महाशिवरात्रिको महत्त्व एवं भगवान शिवको अभिषेक गर्नुको शास्त्राधार

Article also available in :

 

१. महाशिवरात्रिको विषयमा

पृथ्वीमा एक वर्ष स्वर्गलोकमा एक दिन हुन्छ । पृथ्वी स्थूल छ । स्थूलको गति कम हुन्छ, जसको अर्थ स्थूलको ​​ब्रह्माण्डमा यात्रा गर्न बढी समय लाग्छ । देवताहरू सूक्ष्म हुन्छन् र उहाँहरूको गति पनि उच्च हुन्छन् । यसैले उहाँहरूले ब्रह्माण्डमा यात्रा गर्न कम समय लिन्छन् । यही कारण हो, पृथ्वी र देवताको समय मापनमा एक वर्षको अन्तर हुन्छ । शिवजी रातमा एक घण्टा आराम गर्नुहुन्छ । उहाँको विश्रामको यो अवधिलाई ‘महाशिवरात्रि’ भनिन्छ । महाशिवरात्रि दक्षिण भारत र महाराष्ट्रमा शक संवत पात्रो अनुसार माघ कृष्ण चतुर्दशी र उत्तर भारतमा विक्रम संवत पात्रो अनुसार फाल्गुन कृष्ण चतुर्दशीमा पर्दछ ।

महाशिवरात्रिको छोटो भिडियो हेर्नुहोस् (Video 25)

 

२. महाशिवरात्रिको शास्त्रीय दृष्टिकोणबाट महत्त्व

महाशिवरात्रिमा भगवान शिवले विश्राम लिने अवधिलाई ‘प्रदोष’ वा ‘निशिथकाल’ भनिन्छ । यस समयमा भगवान शिव ध्यान अवस्थाबाट समाधि अवस्थामा जानुहुन्छ । पृथ्वीमा यो अवधि सामान्यतया एक देखि डेढ घण्टा हुन्छ । यस अवधिमा बिना ज्ञान, जानीजानी वा नजानी जुनसुकै किसिमले पूजा गरे पनि वा पूजामा कुनै दोष वा त्रुटि भए पनि पूजाको शतप्रतिशत लाभ हुन्छ । अन्य दिनको तुलनामा यस दिन शिवतत्त्व हजार गुणा बढी सक्रिय हुन्छ । यस दिन भगवान शिवको उपासना गर्नाले शिवतत्त्व अधिक मात्रामा ग्रहण हुन्छ । यस अवधिमा शिवपिण्डीमा अधिकतम शिवतत्त्व आकर्षित गर्ने बिल्वपत्र, सेतो फूल आदि चढाइन्छ । वातावरणमा रहेको शिवत्त्व यिनीहरूद्वारा आकर्षित गरिन्छ । शिवतत्त्वको कारणले गर्दा हामी अनिष्ट शक्तिबाट सुरक्षित रहन्छौं । महाशिवरात्रिको दिन शिवतत्त्व बढी मात्रामा हुने भएकाले साधना गर्नेले विभिन्न अनुभूति प्राप्त गर्छन् ।

 

३. भगवान शिवलाई अभिषेक गर्नुको महत्त्व एवं शास्त्रहरु

महाशिवरात्रिमा सक्रिय शिवतत्त्वको अधिकतम लाभ लिनका लागि भगवान शिवका भक्तहरूले शिव पिण्डीमा अभिषेक पनि गर्छन् । यसका रुद्राभिषेक, लघुरुद्र, महारुद्र, अतिरुद्र जस्ता प्रकारका हुन्छन् । रुद्राभिषेक भनेको रुद्रको एक चक्र, लघुरुद्र भनेको रुद्रको १२१ चक्र, महारुद्र भनेको ११ लघुरुद्र र अतिरुद्र भनेको ११ महारुद्र हुन्छ ।

 

४. शिवपिण्डीमा संततधार अभिषेक गर्ने मुख्य कारणहरु

४ अ. शिव-पार्वतीलाई संसारको अभिभावक मानिन्छ । अभिषेक पत्रबाट झरेको संततधारको कारण पिण्डी र अर्घा ओसिलो रहन्छ । अर्घा योनीको प्रतीक हो । जगन्माताको योनि निरन्तर ओसिलो हुनु अर्थात् ओसिलो हुनु भनेको शक्तिको निरन्तर कार्यको प्रतीक हो । शक्ति भगवान शिवलाई कार्यान्वित गर्ने कार्य गर्छ । शिव तत्त्वको कार्यान्वयन भनेको सगुणमा शिवको निर्गुण तत्त्वको प्रकटीकरण हो । अभिषेक गर्नाले शिवको सगुण तरङ्गको लाभ पुजकले पाउँछन् ।

४ आ. पिण्डीमा शिव-शक्ति एकत्रित हुनाले धेरै उर्जा उत्पन्न हुन्छ । आम दर्शनार्थिहरुले यो उर्जा सहन नसकेका कारण उनीहरुलाई यो उर्जाको पीडा हुन सक्छ । त्यसैले पिण्डीमा निरन्तर पानीको धारा बगाइन्छ । यस कारणले त्यहाँको ऊर्जा भक्तहरूको लागि सहन योग्य र ग्रहण गर्नयोग्य हुन्छ ।

 

५. बिल्वार्चन

महाशिवरात्रिमा कतिपय मानिसहरूले विशेष गरी भगवान शिवको बिल्वार्चन गर्छन् । शिवपिण्डीमा भगवान शिवको नाम जप गर्दै वा एक एक गरी उहाँको नाम लिदै बिल्वपत्र चढाउनुलाई बिलवचन भनिन्छ । यस विधिमा शिवपिण्डीलाई बिल्वको पातले पूरै ढाकिएको हुन्छ । शिवजीलाई धूप अर्पण गर्दा तारक पूजामा चमेली र हिनाको धूपको प्रयोग गरिन्छ र यी सुगन्धको अत्तर चढाइन्छ । तर महाशिवरात्रिको पर्वमा भगवान शिवलाई केवडा सुगन्धित अत्तर र धूपको प्रयोग भनिएको छ ।

 

६. महाशिवरात्रिको पर्वमा भगवान शिवको पूजामा केवडा सुगन्धित अत्तर र धूपको प्रयोग किन गर्नुपर्छ ?

ज्ञान तरङगहरूको प्रक्षेपण क्षमता केवडेमा बढी हुन्छ । केवडाले ज्ञानको स्तरमा मारक रुपी काम गर्छ । त्यसैले यसलाई पूर्णरूपमा लयकारी भनिन्छ । पूजा विधि ल्याकारी शक्तिसँग सम्बन्धित हुँदैन, त्यसैले सकेसम्म शिव पूजामा केवडाको प्रयोग नगर्नुहोस् । तत्पश्चात पनि अनिष्ट शक्तिको कष्टमाथि उपायस्वरुप केवडाको पातहरू प्रयोग गरिन्छ । यस दृष्टिले महाशिवरात्रिको अवसरमा भगवान शिवको मारक स्वरूपको पूजा गर्न केवडा सुगन्धित अत्तर र धूपको प्रयोग गर्ने भनिएको छ ।

सन्दर्भ : सनातन-निर्मित ग्रन्थ ‘शिव’

Leave a Comment