मकर संक्रान्ति (माघे संक्रान्ति)

Article also available in :

 

१. मकर संक्रान्तिको तिथि

यस दिन सूर्य मकर राशिमा प्रवेश गर्दछ । सूर्यको परिक्रमाका कारण आउने भिन्नता पूर्ति गर्न कहिलेकाहीँ संक्रान्तिको दिन एक दिन अगाडि हुन्छ ।

 

२. मकर संक्रान्तिको इतिहास

१. मकर संक्रान्तिको त्यौहार तिथिवाचक नभएर अयन-वाचक छ । यस दिन सूर्य मकर राशिमा प्रवेश गदछ । प्रत्येक ८० वर्षमा सूर्यको परिक्रमाको कारणले हुने अन्तर पूर्ति गर्न संक्रान्तिको दिन एक दिन अगाडि बढाइन्छ । आजकल संक्रान्ति १४ जनवरीमा पर्छ ।

२. संक्रान्तिलाई देवता मानिन्छ । संक्रान्तिले शङ्करासु राक्षसको वध गरेको किंवदन्ती प्रचलित छ । किंक्रांति यो संक्रान्तिको अधिल्लो दिन हो । यस दिन देवीले किंकरासुरको वध गर्नुभएकि थिइन् । पञ्चाङमा संक्रान्तिको रूप, आयु, वस्त्र, गमनको दिशा आदि जानकारी दिइएको छ । यो जानकारी कालमाहात्म्य अनुसार संक्रान्तिमा भएको परिवर्तन अनुसार हुन्छ । भनिन्छ संक्रान्तिदेवीले जुन वस्तु धारण गर्नुहुन्छ त्यो महँगो हुन जान्छ ।

३. मकर संक्रान्तिपछि सूर्य उत्तर तर्फ सर्छ । यो क्रियालाई ‘उत्तरायण’ भनिन्छ । मकरसंक्रान्ति, निम्नस्थानबाट उच्चस्थानतर्फ जाने उत्सव हो ! त्यसैले यो दिनलाई महत्त्वपूर्ण मानिन्छ । यस दिन यज्ञमा राखिएको सामग्रीको सूक्ष्म अंश ग्रहण गर्न देवता पृथ्वीमा आउँछन् । यस उत्तरायणकालमा, अर्थात प्रकाशमय मार्गबाट पुण्यवान व्यक्ति मृत्युपछि स्वर्ग लोकमा जान्छ ।

४. यस दिन सूर्यको उत्तरायण आरंभ हुन्छ । कर्कट संक्रान्तिदेखि मकर संक्रान्तिसम्मको अवधिलाई दक्षिणायन भनिन्छ । उत्तरायणमा मृत्यु भएको व्यक्तिको अपेक्षा दक्षिणायनमा मृत्यु भएको व्यक्तिको दक्षिण (यम) लोकमा जाने सम्भावना अधिक हुन्छ ।

मकरसंक्रान्तिको पौराणिक महत्व

यस दिन भगवान सूर्य स्वयं आफ्नो पुत्र शनिको घरमा भेट्न जानुहुन्छ भन्ने जनविश्वास रहेको छ । शनिदेव मकर राशिका स्वामी हुनुहुन्छ; त्यसैले यस दिनलाई मकर संक्रान्तिको नामले जानिन्छ ।

मकर संक्रान्तिसँग एउटा अर्को पौराणिक कथा जोडिएको छ, भागिरथी सँग । सत्यवादी राजा हरिश्चंद्रको चौदह पीढीमा महाराज भगीरथ हुनु भयो । पुराणका अनुसार मकर संक्रान्तिको दिनदेखि माता गंगा ब्रह्मलोकबाट ऋषि कपिलको आश्रमबाट महाराज भगीरथलाई पृथ्वीमा पछ्याएर सागरमा मिसिएकी थिइन् । त्यसैले माघ स्नानको पनि महत्व छ ।

