आपतकालमा महाशिवरात्रि कसरी मनाउने ?

Article also available in :

‘महाशिवरात्रि देशभर हर्षोल्लासका साथ मनाइन्छ । फाल्गुन कृष्ण पक्ष चतुर्दशीका दिन महाशिवरात्रिका दिन शिवको व्रत गरिन्छ । व्रत, पूजा र जागरण महाशिवरात्रि व्रतका ३ अंग हुन् । फाल्गुन कृष्ण पक्ष त्रयोदशीमा एक पटक उपवास गर्नुहोस् । चतुर्दशीको बिहान महाशिवरात्रि व्रतको संकल्प गर्नुहोस् । साँझमा नदी वा पोखरीको किनारमा गएर शास्त्रोक्त स्नान गर्नुहोस् । भस्म र रुद्राक्ष धारण गर्नुहोस् । प्रदोषकालमा भगवान शिवको मन्दिरमा गएर भगवान शिवको ध्यान गर्नुहोस् । त्यसपछि षोडशोपचार पूजा गर्नुहोस् । भवभवानीप्रित्यर्थ तर्पण गर्नुहोस् । मन्त्र सहित भगवान शिवलाई एक सय आठ कमल वा बिल्वपत्र अर्पण गर्नुहोस् । त्यसपछि पुष्पांजली अर्पण गरी अर्घ दिनुहोस् । पूजासमर्पण, स्तोत्रपाठ र मूलमन्त्रको जप गरेपछि भगवान शिवको टाउकोमा चढाइएको फूल उठाएर आफ्नो टाउकोमा राखेर माफी माग्नुहोस्, यस्तो महाशिवरात्रिको व्रत हो ।

यस वर्ष पनि कोरोनाको पृष्ठभूमिमा कतिपय ठाउँमा सदाझैँ यो व्रत बस्न सीमितता आउन सक्छ । यस्तो बेला के गर्ने ? महाशिवरात्रिमा शिवतत्वको लाभ प्राप्त गर्न के गर्नु पर्छ ? यससँग सम्बन्धित केही उपयुक्त सुत्रहरू र दृष्टिकोणहरू यहाँ दिएका छन् ।

(टिप्पणी : यी सूत्रहरू ती स्थानहरूका लागि हुन् जहाँ महाशिवरात्रि व्रत बस्न सामान्य रूपमा बन्देज वा सीमाहरू छन् । जहाँ प्रशासनको सबै नियमहरू पालना गरि सदैझौं व्रत बस्न र भगवानको दर्शन गर्न सकिन्छ, त्यस स्थानहरुमा स्थायी प्रथाअनुसार गर्नुहोस् ।)

 

१. शिवपूजाको लागि विकल्प

अ. कोरोनाको पृष्ठभूमिमा लगाइएको प्रतिबन्धका कारण महाशिवरात्रिमा शिव मन्दिरको दर्शन गर्न नसक्नेहरूले आफ्नो घरमा शिवलिंगको पूजा गर्नुपर्दछ ।

आ. यदि शिवलिंग उपलब्ध छैन भने भगवान शिवको चित्रको पूजा गर्नुहोस् ।

इ. यदि भगवान शिवको तस्विर पनि उपलब्ध छैन भने भुइँमा शिवलिंग वा भगवान शिवको तस्विर बनाएर पूजा गर्नुहोस् ।

ई. यदि यी मध्य कुनै पनि सम्भव छैन भने भगवन शिवको ‘ॐ नमः शिवाय ।’ यो नाममन्त्र लेखेर यसको पनि पूजा गर्न सक्छौं ।’ साउनको सोमबार व्रत बसेर भगवान शिवको पूजा गर्न चाहनेहरूका लागि पनि यी सूत्रहरू लागू हुन्छन् ।

उ. मानसपूजा : ‘स्थूलभन्दा सूक्ष्म श्रेष्ठ’, यो अध्यात्मको महत्त्वपूर्ण सिद्धान्त हो । जसरी बमको अपेक्षा अणुबम अथवा त्यस भन्दा पनि अधिक परमाणुबम शक्तिशाली हुन्छ, त्यसरी नै स्थूल भन्दा सूक्ष्म अधिक शक्तिशाली हुन्छ । यस सिद्धान्त अनुसार शिवको प्रत्यक्ष पूजा गर्न नसके मानसिक पूजा पनि गर्न सकिन्छ ।

 

२. धेरै भन्दा धेरै ‘ॐ नम: शिवाय ।’ नामजप गर्नुहोस् !

कलियुगमा नामस्मरण साधना भनिएको छ । महाशिवरात्रिमा भगवान शिवको तत्त्व एक हजार गुणा बढी सक्रिय हुन्छ, त्यसबाट आध्यात्मिक स्तरमा लाभ लिन धेरै भन्दा धेरै ‘ॐ नमः शिवाय’ को जप गर्नुहोस् । यस समयमा शिवजीलाई साष्टांग नमस्कार गरिरहनुभएको छ भन्ने भाव राख्नुहोस् ।

 

३. शिवतत्त्व आकर्षित गर्ने रंगोली बनाउनुहोस् !

त्यस दिन भगवान शिवलाई आकर्षित गर्न ढोकामा शिवतत्त्व आकर्षित गर्ने रंगोली बनाउनुहोस् । सनातन संस्थाका संस्थापक परात्पर गुरु डा. आठवलेज्यूको मार्गदर्शनमा सनातनका साधकहरूले आध्यात्मिक अभ्यास (साधना) र अनुसन्धान गरेर कुन प्रकारको रंगोलीले शिवतत्त्वलाई बढी आकर्षित गर्न सक्छ भन्ने कुरा पत्ता लगाएका छन् ।

भगवान शिवको उपासनाको सन्दर्भमा ‘भगवान शिवसँग सम्बन्धित अध्यात्मशास्त्रीय विवेचन’ र ‘भगवान शिवको उपासनाको शास्त्र’ नामक ग्रन्थ तथा ‘शिव’ यह लघुग्रन्थ प्रकाशित भएको छ । यी ग्रन्थहरु www.sanatanshop.com यस वेबसाइटमा उपलब्ध छ ।

 

४. दृष्टिकोण

अहिले जताततै कोरोनाको दोस्रो लहरको त्रास छ । विश्वका धेरै ठाउँमा प्राकृतिक प्रकोपका घटना घटिरहेका छन् । भारत र चीनबीचको सम्बन्ध तनावपूर्ण छ । यी घटनाहरू आपतकालको संकेत हुन् । धेरै सन्त र भविष्यवक्ताहरूले भन्नु भएझैं, आपतकाल सुरु भएको छ । यदि तपाई आपतकाललाई पार गर्न चाहनुहुन्छ भने, आध्यात्मिक साधनाको शक्ति आवश्यक छ । त्यसैले सधैं जस्तै व्रतमा सीमितताका बाबजुद पनि निरुत्साहित नभई अधिकाधिक साधना गर्नको लागि ध्यान दिनुहोस् । महाशिवरात्रिको अवसरमा हामी भगवान शिवको शरण गएर प्रार्थना गरैं ‘हे महादेव, हामीलाई साधना गर्न शक्ति, बुद्धि र प्रेरणा दिनुहोस् । हाम्रो साधनामा बाधाहरू लय हुनदिनुहोस्, यही हामी शरणागतभावको साथ प्रार्थना गर्छौं ।’

Leave a Comment