परात्पर गुरु डॉ. आठवलेज्यू द्वारा भन्नु भएको प्रतिशत र उपकरणहरु द्वारा गरिएको परीक्षणमा समानता हुने तथा उहाँ दृष्टा हुने बोध !

परात्पर गुरु डॉ. आठवलेज्यूले अध्यात्मको क्षेत्रमा आउनु भन्दा पहिला चिकित्सा क्षेत्रमा धेरै अनुसन्धान गर्नु भएको छ । तसर्थ, उहाँको अध्यात्मशास्त्रसॅंग सम्बन्धित लेख पनि तुलनात्मक तालिका, प्रतिशत, लेख आदि शास्त्रीय परिभाषामा छन्, उदा. कुनै साधकको आध्यात्मिक स्तर कति प्रतिशत छ, देवताको चित्रमा मूल देवता तत्त्व कति प्रतिशत आकर्षित भईरहेको छ इत्यादि । यस सम्बन्धमा उहाँलाई सूक्ष्मबाट विश्वमन, विश्वबुद्धिको माध्यमबाट जानकारी प्राप्त भईरहन्छ । प्रतिशतको सत्यताको सम्बन्धमा कुनै बुद्धिजीवी सन्देह व्यक्त गर्दछ; तर प्रत्यक्ष कुनै व्यक्ति अथवा वस्तुको सम्बन्धमा परात्पर गुरु डॉ. आठवलेज्यू द्वारा सूक्ष्मबाट भन्नु भएको प्रतिशत र केहि समय पश्चात त्यस सम्बन्धमा आधुनिक वैज्ञानिक उपकरणहरुको माध्यमबाट गरिएको अनुसन्धानको निष्कर्षमा धेरै समानता देखाई दिन्छ । यसको केहि उदाहरणहरु अगाडि दिएका छन् ।

– डॉ. (श्रीमती) नंदिनी सामंत, महर्षि अध्यात्म विश्वविद्यालय, गोवा.

 

१. सनातन-निर्मित श्री गणेशको सात्त्विक चित्रको सम्बन्धमा परात्पर गुरु डॉ. आठवलेज्यू द्वारा भन्नु भएको प्रतिशत र ‘पिप’ प्रणाली द्वारा त्यही चित्रमा गरिएको परीक्षण एक समान हुने

१ अ. देवताको सात्त्विक चित्रहरुको निर्माणको पृष्ठभूमि

देवताको चित्र उहाँको मूल रूपसॅंग जति धेरै मिल्दोजुलत्दो हुन्छ, त्यति नै देवताको तत्त्व अधिक मात्रामा हुन्छ । कलियुगमा कुनै देवताको चित्र अथवा मूर्तिमा अधिकाधिक ३० प्रतिशत सम्म देवताको तत्त्व आउन सक्छ । वर्तमानमा बजारमा देवताको जुन सर्वोत्तम चित्र उपलब्ध छ, त्यसमा सम्बन्धित देवताको तत्त्व ग्रहण गर्ने र त्यसबाट प्रक्षेपित गर्ने क्षमता २ – ३% मात्र देखाई दिन्छ । देवताको उपासकलाई सम्बन्धित देवताको अधिकाधिक स्पन्दन ग्रहण र प्रक्षेपित गर्न सक्ने चित्र उपलब्ध गराउने उद्देश्यले तथा ईश्वरप्राप्ति गर्नको लागि साधनाको रुपमा, सनातनको साधक-चित्रकारहरुले देवताहरुको सात्त्विक चित्रको निर्मिति परात्पर गुरु डॉ. आठवलेज्यूको मार्गदर्शनमा प्रारम्भ गर्यो । उदाहरणको लागि, हामी श्री गणपतिको सात्त्विक चित्रको निर्मितिको विभिन्न चरणहरुको चित्र हेरौं ।

१ आ. श्री गणपतिको सात्त्विक चित्र निर्माणको चरणहरु

वर्ष २००० भन्दा पूर्व साधक-चित्रकारले कम्प्युटर द्वारा श्री गणपतिको चित्र बनाउन प्रारम्भ गर्यो र वर्ष २०१२ सम्म श्री गणपतिको कुल ६ चित्रहरु प्रकाशित गर्यो । प्रथम प्रकाशित चित्रमा गणेश तत्त्व ४% आयो, यस्तो परात्पर गुरु डॉ. आठवलेज्यूले सूक्ष्म ज्ञान द्वारा बताउँनु भयो । (‘कुनै देवताको चित्रमा त्यस देवता कति तत्त्व छ ?’, यो विज्ञान द्वारा नापने प्रणाली अहिलेसम्म अस्तित्वमा छैन ।) यस पश्चात परात्पर गुरु डॉ. आठवलेज्यूको मार्गदर्शनमा तथा साधक-चित्रकारलाई ध्यानावस्थामा प्राप्त ज्ञानको आधारमा वर्ष २०१२ सम्म गणपतिको चित्रमा जसरी सुधार हुँदै गयो, त्यस चित्रमा गणेश तत्त्वको मात्रा बढ्दै गयो । श्री गणपतिको चित्र निर्मितिको वर्ष र चित्रमा गणेश तत्त्व हेर्नको लागि दायाँतर्फ दिएको चित्र हेर्नुहोस् ।

