श्रीरामनवमी

Article also available in :

चैत्र शुक्ल नवमीलाई ‘श्रीराम नवमी’ भनिन्छ । श्री रामको जन्मको उपलक्ष्यमा श्रीराम नवमी मनाइन्छ । यस दिन पुष्य नक्षत्रमा मध्यान्ह कर्क लग्नमा सूर्यादि पाँच ग्रह थियो, तब अयोध्यामा भगवान श्रीरामको जन्म भएको थियो । धेरै राम मन्दिरहरुमा चैत्र शुक्ल पक्षको प्रतिपदादेखि नौ दिनसम्म यो पर्व मनाइन्छ । यो पर्व रामायणको परायण, कथा-कीर्तन र श्रीरामको मूर्तिलाई विभिन्न शृंगार गरि मनाइन्छ । नवमीको दिउँसो श्रीराम जन्मको कीर्तन गरिन्छ ।

मध्याह्नकालमा एउटा नरिवललाई कानटोप (सानो बच्चाको टोपी) लगाएर पालनमा राखेर, पालनलाई हल्लाइन्छ । भक्तजनले त्यसमा गुलाल र फूलको वर्षा गर्छन् । यस दिन श्रीरामको व्रत पनि गरिन्छ । यो व्रत गर्नाले सबै व्रतको फल मिल्छ र सबै पाप धुन्छ र अन्तमा श्रेष्ठ लोक प्राप्ति हुन्छ भन्ने भनिएको छ ।

देवी-देवता र अवतारहरूको जन्म तिथिमा उहाँहरूको तत्व भूतलमा अधिक मात्रामा सक्रिय रहन्छ । श्रीराम नवमीको दिन, रामतत्त्व सामान्य भन्दा १००० गुणा बढी सक्रिय हुन्छ । यसको लाभ लिनको लागि श्री रामनवमीको दिन ‘श्री राम जय राम जय जय राम’ नामजप अधकाधिक गर्नुहोस् ।

 

१. भगवान श्रीरामको नामजप ‘श्रीराम जय राम जय जय राम’

यो श्री रामको धेरै प्रचलित नामजप हो । यस जपमा ‘श्री राम’ शब्दले श्रीरामलाई आवाहन गर्दछ । ‘जय राम’ यो शब्द स्तुतिवाचक छ र ‘जय जय राम’ – यो ‘नमः’, जुन अन्य देवताहरूको नामजपको अन्तयमा उपयोग गरिन्छ त्यस प्रकार शरणको दर्शक हो ।

रामायणमा ‘राम भन्दा रामको नाम ठूलो’ भन्ने कथा पनि हामी सबैले सुनेका छौं । सबैलाई थाहा छ, समुद्रमा ‘श्रीराम’ शब्द लेखेको ढुङ्गा पनि तैरिन्छ । त्यसैगरी श्रीरामको नाम जप गर्दा हाम्रो जीवन पनि यस भवसागरबाट निश्चित मुक्त हुनेछ ।

 

२. हे धर्मपालक श्रीराम, मबाट सदैव धर्माचरण गराउनुहोस् ।

श्रीरामनवमीको दिन कार्यरत श्रीरामतत्त्वको अधिक लाभ प्राप्त गर्नको लागि के गर्न सकिन्छ ?

अध्यात्मशास्त्रको दृष्टिले प्रत्येक देवताको एउटा विशिष्ट तत्त्व हुन्छ । श्रीराम नवमी अथवा मन्दिरमा श्री रामको तत्त्व आकर्षित र उत्सर्जन गर्ने सात्विक रंगोलीहरू बनाउनुहोस् । यी रंगोलीहरू बनाउनाले त्यहाँको वातावरण श्रीराम तत्वले प्रभारित हुन्छ, जसले सबैलाई फाइदा पुर्‍याउँछ ।

श्रीरामको एक हातमा धनुष र बाण छ । एउटा हातले आशीर्वाद दिनुहुन्छ । वर्तमान समयमा बढ्दो अनाचारलाई ध्यानमा राख्दै भगवान श्रीरामको भक्ति कसरी गर्ने ?

आजकल विभिन्न तरिकाले देवताहरूको अपमान गरिन्छ । व्याख्यान, पुस्तकहरू आदि मार्फत देवी-देवताहरूको बारेमा टिप्पणीहरू गरिन्छ । देवताको पहिरन बनाएर भिख माग्ने गरिन्छ, देवतालाई व्यापारिक विज्ञापनमा ‘मोडेल’को रुपमा प्रयोग गरिन्छ । नाटक-फिल्मबाट पनि देवताको अनादर सार्वजनिक रुपमा गरिन्छ । देवी-देवताको उपासनाको मूल हो श्रद्धा । यस प्रकारको देवताको अनादरले श्रद्धामा गलत असर पार्छ र यसले धर्मलाई हानि पुर्‍याउँछ । धर्मको हानि रोक्न समय अनुसार आवश्यक धर्मपालन हो । यसबिना देवताको उपासना परिपूर्ण हुन सक्दैन । त्यसैले श्रीरामका भक्तहरूले पनि यस विषयमा सचेत भएर धर्मको हानि रोक्नु पर्छ ।

Leave a Comment