रामनवमी पूजाविधि

Article also available in :

श्रीरामको पूजा गर्ने समय

१. भगवान श्रीरामको जन्म दिउँसो १२ बजे मनाइन्छ ।

२. हामीलाई जे सम्भव छ प्रभु श्रीरामको मूर्ति अथवा प्रतिमा, त्यसको पञ्चोपचार वा षोडशोपचार पूजा गर्नुहोस् ।

३. दिउँसो १२ बजे शंख बजाएर ‘भगवान श्रीरामचन्द्रको जय होस् ! यसरी जयघोष गरेपछि श्रीरामको झुलागीत गाऊनुहोस् । (महाराष्ट्रमा रामनवमीको दिन भगवान राम वा भगवान कृष्णको जन्ममा विशेष झुल गीत बजाउने चलन छ । यसलाई ‘पालना’ भनिन्छ ।)

४. झुलागीत पछि पूजा सुरु गर्नुहोस् ।

५. सोंठ र शक्करको एकत्रित मिश्रण नैवैद्यमा राख्न सकिन्छ । त्यसपछि प्रसादको रूपमा सबैमा बाँड्नुहोस् ।

६. श्रीरामको लागि तुलसी र चम्पाको माला बनाउनुहोस् ।

७. पूजापछि श्रीरामको आरती गर्नुहोस् ।

 

पूजाको तयारी

१. भाँडा

आचमनको लागि सामग्री (तामाको पूर्ण पात्र, पञ्चपात्री (छोटो गिलास जस्तो पात्र), कलश (लोटा), आचमनी) निरांजन, पूजाको थाली, समई, समईको मुनि राख्नको लागि सानो थाल, धूप जलाउने भाँडा र त्यस मुनि राख्नको लागि सानो थाल, घण्टी ।

२. अन्य साहित्य

अक्षता, हलदी-कुंकू, सुपारी, पानको पात – ५, छुट्टा पैसा, तुलसी, उदबत्ती, फूलबात्ती र समईको वाती, माचिस, गंध, नारिवल, फूल वा तुलसीको माला (एकत्रित), बस्नको लगि चटाई, फलफूल, सोंठको नैवेद्य, रंगोली ।

३. पूजाकको तयारी

पूजकले शुचिर्भूत वस्त्र लगाउनुपर्छ र बायाँ काँधमा उपरण राम्रोसँग पटाएर राख्नुहोस् । पूजक पूजाको लागि आउने समय हात पुछने कपडा साथमा ल्याउनुहोस् ।

 

पूजाको स्वरूप

आचमन

पूजक भगवानलाई हात जोडेर प्रणाम गर्नुहोस् । तत्पश्चात प्रार्थना गरि पूजा आरम्भ गर्नुहोस् ।

अगाडि दिएको ३ नामहरुको उच्चारण गरेपछि प्रत्येक नामको अन्तमा बायाँ हातको आचमनीले दायाँ हातमा पानी लिएर पिउनुहोस् ।

१. श्री केशवाय नमः ।

२. श्री नारायणाय नमः ।

३. श्री माधवाय नमः ।

४. ‘श्री गोविंदाय नमः’ भन्दै हत्केलामा पानी लिएर तामाको भाँडामा छोडिदिनुहोस् ।

अब अगाडिको नामहरु क्रमानुसार उच्चारण गर्नुहोस् । –

५. विष्णवे नमः ।, ६. मधुसूदनाय नमः ।, ७. त्रिविक्रमाय नमः ।, ८. वामनाय नमः ।, ९. श्रीधराय नमः ।, १०. हृषीकेशाय नमः ।, ११. पद्मनाभाय नमः ।, १२. दामोदराय नमः ।, १३. संकर्षणाय नमः ।, १४. वासुदेवाय नमः ।, १५. प्रद्मुम्नाय नमः ।, १६. अनिरुद्धाय नमः ।, १७. पुरुषोत्तमाय नमः ।, १८. अधोक्षजाय नमः ।, १९. नारसिंहाय नमः ।, २०. अच्युताय नमः ।, २१. जनार्दनाय नमः ।, २२. उपेंद्राय नमः ।, २३. हरये नमः ।, २४. श्रीकृष्णाय नमः।

पुन: एक पटक आचमन गर्नुहोस् ।

पूजक स्वयंलाई कुंकू लगाउनुहोस् । त्यसपछि हात जोडेर शान्त मनले अगाडि दिएका देवताहरुलाई स्मरण गर्नुहोस् !

