाचित्रहरुको तुलनात्मक अध्ययन गरिसकेपछि हामी यो बुझ्न सक्षम भएका छौं, ‘तीन अवस्थाहरुमा साधिकाबाट प्रक्षेपित स्पन्दनहरुले वातावरणमा कस्तो प्रभाव पार्दछ ?’

३. परीक्षणमा प्रयुक्त घटनाहरुको जानकारी

३ अ. परीक्षणमा सम्मिलित भएको साधिका

२९ वर्षीय साधिका ६ माहिनाको गर्भवती थिइन । उनी, उनका श्रीमान र अन्य परिवारहरु वर्ष २००७ देखि सनातन संस्थाको मार्गदर्शमा साधना गर्दै आएका छन् ।

३ आ. नामजप

अनुसन्धानको समय साधिकालाई नामजप गर्नको लागि भनियो । उनी मन मननै ‘ॐ ॐ नमो भगवते वासुदेवाय ॐ ॐ’ यो नामजप गर्दै थिइन् ।

३ इ. मुद्रा र न्यास

अनुसन्धान गरिरहेको समय साधिकालाई मुद्रा र न्यास गर्नको लागि भनियो, तब साधिकाले नामजप गर्दै हातको पाँच औंलाहरु जोडेर बनाएको मुद्रा मणिपुरचक्रको (नाईटोको) नजिक शरीरबाट १ – २ सें.मी. को दूरी राखेर न्यास गरिन् ।

४. ‘पिप’ प्रणालीको परिचय

४ अ. परीक्षणको घटकहरुको आध्यात्मिक स्तरीय विशेषताहरुको, वैज्ञानिक उपकरण अथवा प्रणालीद्वारा अध्ययनको उद्देश्य

कुनै घटकहरुमा (वस्तु, वास्तु, प्राणी र व्यक्तिमा) सकारात्मक स्पन्दनको प्रतिशत, ती घटकमा सात्त्विकता भएको अथवा नभएको तथा आध्यात्मिक दृष्टिले त्यो लाभदायक छ अथवा छैन, यो जान्नको लागि सूक्ष्म-स्तरीय ज्ञान हुन आवश्यक छ । उच्च स्तरको सन्तसँग सूक्ष्म-स्तरीय ज्ञान हुन्छ, त्यसैले उहाँ प्रत्येक घटकको स्पन्दनहरुको सटीक परीक्षण गर्न सक्नुहुन्छ । श्रद्धालु र साधकले सन्तको शब्दलाई प्रमाण मानेर त्यसमा श्रद्धा राख्दछन्; तर बुद्धिजीवी शब्द प्रमाण होइन तसर्थ प्रत्यक्ष प्रमाण नै मान्दछ; त्यसैले उनलाई सबै कुरा वैज्ञानिक अनुसन्धान द्वारा, अर्थात यन्त्र द्वारा सिद्ध गरेर देखाउनु पर्दछ, तब मात्र सत्य मान्दछ ।

४ आ. ‘पिप’ प्रणालीको सहायताले घटकहरुलाई सकारात्मक एवं नकारात्मक स्पन्दन रंगको माध्यमबाट देखाउने सुविधा

यो प्रणाली द्वारा हामी कुनै वस्तुमा आँखाले देख्न नसक्ने रंगीन प्रभामण्डल देख्न सक्छौं । ‘भिडियो क्यामेरालाई’ ‘पिप’ नामक प्रणालीसँग जोडेर वस्तु, वास्तु अथवा व्यक्तिको ऊर्जाक्षेत्र विभिन्न रंगहरुमा देख्न सक्छौं । यसमा सकारात्मक र नकारात्मक स्पन्दन रंगको माध्यमबाट देखिने सुविधा छ । यी रंगहरुको दर्शक के हो, यो सूत्र ‘७ अ’ तालिकाको दोस्रो स्तम्भमा दिएको छ ।

५. अनुसन्धानको सम्बन्धमा लिएको सावधानी

अ. पिप छायाचित्र खीच्नको लागि यो अनुसन्धानमा विशिष्ट कोठाको उपयोग गर्यो । यो कोठाको भित्ता, छत आदि को रंगहरुले साधिकाको वलयको रंगहरुमा प्रभाव नपरोस्, त्यसैले कोठाको भित्ता र छत आदिको सेतो रंग राख्यो ।

