हिन्दू राष्ट्र स्थापनाको सन्दर्भमा परात्पर गुरु डॉ. आठवलेज्यूको अनमोल विचार !

हिन्दू राष्ट्रको अपरिहार्यता !

भारतमा वर्ष २०२३ मा ईश्वरीय राज्य अर्थात हिन्दू राष्ट्र स्थापित हुनेछ । यो आजसम्म धेरै सन्तहरुले समय-समय मा भन्नु भएका छन् । हिन्दू राष्ट्रको स्थापनासँग सम्बधित कुनै पनि आशादायी घटना स्थूल रूपमा भइरहेको देखाई दिएको छैन । यस्तो अवस्थामा हिन्दू राष्ट्रको विषयमा बोल्दा, कसैलाई पनि अतिशयोक्ति लाग्न सक्छ; तर भविष्यकालमा के हुनेछ ती घटना देख्न सक्ने सन्तहरुले, हिन्दू राष्ट्र रूपी उज्ज्वल भविष्य देख्नु भएका छन् । अब त्यो दिशामा प्रयत्न गर्नु हाम्रो साधना हो । हिन्दू राष्ट्र स्थापनाको विषयमा धेरै व्यक्तिहरुको मनमा उत्सुकता छन् । यो विषयमा विस्तृत जानकारी हिन्दू राष्ट्रको स्थापनाको दिशा लेखमालामा पढ्न सक्नुहुन्छ । ईश्वरसँग प्रार्थना छ कि यसलाई पढेर भविष्यमा भारतभूमिमा रामराज्यको अनुभव गर्ने हिन्दू राष्ट्रको स्थापना हेतु हिन्दू समाजलाई अथक प्रयास गर्ने प्रेरणा मिलोस् !

६. हिन्दू राष्ट्र-स्थापनाको सूक्ष्म र स्थूल स्तरको प्रक्रिया जान्नुहोस् !

६ अ. भारतमा ‘हिन्दू राष्ट्र’ स्थापित हुने आध्यात्मिक कारण

‘स्थूलमा हुने घटनाको शारीरिक, मानसिक तथा आध्यात्मिक कारण हुन्छ । यी मध्ये आध्यात्मिक कारण बुद्धिद्वरा बुझ्न सक्दैनौं । यो विषयमा बुद्धिजीवी बुद्धिको बलमा नै प्रमाण जुटउँछ; त्यसैले स्थूल कारण मात्र विचार गर्न सक्छ । यसको विपरीत अध्यात्ममा उन्नत साधक विश्वमन अनि विश्वबुद्धिको विचार ग्रहण गर्न सक्छ । यसलाई नै ‘सूक्ष्म-स्तरीय ज्ञान’ भनिन्छ ।

६ अ १. कालमहिमा

कुनै पनि कार्यको लागि उचित समय आवश्यक हुन्छ । सन्तलाई थाहा हुन्छ कि कुन कार्यको लागि कुन समय उपयुक्त छ । अहिले यस्तो कुनै घटना भएको छैन, जसले अनुमान लगाउन सक्छ कि भारतमा हिन्दू राष्ट्रको स्थापना हुनेछ ।’तर कालको पदचाप सुन्ने सन्तले थाहा पाउँनु भईसक्यो कि हिन्दू राष्ट्रको स्थापना हुनेछ ! तलको सूत्रहरुबाट सबैलाई कालको महत्त्व ध्यानमा आउनेछ ।

अ. शिशुपालको सय अपराध पूर्ण भएपछि मात्र भगवान श्रीकृष्णले मार्नु गर्नुभयो ।

आ. क्रान्तिकारी कालमहिमालाई नबुझि, भावनावश कार्य गर्दछ । त्यसैले धेरै व्यक्तिहरुको असफल मृत्यु हुन्छन् । राष्ट्रकार्यको लागि प्राण बलिदान गर्नुको कारण, उनको व्यष्टि साधना हुन्छ; तर यसले समाजलाई कुनै विशेष लाभ हुँदैन । यसको विपरीत क्रांतिकारी अरविंद घोषले पहिला साधना गरि प्रगति गर्नुभयो त्यसैले उहाँमा सूक्ष्म ज्ञान थियो कि भारत वर्ष १९४७ मा स्वतन्त्र हुनेछ । त्यसैले उहाँले क्रान्तिको विचार मनबाट निकाल्नु भयो र साधना गरि महर्षि बन्नुभयो । उहाँले साधनाको क्षेत्रमा लाखौं मानिसहरुलाई मार्गदर्शन गर्नुभयो । (क्रमशः)

अधिक जानकारीको लागि पढ्नुहोस्, सनातनको ग्रन्थ “हिन्दू राष्ट्र स्थापनाको दिशा”
यो ग्रन्थ ऑनलाइन किन्नको लागि हेर्नुहोस् ‘सनातन शॉप’ वेबसाइटको लिंक : goo.gl/ha0ntA
(सूचना : यो लिंकको केहि अक्षर ‘कैपिटल’ छ ।)

सन्दर्भ : सनातनको ग्रन्थ ‘हिन्दू राष्ट्र की स्थापना की दिशा’

Leave a Comment