देवताहरुका स्मरण

श्रीमन्महागणाधिपतये नमः । (गणको नायक श्री गणपतिलाई म नमस्कार गर्छु ।) इष्टदेवताभ्यो नमः । (मेरो आराध्य देवतालाई म नमस्कार गर्छु ।)

कुलदेवताभ्यो नमः । (कुलदेवतालाई म नमस्कार गर्छु ।)

ग्रामदेवताभ्यो नमः । (ग्रामदेवतालाई म नमस्कार गर्छु ।)

स्थानदेवताभ्यो नमः । (यहाँको स्थान देवतालाई म नमस्कार गर्छु ।)

वास्तुदेवताभ्यो नमः । यहाँको वास्तुदेवतालाई म नमस्कार गर्छु ।)

आदित्यादिनवग्रहदेवताभ्यो नमः । सूर्यादि नौ ग्रहदेवताहरुलाई म नमस्कार गर्छु ।)

सर्वेभ्यो देवेभ्यो नमः । (सर्व देवतालाई म नमस्कार गर्छु ।)

सर्वेभ्यो ब्राह्मणेभ्यो नमो नमः । (सर्व ब्राह्मणहरुलाई (ब्रह्म जाननेलाई) म नमस्कार गर्छु ।)

अविघ्नमस्तु । (सर्व संकटहरुको नाश होस् ।)

आफ्नो आँखामा पानी लगाएर अगाडि दिएको देशकाल भन्नुहोस् ।

देशकाल

श्रीमद्भगवतो महापुरुषस्य विष्णोराज्ञया प्रवर्तमानस्य अद्य ब्रह्मणो द्वितीये परार्धे विष्णुपदे श्रीश्वेत-वाराहकल्पे वैवस्वत मन्वंतरे अष्टाविंशति-तमे युगे युगचतुष्के कलियुगे प्रथम चरणे जंबुद्वीपे भरतवर्षे भरतखंडे आर्यावर्तदेशे दंडकारण्ये देशे गोदावर्याः दक्षिण तीरे बौद्धावतारे रामक्षेत्रे अस्मिन्वर्तमाने शालिवाहन शके व्यावहारिके शुभकृत् नाम संवत्सरे, उत्तरायणे, वसंतऋतौ, चैत्रमासे, शुक्लपक्षे, नवम्यां तिथौ, रवि वासरे, पुष्य दिवस नक्षत्रे, सुकर्मा योगे (१२.०३ तक), बालव करणे (१४.२४ तक), कर्क स्थिते वर्तमाने श्रीचंद्रे, मीन स्थिते वर्तमाने श्रीसूर्ये, कुंभ स्थिते वर्तमाने श्रीदेवगुरौ, मकर स्थिते वर्तमाने श्रीशनैश्चरौ, शेषेषु सर्वग्रहेषु यथायथं राशिस्थानानि स्थितेषु एवं ग्रह गुणविशेषेण विशिष्टायां शुभपुण्यतिथौ.

(जसलाई माथिको देशकाल भन्न अप्ठ्यारो लाग्छ, उसले अगाडि दिएको श्लोक भन्नुहोस् ।)

तिथीर्गुरुस्तथा वारं नक्षत्रं गुरुरेवच ।
योगश्च करणं चैव सर्वं गुरुमयंजगत् ॥

ह (अक्षतलाई दाहिने हातमा लिएर अगाडि दिएको संकल्प भन्नुहोस् ।)