१ इ. ‘पिप (पोलीकन्ट्रास्ट इंटरफेरन्स फोटोग्राफी)’प्रणालीको सहायताद्वारा सनातन-निर्मित श्री गणपतिको चित्रको सूक्ष्म स्पन्दनमा गरिएको अध्ययनमा चित्रमा बढ्दो गणेश तत्त्वानुरूप सकारात्मक स्पन्दनको मात्रा बढि रहेको देखाई दिन्छ

उक्त उल्लेखित सनातन- निर्मित श्री गणपतिको ६ चित्रहरुको अध्यात्मशास्त्रको दृष्टिद्वारा ज्ञात भएको विशेषताहरुको अध्ययन गर्ने उद्देश्यले ती चित्रहरुको ‘पिप’ प्रणालीको सहायताले परीक्षण गर्यो ।

पृष्ठ ८ दाहिनेपट्टि चित्रहरु मुनि परीक्षणको क्रममा भेटिएका श्री गणपतिको चित्रहरुको ‘पिप’ फोटो र वर्णन हेर्नुहोस् ।

१ इ १. सनातनले बनाएको श्री गणपतको चित्रहरुको ‘पिप’छायाचित्र र त्यसमा सकारात्मक स्पन्दनको मात्रा

१ इ २. ‘पिप’ छायाचित्रहरुको निष्कर्ष

अ. गणपतिको प्रत्येक चित्रमा भएको गणेश तत्त्वको वृद्धि सम्बन्धित ‘पिप’ छायाचित्रहरुमा अचूक देखाई दिन्छ ।

आ. सनातन-निर्मित १५% सात्त्विकता भएको श्री गणपतिको चित्र र २७% सात्त्विकता भएको श्री गणपतिको चित्रमा सात्त्विकताको ठूलो अन्तर स्पष्ट देखाई दिन्छ ।

इ. २७ प्रतिशत र २८.५% गणेश तत्त्वले युक्त चित्रहरुको उच्च सात्त्विकता ‘पिप’ छायाचित्रहरुमा शुद्धता अथवा पवित्रता नीलो र सेतो रंगले दर्शाउँछ तथा सूक्ष्म स्तरको आध्यात्मिक उपचारी-क्षमता हरियो रंगले स्पष्ट देखाई दिन्छ ।

१ ई. ‘पिप’ प्रणाली एक सीमासम्म सनातन-निर्मित श्री गणपतिको चित्रहरुको सात्त्विकता थाहा पाउने तथा परात्पर गुरु डॉ. आठवलेज्यूले ‘पिप’ परीक्षण गर्नु भन्दा पहिलानै ‘गणपतिको प्रत्येक चित्रमा कति सात्त्विकता अर्थात गणेश तत्त्व छ ?’,यो अचूकतासँग भन्नुभएको

उक्त परीक्षणबाट सनातन-निर्मित श्री गणपतिको चित्रहरुमा उत्तरोत्तर बढ्दै गएको सात्त्विकता (गणपति तत्त्व) वैज्ञानिक दृष्टिले पनि स्पष्ट भयो । परात्पर गुरु डॉ. आठवलेज्यले यही सत्य ध्यानावस्थामा प्राप्त ज्ञानद्वारा कुनै पनि वैज्ञानिक उपकरणको उपयोग नगरि पहिलानै बताउनु भएको थियो । यति मात्र होइन यो भन्दा पनि अगाडि जानु भएर ‘प्रत्येक चित्रमा कति सात्त्विकता (गणपति तत्त्व) छ ?’, यो पनि अचूकतासँग बाताउनु भएको थियो । सन्तले ध्यानावस्थामा पहिला नै भन्नु भएको, यो सत्य वैज्ञानिक उपकरणद्वारा गरिएको परीक्षणको निष्कर्षबाट पुष्टि भयो !

 

२. तथाकथित बुद्धिजीवीहरु द्वारा समाजमा अध्यात्मसँग सम्बन्धित फैलाई रहेको व्यर्थ विकल्पको भ्रम वैज्ञानिक परीक्षणको निष्कर्षबाट स्पष्ट हुन्छ

सनातन-निर्मित देवताहरुको सात्त्विक चित्रहरुमा देवता तत्त्व, सनातन-निर्मित रांगोलिहरुको देवता तत्त्व, साधकको आध्यात्मिक स्तर आदि का अकं सनातन द्वारा भन्दछन् । यसको सत्यता सम्बन्धमा तथाकथित बुद्धिजीवी संदेह व्यक्त गरि समाजलाई भ्रमित गर्दछ तथा यस प्रकारले समाजको असीमित हानिहरु गरिरहेका छन् । परात्पर गुरु डॉ. आठवलेज्यूले सूक्ष्म ज्ञान द्वारा दिनु भएको सम्बन्धित अकंको सत्यता वैज्ञानिक परीक्षणको निष्कर्षबाट पुष्टि हुन्छ । यो उक्त उदाहरणबाट स्पष्ट हुन्छ । महर्षि अध्यात्म विश्वविद्यालय द्वारा गरिएको यस्ता सयौं परीक्षणहरु मा प्रत्येक पटक यस्तो देखाइ दिन्छ ।

स्रोत : दैनिक सनातन प्रभात

Leave a Comment