पानीको शक्ति र सकारात्मकता

सबैलाई जस्तै मलाई पनि भान्साकोठा सफा नगरीकन निन्द्रा लाग्दैन । विगत ६ महिनादेखि भान्साको सरसफाई गरी एउटा गतिविधिलाई जोड दिदै आएको छु जसबाट मलाई निकै फाइदा भएको छ । घरको भान्छाघरमा रहेको मन्दिरमा दियो निभ्यो भने फेरि जलाउँछु । यसका साथै पिउने पानी राखिएको भाँडा नजिकै बत्ती बाल्छु र फूल उपलब्ध छ भने त्यो पनि चढाउँछु । त्यसपछि पानी भण्डारण गरिएका सबै भाँडाहरूलाई म हृदयदेखि कृतज्ञता व्यक्त गर्दछु ।

कसै-कसैलाई मेरो माथिका कार्यहरू अप्ठ्यारो वा हास्यास्पद लाग्ने छन् । तर एक डाक्टर भएकोले म उचित वैज्ञानिक विश्लेषण र प्रमाण बिना कुनै पनि कुरा स्वीकार गर्दिन । छ महिना अघि, पानीमा गरिएको एक अत्यन्त अभ्यासपूर्ण अनुसन्धान मेरो हातमा पर्यो । त्यसपछि मैले केही धार्मिक ग्रन्थहरूमा पनि त्यस्तै सन्दर्भहरू फेला पारे जुन मैले सरल भाषामा प्रस्तुत गर्दैछु ।

 

१. विभिन्न प्रकारका बाह्य ऊर्जाहरुको आधारा पानीमा हुने परिवर्तनहरु

पानी अर्थात् जीवन । पानीको आफ्नौ विशिष्ट स्मरणशक्ति छ । पानी पिउने समय जुन प्रकारको विचारहरु आउँछन् अथवा कस्तो मानसिक स्थितिमा हामी पानी पिउँछौं, त्यसको गहिरो परिणाम पानीमा र हामीमाथि हुन्छन् । बाहिरी ऊर्जाको आधारमा पानीमा परिवर्तनहरू हुन्छन् र यी परिवर्तनहरूले हाम्रो भौतिक शरीरलाई असर गर्छ ।

व्यक्तिको भौतिक शरीरमा पानीको प्रभाव प्रत्येक व्यक्तिमा फरक हुन्छ । हाम्रो शरीरको ७०-७५% भागमा पानी छ, त्यसैले हामीले पिउने पानीले मुख्य रूपमा हाम्रो शरीरले कसरी काम गर्ने भन्ने निर्धारण गर्छ । पानी पिउने समय हाम्रो विचार, पानीप्रति हाम्रो दृष्टिकोण, पानी पिउने समय वातावरणीय आवाज, पिउने क्रममा हाम्रो भावना वा बोली, यी सबैले हामीले पिउने पानीमा गहिरो प्रभाव पार्छ । यो वास्तवमा माइक्रोस्कोप अन्तर्गत अवलोकन गर्न सकिन्छ । यदि तपाईको मानसिक स्थिति एकदमै सकारात्मक छ र हातमा रहेको पानीको गिलास प्रति अत्यन्तै कृतज्ञ हुनुहुन्छ भने फोहर वा प्रदूषित पानीले पनि तपाईलाई प्रतिकूल असर गर्दैन । अर्कोतर्फ, यदि तपाईको मानसिक अवस्था नकारात्मक छ र तपाईले पिउने पानीप्रति लापरवाह गर्नुहुन्छ भने सबैभन्दा शुद्ध पानी पनि तपाईको लागि हानिकारक साबित हुन सक्छ ।

 

२. पानीको ‘सेलुलर प्रणाली’ मानिसको स्नायु प्रणाली समान कार्य गर्दछ

पानी ‘जीवित’ भएको हुनाले मानवको स्नायु प्रणाली जस्तै पानीको सेलुलर प्रषणाली कार्य गर्दछ । जब तपाई एक गिलास पानी समात्नु हुन्छ वा तपाईको नजिक मनमा प्रेमको भावनाको साथ राख्नुहुन्छ तब पानीको कण (मलेक्यूल) ले एक सुन्दर आकार धारण गर्दछ । यसको विपरित यदि मनमा घृणा वा क्रोधको भावनाहरु छन् भने विचित्र आकार लिन्छन् । पानी पिउँने समये तपाईले पानीलाई कसरी व्यवहार गर्नु हुन्छ, पानीले त्यसलाई लामो समयसम्म ध्यानमा राख्दछ र त्यस अनुसार शरीरमा राम्रो वा नराम्रो परिणाम गर्दछ ।

 

३. ‘वाटर थेरापी’ को उत्पति

पानीलाई आजको समयमा ‘लिक्विड कम्प्युटर’ को रूपमा लिइएको छ र त्यसमा मुख्यतया स्मरणाक्ति कायम राख्ने गुण धर्मको उपयोग भइरहेको छ । आजकल पानीको यहि गुण धर्म उपयोग गरेर तपाईको कुनै पनि राम्रो इच्छा साध्य गर्नुछ भने एउटा हातमा पानीको गिलास लिएर त्यसपछि मनमा भनेर पानी पिउँने । यस प्रकारको वाटर थेरापी उदय भइरहेको छ । यी सबै वैज्ञानिक जानकारी अकधि जान्नको लागि डा. मसारु इमोटे (Dr. Masaru Imote) ले पानीमा गर्नु भएको अनुसन्धानको सन्दर्भ लिनुहोस् ।

