हिन्दू राष्ट्र स्थापनाको सन्दर्भमा परात्पर गुरु डॉ. आठवलेज्यूको विचारधन !

भारतमा वर्ष २०२३ मा ईश्वरीय राज्य अर्थात हिन्दू राष्ट्र स्थापित हुनेछ । यो आजसम्म धेरै सन्तहरुले समय-समय मा भन्नु भएका छन् । हिन्दू राष्ट्रको स्थापनासँग सम्बधित कुनै पनि आशादायी घटना स्थूल रूपमा भइरहेको देखाई दिएको छैन । यस्तो अवस्थामा हिन्दू राष्ट्रको विषयमा बोल्दा, कसैलाई पनि अतिशयोक्ति लाग्न सक्छ; तर भविष्यकालमा के हुनेछ ती घटना देख्न सक्ने सन्तहरुले, हिन्दू राष्ट्र रूपी उज्ज्वल भविष्य देख्नु भएका छन् । अब त्यो दिशामा प्रयत्न गर्नु हाम्रो साधना हो । हिन्दू राष्ट्र स्थापनाको विषयमा धेरै व्यक्तिहरुको मनमा उत्सुकता छन् । यो विषयमा विस्तृत जानकारी हिन्दू राष्ट्रको स्थापनाको दिशा लेखमालामा पढ्न सक्नुहुन्छ । ईश्वरसँग प्रार्थना छ कि यसलाई पढेर भविष्यमा भारतभूमिमा रामराज्यको अनुभव गर्ने हिन्दू राष्ट्रको स्थापना हेतु हिन्दू समाजलाई अथक प्रयास गर्ने प्रेरणा मिलोस् !

 

हिन्दू राष्ट्र : मूलभूत विचार

१. व्याख्या तथा समानार्थी शब्द

१ अ. हिन्दू राष्ट्रको अर्थ हो, विश्वकल्याण हेतु कार्यरत सात्त्विक व्यक्तिहरुको राष्ट्र !

मेरुतन्त्र नामक धर्मग्रन्थमा लेखेको छ हीनं दूषयति इति हिन्दुः । अर्थात जो हीन अथवा कनिष्ठ रज र तम गुणको दूषयति अर्थात नाश गर्दछ, त्यो हिन्दू हो । अर्को शब्दमा जो रज-तमात्मक हीन गुणको तथा त्यसबाट हुने कायिक, वाचिक र मानसिक स्तर भन्दा तलको कर्महरुको परित्याग गर्दछ; अर्थात सात्त्विक आचरण गर्दछ, त्यो हिन्दू हो । यस्तो सत्त्वगुणी व्यक्ति म अनि मेरो, यो संकीर्ण विचारलाई त्याग गरि, विश्वकल्याणको व्यापक विचार गर्दछ । इतिहासमा यसको धेरै उदाहरणहरु छन् ।

१. हाम्रो पूर्खा ऋषि-मुनिले उद्घोष गर्नुभएको थियो, कृण्वन्तो विश्वम् आर्यम् । (ऋग्वेद, मण्डल ९, सूक्त ६३, ऋचा ५) अर्थात, सम्पूर्ण विश्वलाई आर्य (सुसंस्कृत) बनाउँछौं !

२. उपनिषदको शिक्षा अनुसार अयं बन्धुरयं नेतिगणना लघुचेतसाम् । उदारचरितानां तु वसुधैव कुटुम्बकम् ॥ (महोपनिषद्, अध्याय ४, श्लोक ७१) अर्थात यो मेरो हो अनि यो मेरो होइन यस्तो विचार क्षुद्र बुद्धि भएको व्यक्तिले गर्छ । उदार चरित्रको (मनको) व्यक्तिको लागि त सम्पूर्ण पृथ्वी नै आफ्नो परिवार समान हुन्छ । अतः विश्वकल्याण हेतु कार्यरत सत्त्वगुणी व्यक्तिको (शासकको तथा जनताको) राष्ट्र, यो हिन्दू राष्ट्र शब्द को सबै भन्दा उचित व्याख्या हो ।

सनातन धर्म नै नीतिशास्त्र र सत्त्वगुणको मूलाधार हो । त्यसैले राष्ट्रको जीवनमा सत्त्वगुण र नैतिकता (सत्य, सदाचार, परोपकार, इन्द्रियनिग्रह इत्यादि) को सम्वर्धन गर्नको लागि सम्विधानमा सनातन (हिन्दू) धर्माधिष्ठित राज्यप्रणाली लेख्न तथा त्यस अनुसार राष्ट्रको रचना हुन अपेक्षित छ ।

सन्दर्भ : सनातनको ग्रन्थ ‘हिन्दू राष्ट्र स्थापनाको दिशा’

Leave a Comment