भीष्म पितामहलाई कसले चिन्दैन । प्रसिद्ध महाभारत युद्धका बेला भीष्म पितामहले आफ्नो शरीर त्याग गर्न मकर संक्रान्ति रोजेका थिए । महाभारत युद्धमा अर्जुनको बाणको शैयामा धेरै दिनसम्म पल्टिएर उत्तरायणको पर्खाइमा थिए । महामहिम भीष्मलाई उत्तरायण र मकर संक्रान्तिको महत्त्व थाहा थियो र त्यसैले उहाँले आफ्नो इच्छामृत्युद्वारा मृत्युको लागि यो दिन निर्णय गर्नुभयो र मकर संक्रान्तिको शुभ दिनमा उहाँले मानव शरीर त्याग गरी मोक्ष प्राप्त गर्नुभयो । आज यो दिन मन र इन्द्रियलाई नियन्त्रण गर्ने संकल्पको रुपमा पनि मनाइन्छ ।

 

३. संक्रान्तिविषयमा पञ्चांगमा जानकारी

पञ्चांगमा संक्रान्तिका रूप, आयु, वस्त्र, गमनको दिशा इत्यादि जानकारी दिइएको छ । यो जानकारी कालमहिमानुसार संक्रान्तिमा हुने परिवर्त अनुसार हुन्छ । संक्रान्तिदेवीले जे स्वीकार गर्नुहुन्छ, त्यसको नाश हुन्छ ।

 

४. मकर संक्रान्तिको महत्व

हिन्दू पञ्चांग अनुसार सूर्य मकर राशिबाट मिथुन राशिमा जाँदा यो अन्तराललाई उत्तरायण भनिन्छ । सूर्यको उत्तरायणको यो अवधि ६ महिनाको हुन्छ । त्यहि, जब सूर्य कर्कट राशिबाट धनु राशिमा भ्रमण गर्दछ तब त्यस समयलाई दक्षिणायन भनिन्छ । दक्षिणायनलाई नकारात्मकताको प्रतीक र उत्तरायणलाई सकारात्मकताको प्रतीक मानिन्छ । हिन्दू धर्ममा दक्षिणायनलाई नकारात्मक र उत्तरायणलाई सकारात्मक ऊर्जाको स्रोत मानिन्छ । आधुनिक विज्ञानमा पनि ‘उत्तरी ध्रुव’लाई ‘सकारात्मक’ र ‘दक्षिण ध्रुव’लाई ‘नकारात्मक’ भनिन्छ । हिन्दूहरू सधैं सकारात्मक हुने प्रयास गर्छन्, त्यसैले हिन्दू धर्ममा यो चाडको महत्त्व छ ।

भगवद़्गीता उत्तरायणको महत्व वर्णन गर्दै भगवान श्रीकृष्णले भन्नु भएका छन् की –

अग्निर्ज्योतिरहः शुक्लः षण्मासा उत्तरायणम् ।
तत्र प्रयाता गच्छन्ति ब्रह्म ब्रह्मविदो जनाः ॥ – भगवद़्गीता (अध्याय ८, श्लोक २४)

यस श्लोकमा भनिएको छ कि उत्तरायणको ६ महिनाको शुभ अवधिमा सूर्य देवता उत्तरायण भई पृथ्वी प्रकाशमय रहन्छ, प्रकाशमा देह त्याग गर्नाले जन्म र मृत्युबाट मुक्ति प्राप्त हुन्छ र फेरी त्यो मानवको पुनर्जन्म हुँदैन । (अर्थात् यसको लागि राम्रो कर्मद्वारा कर्मफलबाट मुक्त हुन पनि आवश्यक हुन्छ ।)

यही कारणले गर्दा पितामह भीष्मले मकर संक्रान्तिको दिन शरीर त्याग गर्ने निर्णय गरेका थिए । शास्त्रमा उत्तरायणलाई देवताहरूको दिन र दक्षिणायनलाई देवताहरूको रात भनिएको छ ।