संकल्प : मम आत्मनः श्रुति-स्मृति-पुराणोक्त-फल-प्राप्त्यर्थं श्री परमेश्वरप्रीत्यर्थम् अद्य दिने श्रीरामनवमीनिमित्तेन अस्माकं सकुटुंबानां सपरिवाराणां क्षेमस्थैर्य-आयुः-आरोग्य-ऐश्वय-अभिवृद्धिपूर्वकं प्रभु श्रीरामचंद्रदेवता-अखंड-कृपाप्रसाद-सिद्ध्यर्थं गंधादिपंचोपचारैः पूजनम् अहं करिष्ये ॥ तत्रादौ निर्विघ्नता सिद्ध्यर्थं गंधादि पंचोपचारैः पूजनम् अहं करिष्ये ॥ तत्रादौ निर्विघ्नता सिद्ध्यर्थं महागणपतिस्मरणं करिष्ये ॥ शरीरशुद्ध्यर्थं दशवारं विष्णुस्मरणं करिष्ये ॥ कलश-घंटा-दीप-पूजनं करिष्ये ॥

(‘करिष्ये’ बोले पश्चात प्रत्येक बार बायाँ हतबाट आचमनी भरेर पानी दायाँ हातमा छोड्नुहोस् ।

श्रीगणेशस्मरण

वक्रतुण्ड महाकाय कोटिसूर्यसमप्रभ ।

निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा ॥

श्री गणेशाय नम: चिंतयामि ।

श्रीविष्णुस्मरण

‘विष्णवे नमो’ यस्तो ९ पटक भन्नुहोस् र दसैं पटकमा ‘विष्णवे नमः’ भन्नुहोस् ।

कलशपूजन

कलशदेवताभ्यो नमः । (कलशदेवतालाई नमस्कार गर्छु ।)

सर्वोपचारार्थे गंधाक्षतपुष्पं समर्पयामि ॥ (सर्व पूजाको लागि चन्दन, फूल र अक्षत अर्पण गर्छु ।)

(कलशमा चन्दन, फूल र अक्षत चढाउनुहोस् ।)

घण्टीपूजा

घंटिकायै नमः । (घण्टीलाई नमस्कार गर्छु ।)

सर्वोपचारार्थे गंधाक्षतपुष्पं समर्पयामि । (सर्व पूजाको लागि चन्दन, फूल र अक्षत अर्पण गर्छु ।)

(घण्टीलाई चन्दन, फूल र अक्षत चढाउनुहोस् ।)

दीप पूजा

दीपदेवताभ्यो नमः । (दीपक देवतालाई नमस्कार गर्छु ।)

सर्वोपचारार्थे गंधाक्षतपुष्पं समर्पयामि । (सर्व पूजाको लागि चन्दन, फूल र अक्षत अर्पण गर्छु ।)

(समईमा चन्दन, फूल र अक्षत चढाउनुहोस् ।)

पूजा स्थल शुद्धि

दायाँ हातमा तुलसीपत्र लिनुहोस् । त्यसमा आचमनीबाट पानी हाल्नुहोस् र ‘पुंडरिकाक्षाय नमः ।’ जप गर्दै तुलसीपत्रले पूजासामग्री तथा आफ्नो देहमा प्रोक्षण गर्नुहोस् ।

तुलसीपत्र लोटामा छोडि दिनुहोस् ।

हात जोडेर अगाडि दिएको श्लोक भन्नुहोस् –

रामाय रामभद्राय रामचंद्राय वेधसे ।

रघुनाथाय नाथाय सीतायाः पतये नमः ॥

प्रभु श्री रामचंद्राय नमः । ध्यायामि ॥

प्रभु श्री रामचंद्राय नमः । आवाहयामि ॥ (अक्षता चढाउनुहोस् ।)

प्रभु श्री रामचंद्राय नमः । विलेपनार्थे चंदनं समर्पयामि ॥ (गन्ध लगाउनुहोस् ।)

प्रभु श्री रामचंद्राय नमः । हरिद्रा-कुंकुमं समर्पयामि ॥ (हलदी-कुंकू चढाउनुहोस् ।)

प्रभु श्री रामचंद्राय नमः । अलंकारार्थे अक्षतान् समर्पयामि ॥ (अक्षता चढाउनुहोस् ।)