आ. सम्पूर्ण अनुसन्धानको समय कोठामा प्रकाश व्यवस्था एक समान राखिएको थियो र कोठा बाहिरको वायु, प्रकाश, उष्णताको प्रभाव कोठामा गरिरहेको अनुसन्धानमा नपरोस् भनेर कोठा बन्द राखिएको थियो ।

६. ‘पिप’ परीक्षणको छायाचित्र र निरीक्षण बुझ्नको लागि उपयुक्त सूत्रहरु

६ अ. मूलभूत प्रविष्टि (वातावरणको मूलभूत प्रभामण्डल)

परीक्षणमा कुनै घटकको कारण (उदा. यो परिक्षणमा गर्भवती महिलाद्वारा नामजप गर्ने एवं मुद्रा गरिरहेको समय) वातावरणमा भएको परिवर्तन अध्ययन गर्नको लागि कुनै पनि घटकको ‘पिप’ छायाचित्र लिइन्छ; तर वातावरणमा निरन्तर परिवर्तनहरु भइरहन्छन् । त्यसैले कुनै घटकको परीक्षण गर्नु भन्दा पहिला जहाँ घटकलाई राखिन्छ त्यस वातावरणको (उदा. यो परीक्षणमा गर्भवती महिलाले नामजप आरंभ गर्नु भन्दा पूर्वको वातावरणको) ‘पिप’ छायाचित्र लिइन्छ । यसलाई ‘मूलभूत प्रविष्टि’ भनिन्छ । त्यस पश्चात घटकको ‘पिप’ छायाचित्रको मूलभूत प्रविष्टिबाट (वातावरणको मूलभूत प्रभामण्डल दर्शाउॅंने ‘पिप’ छायाचित्रसँग) तुलना गरेपछि त्यस घटकको कारण वातावरणमा हुने परिवर्तन बुझ्दछौं ।

६ आ. मूलभूत प्रविष्टिको तुलनामा वस्तुको प्रभामण्डल दर्शाउँने ‘पिप’ छायाचित्रहरुको रंगको मात्रा बढ्ने अथवा घट्ने आधारभूत सिद्धान्त

परीक्षणको लागि घटक (उदा. यो परीक्षणमा नामजप आरम्भ गर्नु भन्दा अघि) (मूलभूत प्रविष्टिको) तुलनामा घटक राखे पछि प्रभामण्डलमा रंग बढ्ने अथवा घट्ने गर्दछ । यहाँ बढ्ने-घट्ने त्यो घटकबाट प्रक्षेपित हुने त्यस रंगसँग सम्बन्धित स्पन्दहरुको अनुसार हुन्छ, उदा. परीक्षणको लागि घटक राखेपछि यदि त्यसबाट धेरै मात्रामा चैतन्यको स्पन्दन प्रक्षेपित हुन्छ भने प्रभामण्डलमा पहेलो रंग बढ्दछ । यदि चैतन्यको स्पन्दन प्रक्षेपण हुँदैन अथवा अन्य स्पन्दको तुलनामा अल्प छ भने तब प्रभामण्डलमा पहेलो रंग घट्दछ । (यसलाई ध्यानमा राख्दै सूत्र ७ अ. निरीक्षण १ र ७ आ निरीक्षण २ पढ्नुहोस् ।)

६ इ. प्रभामण्डलमा देखिने रंगहरुको जानकारी

परीक्षणको वस्तु (अथवा व्यक्तिको) ‘पिप’ छायाचित्रमा देखिने प्रभामण्डलको रंग त्यस वस्तुको ऊर्जाक्षेत्रको विशिष्ट स्पन्दन दर्शाउँछ । प्रभामण्डलको प्रत्येक रंगको विषयमा ‘पिप’ कम्प्युटर प्रणालीको निर्माताद्वारा प्रकाशित कार्यपुस्तिकामा दिएको (‘मैन्युअलमा’ दिएको) जानकारी तथा महर्षि अध्यात्म विश्वविद्यालय द्वारा गरिएको सयौं अनुसन्धानहरुको निरीक्षणहरुको अनुभवको आधारमा प्रत्येक रंग कुन स्पन्दन दर्शाउँछ ?, यो निश्चित गरिन्छ । यो सूत्र ७ अ. निरीक्षण १ मा दिएको तालिकाको दोस्रो स्तम्भमा अर्थात ‘त्यो के को दर्शक हो ?’ मा दिएको छ ।