 

४. पानीको दिव्यता र शक्तिशाली क्षमता साकार पार्न प्रयासहरु

मैले हिन्दू संस्कृति र परम्परासँग पानीको दिव्यता र शक्तिशाली क्षमताहरू उल्लेख गर्ने प्रयास गरेको छु । मैले बुझेको कुराको आधारमा, मैले विगत ६ महिनादेखि तल दिएका बुदाहरु अभ्यास गरिरहेको छु ।

१. तामाको भाँडामा पिउने पानी भण्डार गर्नुहोस् र सकेसम्म तामाको गिलासबाट पानी पिउनुहोस् किनभने तामा सकारात्मक ऊर्जाको संवाहक हो ।

२. हरेक रात तामाको भाँडालाई इमली र बेसारले धुनुहोस् ।

३. त्यसपछि सूती कपडाले छानेर पानी भर्नुहोस् ।

४. यसपछि पानी राखेको भाँडाको छेउमा तेलको दियो बाल्नुहोस् र पानीप्रति सम्पूर्ण कृतज्ञता भावको साथ हात जोड्नुहोस् ।

(‘मलाई जीवन र आरोग्य प्रदान गर्नु भएकोमा कृतज्ञ छुँ’, यस्तो अथवा कुनै प्रकारको रोम्रो विचार मनमा ल्याएर कृतज्ञता व्यक्त गर्न सक्छौं ।)

५. यस भाँडाको पानी पिएर दिनको सुरुवात गर्नुहोस् ।

६. पानी पिउने सबै भन्दा उपयुक्त तरिका अलि अलि गर्दै पिउनु तर यो व्यावहारिक रुपमा सम्भव नभएकोले दुवै हातले पानी राखेको भाँडालाई समातेर पानी पिउनुहोस् ।

७. पानी पिउनु भन्दा पहिला पानीको गिलासलाई दुवै हातले केहि सेकेन्ड समात्नुहोस् र मनमा राम्रो विचार वा भावना सम्झनुहोस् ।

८. आफ्नो घर बाहिर अन्य ठाउँमा पानी पिउँदा तपाईले यो कार्य अधिक लामो समयसम्म गर्नको लागि सुनिश्चित गर्नुहोस् ।

९. तिर्खा लाग्दा मात्रै पानी पिउनुहोस् । बिना कारण बारम्बार पानी नपिउनुहुोस् ।

१०. तपाईको आहारमा यस्तो फल समावेश गर्नुहोस् जसको पानीको मात्रा अधिक (८०-९० प्रतिशत) होस् ।

 

५. योग्य प्रकार पानी पिउँदा हुने लाभ

माथि उल्लेख गरिए अनुसार लगातार ६ महिनासम्म पानी पिएर मैले प्राप्त गरेको फाइदाहरू:

अ. मेरो कान्छी छोरी जो हरेक महिना बिरामी हुन्थिन् र एन्टिबायोटिक दिनु पर्थ्यो, उनी पूर्ण रूपमा निको भइन् ।

आ. विगत केही महिनादेखि बिग्रिएको मेरो मानसिक र शारीरिक स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ ।

इ. मेरो परिवारका सदस्यहरुको पित्तको (‘एसिडिटी’का) कष्ट लगभग हराइसक्यो ।

ई. हरेक बिहान घरको वातावरण एकदमै आनन्द, उत्साहि र ऊर्जाले भरेको हुन्छ ।

उ. मेरो पानीप्रति दृष्टिकोण र समग्रमा भान्साकोठालाई हेर्ने दृष्टिकोण पूर्ण रुपमा परिवर्तन भएको छ ।

ऊ. यदि मैले भण्डार गरिएको पानीको छेउमा बत्ती बाल्न बिर्सें भने, म यसको स्वादमा ठूलो परिवर्तन पाउँछु ।

ए. मैले मेरी कान्छी छोरीमा पनि यी बानीहरू बसाएँ र उनी खुसीसाथ पालन गर्छिन् ।

 

६. पानीको विषयमा गरिएको अनुसन्धान वैज्ञानिक र तार्किक दुवै पद्धतिबाट सिद्ध हुने

यी सबै प्रविधिहरू अपनाएर पानी पिउनाले सधैं स्वस्थ रहन मद्दत मिल्नेछ । यस लेखलाई अन्धविश्वास भन्नु कुनै प्रश्न नै छैन किनभने माथिका सबै बुँदाहरू वैज्ञानिक र तार्किक रूपमा प्रमाणित भइसकेका छन् । हाम्रो तीर्थस्थलहरु, पवित्र नदिका कुंडहरु, मन्दिरमा दिने तीर्थ, भोजन भन्दा पहिला पानीले ५ बार चढाइे अपोष्णी आदि यी सबै कुराहरु हिन्दू संस्कृति द्वारा पुरातन कालदेखि पानीको अमर्याद र जीवित शक्तिको अभ्यासले नै हामीसम्म पानीको महत्त्व र लाभ पुराउनको लागि बताएका प्रकारहरु हुन् । यसप्रति सचेत रहनु हाम्रो कर्तव्य हो । घरायसी काम मात्र होइन, पानी बिना जीवनमा केही गर्न सकिँदैन । त्यसैले आजदेखि नै पानीको शक्तिको महत्व बुझेर यसको पूर्ण लाभ लिन प्रारम्भ गर्न थालौँ ।

– डॉ. गौरी कैवल्य गायकवाड, बार्शी, जिला सोलापुर.

Leave a Comment