दक्षिणायनमा चन्द्रमाको प्रभाव अधिक र उत्तरायणमा सूर्यको प्रभाव बढी हुन्छ । सृष्टिमा जीवनको लागि सबै भन्दा अधिक आवश्यकता सूर्यको हुन्छ । यस प्रकार उत्तरायण पर्वले सूर्यको महत्वलाई पनि उजागर गर्दछ । सूर्यको गतिसँग सम्बन्धित भएकाले यो पर्व हाम्रो जीवनमा गति, नयाँ चेतना, नयाँ जोश र नयाँ उर्जाको प्रतीक हो । यस समयदेखि दिन लामो र रात छोटो हुन थाल्छ । लामो दिन भनेको जीवनमा अधिक सक्रियता हो । यसले गर्दा हामीले लामो समयसम्म सूर्यको प्रकाश प्राप्त गर्दछौं, जुन हाम्रो बालीका लागि धेरै महत्त्वपूर्ण हुन्छ । उत्तरायणको महत्व यस तथ्यबाट स्पष्ट हुन्छ कि हाम्रो ऋषिमुनिहरुले यस पर्वलाई अत्यन्तै शुभ र पवित्र मानिएको छ । उपनिषदमा यो पर्वलाई ‘देवदान’ पनि भनिन्छ ।

मकर संक्रान्ति पर्वलाई जीवनमा संकल्प लिने दिन पनि भनिन्छ । संक्रान्ति भनेको सम्यक क्रान्ति । यस दिनदेखि सूर्यको किरणमा परिवर्तन सुरु हुन्छ । दक्षिणबाट उत्तरतर्फ घुम्छ । प्रकृति जाडोपछि वसन्त ऋतुको आगमनको पर्खाइमा रहेको हुन्छ तब हामीले पनि अज्ञानको अन्धकारबाट ज्ञानको उज्यालोतर्फ फर्किने मन बनाउनुपर्छ ।

 

५. साधनाको दृष्टिले मकरसंक्रान्तिको महत्व

यस दिन सूर्योदयदेखि सूर्यास्तसम्मको वातावरण अधिक चैतन्यमय हुन्छ । साधना गर्नेलाई चेतनाको लाभ प्राप्त हुन्छ । यस दिन ब्रह्माण्डको चन्द्रनाडी कार्यरत हुन्छ । त्यसैले वायुमण्डलमा रज-सत्व तरङ्गहरूको मात्रा बढ्दछ । त्यसैले मकर संक्रान्तिको काल साधना-उपासना का लागि निकै अनुकूल बताएको छ । यहाँ यो पनि ध्यानमा आउँछ कि ऋषिमुनीहरूलाई ग्रहहरूको गतिको यथायोग्य आकलन थिए । आज यसको प्रामाणिकता वैज्ञानिक उपकरणबाट पनि प्रष्ट हुँदै गइरहेको छ । ऋषिमुनीहरूले व्यक्ति र वातावरणमा ग्रहहरूको यस गतिले हुने परिणाम आकलन गरि विभिन्न चाडपर्वहरू मार्फत धर्माचरणको यस्ता कृतिहरु बताउनु भयो जसले सबै लाभान्वित होस् र यी ग्रहहरूको गतिलाई सबैले बुझ्न सकून् । हामीले यहाँ सनातन संस्कृतिको यो विशेषतालाई ध्यानमा राख्नुपर्छ ।

 

६. मकर संक्रान्ति – पर्व मनाउने पद्धति

६.१ मकर संक्रान्तिको समयमा तीर्थस्नान गर्नाले महापुण्य प्राप्त हुने

‘मकर संक्रान्तिमा सूर्योदयदेखि सूर्यास्तसम्म पुण्यकाल हुन्छ । यस अवधिमा तीर्थस्नानको विशेष महत्व रहेको छ । गंगा, यमुना, गोदावरी, कृष्णा र कावेरी नदीको किनार क्षेत्रमा स्नान गर्नेले महापुण्य प्राप्त गर्दछ ।’

६.२ यस पर्वकालमा दानको महत्व

मकर संक्रान्तिदेखि रथसप्तमीसम्मको अवधि पर्वकाल हो । यस पर्वमा गरिने दान र पुण्यकर्म विशेष फलदायी हुन्छ ।

६.३ दान योग्य वस्तुहरु

‘नयाँ भाँडा, लुगा, अन्न, तिल, तिलपत्र, गुड़, गाई, घोडा, सुन वा भूमिका यथाशक्ति दान गर्नुहोस् । यस दिन विवाहित स्त्रीले दान गर्ने गर्दछन् । केही पदार्थ कुमारीहरूद्वारा दान गराउँदछन् र उनीहलाई तिलगुड दिन्छन् । विवाहित स्त्री जसले हलदी कुमकुम दान दिन्छन्, त्यसलाई ‘उपायन दिने’ भन्दछ ।

मकर संक्रान्तिका महत्त्व (video)

६.४ उपायन दिनुको महत्त्व

‘उपायन’ को अर्थ तन, मन र धनले अर्को जीवमा विद्यमान देवत्वको शरणमा जानु हो । संक्रान्ति अवधि आध्यात्मिक साधनाको लागि पोषक हुन्छ । तसर्थ, यस अवधिमा दिइएका उपायनले देवताको कृपा हुन्छ र जीवलाई इच्छित फल प्राप्त हुन्छ ।

६.५ उपायनमा के दिने ?