६ ई. सकारात्मक स्पन्दन

‘पिप’ छायाचित्रको हल्का गुलाबी, सुगा रंग, निलो मिश्रित सेतो, पहेलो, गाढा हरियो, हरियो, निलो र बैजनी रंग क्रमशः आध्यात्मिक दृष्टिले अधिक लाभदायक देखि अल्प लाभदायक स्पन्दन (रंग) दर्शाउँदछ । यी सबै आध्यात्मिक दृष्टिले लाभदायक स्पन्दनलाई (रंगहरुलाई) यहाँ एकत्रित रूपले ‘सकारात्मक स्पन्दन’ सम्बोधित गरेको छ ।

६ उ. नकारात्मक स्पन्दन

‘पिप’ छायाचित्रमा खरानी समान रंग, गुलाबी, सुन्ताला र भगवा रंग क्रमशः आध्यात्मिक दृष्टिले अधिक पीडादायी देखि कम पीडादायी स्पन्दन दर्शाउँदछ । यी सबै आध्यात्मिक दृष्टिले पीडादायी (कष्टदायक) स्पन्दनलाई (रंगहरुलाई) एकत्रित रूपमा ‘नकारात्मक स्पन्दन’ सम्बोधित गरेको छ ।

६ ऊ. ‘पिप’ छायाचित्रमा साधारण भन्दा उच्च सकारात्मक स्पन्दनहरुको दर्शक रंग देखाउँनु श्रेष्ठ

‘पिप’ छायाचित्रमा सुगा रंग अथवा निलो मिश्रित सेतो यी उच्च सकारात्मक स्पन्दनहरुको दर्शक रंग देखाई दिन थाल्यो भने तब कहिलेकाही पहेलो, गाढा हरियो अथवा हरियो, यी सामान्य सकारात्मक स्पन्दनहरुको दर्शक रंगको मात्रा घटेर जान्छ अथवा ती रंगहरु देखाई दिदैनन् । यसलाई राम्रो मानिन्छ; किनकि त्यो समय सामान्य सकारात्मक स्पन्दनको स्थान त्यो भन्दा पनि उच्च कोटिको सकारात्मक स्पन्दन लिन्छ ।

६ ए. ‘पिप’ छायाचित्रको रंगको विशेषताहरु त्यो रंगको प्रत्यक्ष आध्यात्मिक विशेषतासँग सम्बन्धित हुँदैन

‘पिप’ कम्प्युटर प्रणालीको निर्माताहरुले ‘पिप’ छायाचित्रमा नकारात्मक स्पन्दहरुको लागि भगवा र सुन्तला रंग निर्धारित गरेका छन् । यसको र ती रंगहरुको प्रत्यक्ष आध्यात्मिक विशेषताहरु बीच (उदा. भगवा रंग त्याग र वैराग्यको प्रतीक हो) कुनै सम्बन्ध छैन ।

६ ऐ. ‘पिप’ छायाचित्रको तुलना गर्ने समय परीक्षणमा
सहभागी साधिका, तथा टेवलको रंग विचार गरेको छैन

यो वातावरणको प्रभामण्डलको परीक्षण हुनुको कारण ‘पिप’ छायाचित्र क्र. २ र ३ को तुलना मूल प्रभामण्डलसॅंग (छायाचित्र क्र. १ सॅंग) गर्ने समय परीक्षणमा सहभागी साधिका तथा आसनको रंगको विचार गरेको छैन ।

७. निरीक्षण

७ अ. निरीक्षण १ – ‘पिप’ छायाचित्रहरुमा देखाईदिने प्रभामण्डलहरुका रंग, ती के का दर्शक हुन् र तिनीहरुको मात्रा बढ्ने अथवा घट्ने

गर्भवती साधिका नामजप गर्दै र नामजप सहित मुद्रा र न्यास गर्दै, यी दुबै स्थितिहरुमा प्रभामण्डलको तुलना मूलभूत प्रविष्टिसँग गरिएको छ, यो ध्यानमा राख्दै अगाडि पढ्नुहोस् ।