प्रभु श्री रामचंद्राय नमः । पुष्पं समर्पयामि ॥ (पुष्प चढाउनुहोस् ।)

प्रभु श्री रामचंद्राय नमः । तुलसीपत्रं समर्पयामि ॥ (तुलसी चढाउनुहोस् ।)

प्रभु श्री रामचंद्राय नमः । धूपं समर्पयामि ॥ (उदबत्ती दिखाउनुहोस् ।)

प्रभु श्री रामचंद्राय नमः । दीपं समर्पयामि ॥ (दीपले आरती उतारनुहोस् ।)

दायाँ हातमा दुई तुलसीपत्र लिनुहोस् । त्यसपछि आचमनीबाट जल हाल्नुहोस् र त्यस पानी अगाडि राखेको नैवेद्यमा प्रोक्षण गर्नुहोस् । एउटा तुलसीपत्र नैवेद्यमा राख्नुहोस् ।

अर्को तुलसीपत्र दायाँ हातमा राखेर र बायाँ हात आप्नो छातीमा राखेर अगाडि दिएको मन्त्र भन्नुहोस् –

प्रभु श्री रामचंद्राय नमः । पुरतस्थापित खाद्योपहार नैवेद्यं निवेदयामि ।

ॐ प्राणाय स्वाहा । ॐ अपानाय स्वाहा । ॐ व्यानाय स्वाहा ।

ॐ उदानाय स्वाहा । ॐ समानाय स्वाहा । ॐ ब्रह्मणे स्वाहा ।

मन्त्रद्वारा नैवेद्य देखाउनुहोस् । अगाडि दिएको मन्त्रहरु द्वारा अनुक्रम पानको बीडा र नारिवल एवं फलहरुमा पानी छोड्नुहोस् ।

प्रभु श्री रामचंद्राय नमः । मुखवासार्थे पूगीफलतांबूलं समपर्यामि । फलार्थे नारिकेलफलं समपर्यामि ।

प्रार्थना

आवाहनं न जानामि न जानामि तवार्चनम् । पूजां चैव न जानामि क्षम्यतां परमेश्वर ॥ (हे परमेश्वर, मलाई थाहा छैन कि ‘तपाईको आवाहन कसरी गर्ने, तपाईको उपासना कसरी गर्ने, तपाईको पूजा कसरी गर्ने । तपाई मलाई माफ गर्नुहोस् ।)

मंत्रहीनं क्रियाहीनं भक्तिहीनं सुरेश्वर । यत्पूजितं मया देव परिपूर्णं तदस्तु मे ।
(हे देवेश्वर, मन्त्र, क्रिया अथवा भक्ति छैन, यस्तो म छु र मेरो यो पूजालाई तपाई परिपूर्ण मान्नुहोस् । )

रूपं देहि जयं देहि यशा देहि द्विषा जहि । पुत्रान् देहि धनं देहि सर्वान् कामांश्च देहि मे ॥

कायेन वाचा मनसेंद्रियैर्वा बुद्ध्यात्मना वा प्रकृतिस्वभावात् ।

करोमि यद्यत् सकलं परस्मै नारायणायेति समर्पयामि ॥ (हे गुरुदेव, शरीरले, वाणीले, मनले, (अन्य) इन्द्रियहरुले, बुद्धिले, आत्माले वा प्रकृति स्वभावानुसार म जे जे गर्छु, त्यो म तपाईलाई अर्पण गरिरहेको छु ।)
(यसो भन्दै अक्षतालाई हातमा लिएर अगाडि दिएको मन्त्र भन्नुहोस् र प्रीयताम् भन्दै पानी हालेर लोटामा हाल्नुहोस् ।

अनेन कृत पूजनेन प्रभु श्री रामचंद्रदेवता प्रीयताम् ॥ (यस पूजाबाट सद्गुरु प्रसन्न हुनुहोस् ।)

त्यसपछि सुरुमा बताए अनुसार आचमन गर्नुहोस् र कृतज्ञता व्यक्त गर्नुहोस् ।

Leave a Comment