आजकल साबुन, प्लाष्टिकको सामानहरु जस्ता अधार्मिक सामग्रीहरु उपायन दिने अनुचित चलन छ । यी वस्तुहरूको सट्टा, सौभाग्यको सामग्री, धूप, उबटन, धार्मिक ग्रन्थ, देवताको चित्र, आध्यात्मसम्बन्धी दृश्यश्रव्य डिस्क (सीडी) जस्ता आध्यात्मिको लागि पूरक सामग्रीहरु उपायनस्वरुप दिनुपर्छ ।

 

७. मकर संक्रान्तिको कालमा विवाहित स्त्रीद्वारा सात्त्विक उपहार दिदा सूक्ष्म-स्तरीय लाभ दर्शाउने चित्र

१. चित्रमा राम्रो स्पन्दन : २ प्रतिशत’ – प.पू. डॉ. आठवले (सनातनको प्रेरणास्थान)

 

८. मकर संक्रान्तिमा सात्विक सामग्री उपाहार दिनाले हुने आध्यात्मिक लाभ

यस अवसरमा दिने उपहार सात्त्विक ( उदा. आध्यात्मिक ग्रन्थ, सात्त्विक धूप, कर्पूर इत्यादि ) हुनुपर्छ । तर वर्तमानमा असात्त्विक वस्तुहरु ( उदा. प्लास्टिकको डिब्बा, सौन्दर्य प्रसाधन इत्यादि ) दिइन्छ । सात्त्विक वस्तुहरुले जीवमा ज्ञानशक्ति (प्रज्ञाशक्ति) र भक्ति जागृत गर्दछ, जबकि असात्त्विक वस्तुहरुमा मायावी स्पन्दनको मात्रा अधिक हुनाले व्यक्तिमा आसक्ति बढ्दछ । सात्त्विक वस्तुहरु उपहार दिने समय उद्देश्य शुद्ध र प्रेमभाव अधिक हुने कारण तटस्थता आउँछ । यसले लेन-देन सिर्जना गर्दैन । यसको विपरीत, असात्त्विक वस्तुहरु उपहार दिँदा अपेक्षा, आसक्तिको मात्रा अधिक हुनाले लेन-देन सिर्जना हुन्छ ।’ – कु. प्रियांका लोटलीकर, सनातन संस्था (माघ कृ. १२, कलियुग वर्ष ५११३ ११.१.२०१०)

 

९. मकर संक्रान्ति पर्वमा ‘माटोको भाँडा’ आवश्यक छ

औंलाले बेसार र कुकुम छोएर माटोको भाँडालाई स्पर्श गरि धागोले बन्दछ । गाजर, आलु, उखुको टुक्रा, बदाम, कपास, कालो चना, तिलगुड, बेसार-कुमकुम आदि ले भाँडा भरिन्छ । काठको पिर्कामा पाँचओटा माटोको भाँडा राखेर, पिर्काको वरिपरि रंगोलीले सजाएर पूजा गरिन्छ । तीनवटा माटोको भाँडा विवाहित स्त्रीलाई उपहार दिन्छन्, एउटा माटोको भाँडा तुलसी र एउटा आफ्नो लागि राखिन्छ ।’

 

१०. मकर संक्रान्तिमा तिलको उपयोग

संक्रान्तिमा तिलको धेरै तरिकाले प्रयोग गरिन्छ, उदा. तिलयुक्त जलले स्नान गरि तिलको लड्डू खाने र अरुलाई दिने, ब्राह्मणहरुलाई तिलदान, शिवमन्दिरमा तिलको तेलको दीप प्रज्वलन गर्ने, पितृश्राद्ध गर्ने ।

 