टिप्पणी १ – घटकको अंतर्बाह्य नकारात्मक स्पन्दन नष्ट गर्ने र सकारात्मक स्पन्दनमा वृद्धि गर्ने क्षमता

टिप्पणी २ – घटकको केवल बाह्य नकारात्मक स्पन्दन नष्ट गर्ने र सकारात्मक स्पन्दनमा वृद्धि गर्ने क्षमता

टिप्पणी ३ – सूक्ष्म-स्तरीय आध्यात्मिक उपचार-क्षमता अधिक र सात्त्विकता स्पन्दन अल्प प्रक्षेपित भएको, यो तालिकाको सूत्र क्र. १ र ५ बाट स्पष्ट हुन्छ । (आध्यात्मिक कष्ट हटाउनको लागि आध्यात्मिक स्तरमा उपचार गर्नुपर्दछ, यसलाई ‘आध्यात्मिक उपचार’ भनिन्छ ।)

७ आ. निरीक्षण २

‘पिप’ छायाचित्रहरुमा देखिने प्रत्येक स्पन्दहरु (रंगहरु) को मात्रा (प्रतिशतमा)

७ इ. भक्त प्रल्हादको कथालाई पुष्टि मिल्ने

प्रस्तुत परीक्षणमा सम्मिलित भएको साधिकाको ४.१२.२०१४ मा प्रसूति भयो र उनलाई कन्यारत्न प्राप्ति भयो । नवजात बालिकाको आध्यात्मिक स्तर जन्मतः ६१ प्रतिशत छ अर्थात बालिका सात्त्विक छ । (‘गर्भस्थ शिशु सात्त्विक हुनु’ पनि ‘मूलभूत पाठ्यांक (reading)’ को समय प्रभामण्डलमा सकारात्मक स्पन्दन अधिक देखाई दिने एउटा कारण हो ।) गर्भवती द्वारा गरिएको नामजप आदि साधना उनको गर्भको लागि पनि लाभदायक हुन्छ । साधनाको संस्कार उनको शिशुमा पनि प्रतिबिम्बित हुन्छ । इतिहासमा यस्तो धेरै उदाहरणहरु छन् । प्रल्हाद आफ्नो माता कयाधुको गर्भमा थियो, तब देवर्षि नारदले उनलाई ईश्वरको भक्तिको मार्ग दिखाइ दिनु भयो । त्यसैले उनलाई आमाको गर्भमा नै ईश्वरको भक्तिको ज्ञान आत्मसात भयो । राक्षस कुलमा जन्म लिएर पनि नारायणको नामजपको कारण उनी ‘भक्त प्रल्हाद’ बने ।

७ ई. केवल नामजप गर्नुको अपेक्षा नामजप सहित हातको मुद्रा गरि न्यास गर्नु, यसले व्यक्तिको सकारात्मक स्पन्दन बढाउनको लागि उपयुक्त हुन्छ

नामजप, मुद्रा र न्यास गर्नाले व्यक्तिलाई आध्यात्मिक दृष्टिले पनि लाभ हुन्छ । नामजप, मुद्रा व न्यासको कारण सामान्य व्यक्तिबाट प्रक्षेपित सकारात्मक स्पन्दनको मात्रा बढ्दछ ।
यो परीक्षणमा जप प्रारम्भ गर्दा साधिकाबाट प्रक्षेपित हुने नकारात्मक स्पन्दनको मात्रा घट्यो र सकारात्मक स्पन्दन केहि मात्रामा बढ्यो । नामजप सहित मुद्रा र मणिपुरचक्रमा न्यास गर्नाले नकारात्मक स्पन्दनको मात्रा अझै घट्यो, तथा सकारात्मक स्पन्दनको मात्रा अझ बढ्यो । यसबाट स्पष्ट हुन्छ कि ‘नामजप गर्नु, तथा त्यसमा पनि अधिक नामजप सहित मुद्रा र न्यास गर्नु गर्भवती तथा गर्भस्थ शिशु, दुबैको लागि आध्यात्मिक दृष्टिले अधिक लाभदायक हुन्छ ।’ – श्री. रूपेश रेडकर, महर्षि अध्यात्म विश्वविद्यालय, गोवा. (१५.२.२०१६)

इ-मेल : [email protected]

स्रोत : सनातन प्रभात हिन्दी

Leave a Comment