११. मकर संक्रान्तिको लागि तिलको महत्त्व

११.१ तिलको प्रयोगले पापक्षालन

‘यस दिन तिलको तेल एवं उबटन शरीरमा लगाउने, तिलमिश्रित जलले नुहाउने, तिलमिश्रित जल पिउने, तिलहोम गर्ने, तिलदान गर्ने, यी ६ विधिले तिलको प्रयोग गर्नाले सबै पापहरु नष्ट हुन्छन् ।’

११.२ आयुर्वेदानुसार तिलगुडको महत्त्व

जाडोको दिनमा आउँदै गरेको मकर संक्रान्तिमा तिल खानु फाइदाजनक हुन्छ ।

११.३ तिलगुडका अध्यात्मानुसार महत्त्व

तिलमा सत्त्वतरङ्ग ग्रहण गर्ने क्षमता अधिक हुन्छ । त्यसैले तिलगुडको सेवनले भित्री आत्मा शुद्ध हुन्छ र राम्रो साधना गर्न मद्दत गर्दछ । तिलबीचको घर्षणका कारण सात्त्विकता आदानप्रदान हुन्छ । श्राद्धमा तिलका प्रयोग गर्दा दानव आदिले श्राद्धमा बाधा उत्पन्न गर्दैनन् ।’

११.४ निषेध

संक्रान्तिको पर्वकालमा दाँत माझ्ने, कठोर बोल्ने, रुख एवं घाँस काट्ने तथा कामविषय सेवन गर्न पूर्ण रुपमा निषध गरिएको छ ।’

११.५ चङ्गा नउडाउने !

अहिले राष्ट्र र धर्म संकटमा परेको बेला मनोरञ्जनका लागि चङ्गा उडाउनु पनि ‘रोम जलिरहेको बेला नीरो बेला (फिडल) खेलि रहेको थियो’ यस स्थितिसमान हो । चङ्गा उडाउने समयलाई राष्ट्रको विकासमा सदुपयोग गर्ने हो भने राष्ट्र प्रगतिको बाटोमा अघि बढ्छ र समयलाई साधना र धार्मिक कार्यमा सदुपयोग गर्नाले समाजको पनि कल्याण हुन्छ ।

आपतकालीन परिस्थितिमा मकर संक्रान्ति कसरी मनाउने ?

कोरोनको पृष्ठभूमिमा पछिल्ला केहि महिनादेखि चाडपर्व मनाउने वा व्रतमा केहि प्रतिबन्धहरु थिए । कोरोनाको परिस्थिति बिस्तारै पुन: उग्र बन्दै गएको छ । यस्तो समयमा चाडपर्व मनाउँदा निम्न सूत्रलाई ध्यानमा राख्नुहोस् ।

१. चाडपर्व मनाउने सर्व आचार, (उदा. हलदीकुंकू समारोह, तिलगुड दिने आदि) आफ्नो स्थानीय परिस्थिति अनुसार र कोरोनाको विषयमा शासन-प्रशासन द्वारा दिएको सर्व नियमहरु पालन गरि मनाउँनुहोस् ।

२.हलदी – कुंकू कार्यक्रम आयोजित गर्दा सबै दिदिबहिनीहरुलाई एउटै समयमा बोलाउनुको सट्टा १५-२० मिनेटको अन्तरालमा ४-४ जनाको समूहलाई बोलाउनुहोस् ।

३. तिलगुडको लेनदेन सिधै गर्नुको सट्टा सानो प्याकेटमा राखेर लेनदेन गर्नुहोस् ।

४. एक अर्कासँग कुरा गर्दा मास्क प्रयोग गर्नुहोस् ।

५. कुनै पनि चाड मनाउनुको उद्देश्य भनेको आफुमा सत्व तत्व बढाउनु हो । त्यसैले आकस्मिक अवस्थाका कारण चाडपर्व मनाउनको लागि मर्यादा आउँदछ, तब पनि त्यस समय जति सक्छ धेरै भगवानको स्मरण, नामजप, उपासना आदि गरि सत्त्वगुण बढाउने प्रयास गरेमा वास्तवमा चाडपर्व मनाउनु हुन्छ ।

सन्दर्भ : सनातन-निर्मित ग्रंथ ‘त्यौहार धार्मिक उत्सव एवं व्रत’

Leave a Comment